Logo

Student Corner

मातातीर्थ औँसी

Written by: Mahim Bajracharya - 32056, Grade V

Posted on: 30 May, 2024

 मातातीर्थ औँसी वैशाख महिनाकाे कृष्णपक्षको औँसीका  दिनमा पर्दछ । नेपालमा यो पर्व हरेक वर्ष सोही दिन मनाइन्छ । यो दिनमा आमा भएका सबै छोराछोरीले आफ्नी आमालाई मनपर्ने उपहार तथा खानेकुरा दिएर आमाको मुख हेर्ने चलन छ । आमाले हामीलाई जन्म दिनुहुन्छ । हाम्राे सुख तथा राम्रोको लागि आफ्ना चाहना र सपनाहरू त्याग गर्नुहुन्छ । हामीलाई सही बाटो देखाएर अगाडि बढ्न सिकाउनुहुन्छ । हाम्रो सुखको लागि आफ्नो पीडा लुकाएर सधैँ हाम्रो लागि आफ्नो जीवन समर्पित गर्नुहुन्छ । त्यसैले मातातीर्थ औँसीको दिन आमालाई धन्यवाद भनी सम्मान गर्नकाे लागि यो पर्व मनाइन्छ । हामीले मातातीर्थ औँसीको दिन मात्र आमालाई  माया गरेर मात्र हुँदैन । आमाकाे दुःख बुझेर सधैँभरि उहँलाई खुसी बनाउने काम गर्नुगर्छ । आमाको राम्रो स्वास्थ्यको कामना गर्दै आमा नहुनेहरूले आमाको सम्झनामा काठमाडाैँकाे मातातीर्थ मन्दिरमा गई आमाको नाममा पूजा गर्ने चलन छ । यो चाड मेरो मनपर्ने चाडमध्ये एक हो । आमालाई मनपर्ने खानेकुरा तथा उपहार दिएर आमालाई खुसी बनाउन मलाई धेरै रमाइलो लाग्छ ।