Logo

Student Corner

Articles

हाम्राे वरपरको वातावरण
- Prinsha Khatiwada - 33022, Gr ... 21 May, 2024

घर वरपरको वातावरण सफा राख्न हामीले गाईवस्तु जथाभावी छाड्नु हुँदैन। हामीले घरको फोहोर पानी खोलामा मिसाउनु हुँदैन । हामीले हाम्रो घर वरिपरिको बिरुवालाई मलजल हालेर  राखेर सुरक्षित ठाउँमा राख्नुपर्छ । हामीले वरपरको वातावरण सुरक्षित राख्न रुखबिरुवा काट्नु हुँदैन । कागज बोतल आदि जलाउनु हुँदैन। हामीले वरिपरिको फोहोर टिपेर अथवा बढारेर सुरक्षित ठाउँमा फाल्नुपर्छ। जथाभावी थुकथाक गर्ने बानी पनि नराम्रो हो। घर वरपर दैनिक रूपमा बडारकुडार गर्नुपर्छ । घर वरपरको बाटामा कुकुरहरूलाई दिशापिसाब गराउनु हुँदैन । हामीले हाम्रो घर वरपर सधैँ सफा राख्नुपर्छ । 


Read More
स्वस्थ जीवन
- Bedant Bhandari - 32038, Grad ... 20 May, 2024

 स्वस्थ जीवन भनेको शारीरिक र मानसिक रूपले कमजोर नहुनु हाे । शारीरिक र मानसिक रूपमा स्वस्थ शरीरकाे अवस्थालाई स्वास्थ्य भनिन्छ । हामी फुर्तिलो हुनु, खुसी भएर जीवनयापन गर्नु नै स्वस्थ जीवन हो । स्वस्थ हुनको लागि बेलुका चाँडै सुत्ने र बिहान चाँडै उठ्ने गर्नुपर्छ । व्यायाम, योग र ध्यान गर्नुपर्छ। हामीले आफूलाई सफा राख्नुपर्छ । स्वस्थ हुनको लागि स्वस्थ खाना आवश्यक पर्छ । हामीले सधैँ ताजा र सफा खाना खानुपर्छ । हामीले सन्तुलित भोजन खानुपर्छ । हामीले बजारकाे खानेकुरा खानुहुँदैन । बजारकाे खानेकुरा बढी तारेका र मसला हालेका हुन्छन् साथै अखाद्य वस्तु पनि मिसाइएकाे हुन्छ । हामीले स्वस्थ रहन ताजा फलफूल र हरिया तरकारी खानुपर्छ । हामीले आफ्नाे घर वरपर सफा राख्नुपर्छ । स्वस्थ वातावरण भए मात्र स्वस्थ जीवन हुन्छ । स्वास्थ्य नै हाम्रो अमूल्य सम्पत्ति हो।


Read More
मलाई मन पर्ने कथा
- Aaron Singh - 32035, Grade V ... 16 May, 2024

मलाई मन पर्ने कथाको नाम ‘एकादेशको कथा’ हो। यस कथाका लेखक रमेश विकल हुन् । यो बालकथा सङ्ग्रह हो । यस कथा सङ्ग्रहमा चारवटा कथाहरू छन् । ती कथाका नामहरू एकादेशमा, समय र सम्पत्ति, समयमाथि कसको अधिकार ? र आफ्नो रिसले आफैँलाई खान्छ हुन् । यो किताबमा राम्रा कथाहरू छन् । तीमध्ये मलाई मन पर्ने कथा आफ्नो रिसले आफैँलाई खान्छ हो । यस कथाअनुसार एकजना ऋषि आश्रम बस्थे । एक दिन उनी वनको सानो बाटोबाट सहर जाँदै हुन्छन्  तर एक्कासी ऋषिको राजासँग जम्काभेट हुन्छ । दुवैले आफू ठुलाे भन्ने घमण्ड गर्छन् । एकले अर्कालाई बाटाे छाेड्नुपर्ने कुरा राख्छन् । दुवैले बाटो छाड्न मान्दैनन् । उनीहरू भनाभन र झगडा गर्न थाल्छन् । त्यसपछि ऋषिले रिसाएर राजालाई राक्षस बन्ने श्राप दिन्छन् । त्यसपछि राक्षसले ऋषिलाई नै खाइदिन्छन् । यो कथामा रिसको झोकमा ऋषिले राजालाई राक्षस बनाइदिए र अन्त्यमा त्यही राक्षसले उनलाई खाइदिए । तसर्थ यो कथाले हामीले कुनै पनि काम वा निर्णय गर्दा सोचविचार गर्नुपर्दछ भन्ने सन्देश दिन्छ ।


Read More
मेरो समुदाय
- Aadhya Dhungana - 33001, Grad ... 15 May, 2024

म सुविधानगरमा बस्छु । यो तीनकुनेमा पर्दछ । मेरो घरनजिकै पेरिस डाँडा र ठुलो चौर छ। यस चौरमा म साथीहरूसँग मिलेर खेल्ने गर्दछु । मेरो घरनजिकै बागमती नदी पनि छ । खाेलानजिकको दुबैतिर राम्रा बाटाहरू छन् र सुन्दर पार्क पनि छ । पार्कको बगैँचामा अनेक जातिका फूलहरू फुलेका छन् । म मेरी सानी बहिनीसँग खेल्न जाने गर्दछु । हाम्रो घरको नजिकै स्कुल, कलेजहरू छन् जहाँ धेरै दाइ, दिदीहरू पढ्न आउनुहुन्छ । मेरो समुदायमा बच्चाहरू खेल्नका लागि पार्कहरू बनाएकाले गर्दा मलाई धेरै रमाइलो लाग्छ । हामी समुदाय सबैजना मिलेर सफा गर्दछौँ । त्यसैले मेरो समुदाय सफा र सुन्दर छ। 


Read More