Logo

Student Corner

Articles

गुरुपूर्णिमा
- Ujjwol Dhakal - 33023, Grade ... 22 July, 2024

विद्यार्थीहरूलाई ज्ञान, सिप र असल व्यवहार सिकाउने व्यक्ति नै गुरु हुन् । गुरु र गुरुआमालाई शिक्षक र शिक्षिका पनि भनिन्छ। गुरुहरूका सम्मानका लागि वर्षको एक दिन गुरुपूर्णिमा मनाइन्छ । मानिसकाे जीवनमा गुरुकाे महत्त्वपूर्ण भूमिका हुन्छ ।  विद्यार्थीहरूका पहिलो गुरु आमाबुबा हुन् भने दोस्रो गुरु शिक्षक शिक्षिका हुन् । विद्यार्थीहरूलाई गुरुहरूले असल बाटोमा हिँड्न प्रेरणा दिनुहुन्छ र राम्रो शिक्षा प्रदान गर्नुहुन्छ। गुरुले हामीलाई पढ्न, लेख्न, खेल्न व्यवहारिक कुरा गर्न सिकाउनुहुन्छ । गुरुहरूले हामीलाई अनुशासित हुन पनि सिकाउनुहुन्छ । गुरुपूर्णिमाको दिन विद्यार्थीहरूले गुरुलाई फूलमाला लगाइदिएर उपहार दिन्छन् र उहाँहरूसँग आशीर्वाद लिने गर्छन् । अध्ययन सकिसकेका विद्यार्थीहरू पनि यस दिन गुरुले गरेका योगदान सम्झेर भेट्न जाने गर्छन् । यस दिन आफूलाई मन्त्र सुनाउने गुरुलाई गुरु दक्षिणा दिने चलन पनि छ । विद्यार्थीहरूका लागि गुरु र गुरुआमा सधैँभरि भगवान समान हुनुहुन्छ ।


Read More
गुरु पूर्णिमा
- Rijan Shrestha - 32029, Grade ... 19 July, 2024

गुरु पूर्णिमा हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको महान् पर्व हो । यस दिन गुरुलाई श्रद्धा र सम्मान प्रकट गर्दै गुरु पूर्णिमा मनाउने गरिन्छ । यस दिनलाई आफूलाई शिक्षादीक्षा प्रदान गर्ने, आफूलाई राम्रो काम गर्न सिकाउने, राम्रो काम गर्न प्रेरित गर्ने,  ज्ञानको बाटो देखाउने गुरुहरूप्रति आभार व्यक्त गर्ने विशेष दिनका रूपमा लिने गरिन्छ । गुरु पूर्णिमा आषाढ शुक्ल पूर्णिमाको दिन मनाइन्छ । गुरु भनेका हामीलाई विद्यालयमा पढाउने शिक्षक शिक्षिकाबाहेक हाम्रो जीवनमा हरेक पाइलामा साथ दिने हाम्रा आमाबाबा, दाइ, दिदी तथा साथीहरू पनि हुन् । अज्ञानता र अचेतनाको अँध्यारोबाट ज्ञानको उज्यालोमा ल्याउन सही मार्ग प्रदर्शन गर्न मद्दत गर्ने समस्त व्यक्तिहरू गुरु हुन् । गुरुले हामीलाई असल संस्कार र ज्ञानगुनका कुरा सिकाउनुहुन्छ । सधैँ हाम्रो भविष्यबारे सोच्नुहुन्छ । हामीले  राम्रो काम गर्दा असाध्यै खुसी हुनुहुन्छ त्यसैले हामी सधैँ गुरुकाे सम्मान गर्छाैँ। 

