Logo

Student Corner

हाम्रो वातावरण

Written by: Manavi Bhandari - 33055, Grade IV

Posted on: 31 May, 2024

हामीले वातावरण सफा राख्नुपर्छ। हाम्रो वातावरण सफा भएन भने हामीलाई रोग लाग्छ । हामीले खोलानाला सबै सफा राख्नुपर्छ। फोहोर पार्नुहुँदैन। हामीले रुख बिरुवा उखेल्नु हुँदैन । हामीले बाटोघाटोको खाल्डाखुल्डी पुर्नुपर्छ नत्र दुर्घटना हुन सक्छ । हामीले धारा र पानीका स्रोतहरूमा फोहोर गर्नु हुँदैन । खोलामा फोहोर फाल्नुहुँदैन। त्यहाँ दिशापिसाब पनि गर्नु हुँदैन। जताततै थुक्ने काम पनि राम्रो होइन । हाम्रो समुदायमा धेरै मानिसहरू छन् । कोही डकर्मी, कोही किसान, कोही चालक, कोही शिक्षक, कोही पुलिस, कोही डाक्टर,  काेही इन्जिनियर आदि सबै खाले मानिसहरू समुदायमा बस्दछन् ।