Logo

Student Corner

आमा

Written by: Ruhjen Jung Khadka - 32014, Grade V

Posted on: 24 May, 2024

जन्मदियौ आमा तिमीले मलाई

प्राण दियौ आमा तिमीले मलाई

 

नौ महिना कोखमा राख्यौ तिमीले

ताती ताती गरी हुर्कायौ तिमीले

 

रोएको बेलामा आँसु पुछ्ने तिमीले

हाँसेको बेला झन् हँसायौ तिमीले

 

जन्मायाै हुर्कायौ तिमीले मलाई

माया गर्‍याै आमा तिमीले मलाई॥