गुरुर्ब्रह्मा गुरुर्विष्णुः

गुरुर्देवो महेश्वरः

 गुरुः साक्षात् परब्रह्मः

 तस्मै श्री गुरवे नमः

अर्थात् गुरु नै ब्रह्मा हुन् । गुरु नै विष्णु हुन् अनि गुरु भनेका भगवान् शङ्कर हुन् । गुरु नै साक्षात् परब्रह्म परमेश्वर हुन् । यस्ता देवतातुल्य गुरुलाई म नमस्कार गर्दछु । जीवनभर मान, सम्मान र आदर, सत्कार गरिरहने छु ।


Read More
मातातीर्थ औँसी
- Aiden Man Nhuchhe Pradhan - 3 ... 17 July, 2024

हाम्रो देशमा हरेक वर्ष कृष्णपक्षको औँसीका दिन मातातीर्थ औँसी अथवा आमाको मुख हेर्ने दिन भव्यताका साथ मनाइन्छ । यस दिन सबैजनाले आफूलाई जन्म दिने महान् व्यक्ति पूजनीय माताको पूजा गरी उहाँलाई खुसी बनाई उहाँसँग आशीर्वाद ग्रहण गर्दछन् । हाम्री आमा जसले गर्भमा कठिनाइहरू सहेर हामीलाई जन्म दिनुहुन्छ । सानो छँदा एकछिन पनि नछोडी हामीलाई हुर्काउनुहुन्छ, बढाउनुहुन्छ र पढाउनुहुन्छ । उहाँले गरेका यस्ता योगदानलाई हामीले कहिल्यै बिर्सन हुँदैन । त्यसैले यस विशेष दिन दिनभरि हामीले उहाँलाई खुसी पार्न मनपर्ने चिज, खाना, लुगा आदि दिएर रमाइलो बनाउनु पर्दछ । आमाले हामीलाई खुसी बनाउनको लागि धेरै मिहिनेत गर्नुहुन्छ । हामीले पनि उहाँको दुःख बुझ्नुपर्छ । एक दिन मात्रै उहाँलाई खुसी बनाएर पुग्दैन । सधैँभरि उहाँले भनेको मान्नुपर्छ । उहाँलाई पिर पर्ने काम गर्नुहुँदैन ।  आमा हुनेहरूले घरमा नै मातातीर्थ औँसी मनाउँछन्। आमा दिवंगत भएकाहरूले काठमाडौँको मातातीर्थ मन्दिरको कुण्डमा गई आमाको सम्झना गर्ने, पूजाआजा गर्ने र दान दक्षिणा प्रदान गर्ने गर्दछन् । त्यसैले यस दिनलाई मातातीर्थ औँसी भनिन्छ । यस वर्ष २०८१ साल वैशाख २६ गते बुधबारका दिन आमाको मुख हेर्न दिन अथवा मातातीर्थ औँसी  परेको थियो । 


Read More
मातातीर्थ औँसी
- Ashwith Acharya - 33030, Grad ... 16 July, 2024

मातातीर्थ औँसीको दिनलाई आमाको मुख हेर्ने दिन पनि भनिन्छ । यस दिनमा कसैको आमा हुनुहुन्न भने उनीहरूले सिदादान दिन्छन् र आफ्नी आमालाई सम्झन्छन् । यस दिन हामीले हाम्री आमालाई अरू दिनमा भन्दा खास सम्झन्छौँ । औँसीलाई नेपालमा धार्मिक र सांस्कृतिक पर्व भनेर चिनिन्छ । यो दिन हामीले आमालाई उपहार दिएर सम्मान र माया पनि गर्दछौँ । हामी बिहान उठेर पूजा पाठ गरेर आमालाई मिठाई खुवाएर आमाको मुख हेरेर आमालाई उपहार दिन्छौँ र आमाको आशीर्वाद लिन्छौँ । मातातीर्थ औँसीमा काठमाडौँको मातातीर्थमा मेला लाग्दछ। मानिसहरू त्यहाँ गएर पोखरीमा स्नान गरेर आफ्नी आमालाई सम्झिन्छन् । त्यसैले यो पर्वलाई मातातीर्थ औँसी भनिन्छ। 


Read More