Logo

Student Corner

Articles

सजीव र निर्जीव वस्तुहरू
- Ujjwol Dhakal - 33023, Grade ... 03 May, 2024

सजीव वस्तु भनेको प्रजनन् कार्य गर्न सक्ने, गति भएको, वृद्धि हुने जस्ता गुण भएका वस्तुहरू हुन् । सजीव वस्तुहरूले सास फेर्छन् । सजीव वस्तुहरूलाई बाँच्नका लागि धेरै खाना र पानीको आवश्यकता पर्दछ । गाईवस्तु, किरा फट्याङ्ग्रा, चराहरू आदिको चाल हुन्छ । यिनीहरू एक ठाउँबाट अर्को ठाउँमा जान सक्छन् तर बोट बिरुवाको भने चाल हुँदैन । सजीवहरूको वृद्धि हुन्छ। सन्तान उत्पादन गर्छन् । कुनै जनावरहरूले अन्नबाली र घाँसपात मात्र खान्छन् भने कुनै जनावरहरूले मासु पनि खान्छन्।  बोट बिरुवाले प्रकाशको सहायताले आफ्नो खाना आफैँ बनाउँछ । कुनै जनावरहरू जमिनमा बस्छन्। कुनै जनावरहरू पानीमा बस्छन् र कुनै आकाशमा उड्ने गर्दछन् । जनावरहरूले अक्सिजन लिन्छन् र कार्बनडाइअक्साइड फाल्छन् । बिरुवाहरूले कार्बन डाइअक्साइड लिन्छन् र अक्सिजन फाल्छन् । सजीव वस्तुहरू जस्तैः गाई,  कुकुर,  परेवा,  माछा,  सर्प,  सयपत्री आदि हुन् । जुन वस्तुको चाल, वृद्धि र गति हुँदैन त्यस्ता वस्तुहरू निर्जीव वस्तुहरू हुन्। निर्जीवले सास फेर्न सक्दैन । निर्जीवलाई खानाको आवश्यकता पर्दैन । निर्जीव वस्तुहरूको चाल, वृद्धि, गति केही पनि हुँदैन । निर्जीव वस्तुहरूले सन्तान उत्पादन गर्दैनन् । निर्जीव वस्तुहरू जस्तैः घर, साइकल, माटो, ढुङ्गा, सिसाकलम, किताब आदि हुन् ।


Read More
डियरवाक सिफल नाइट
- Akshita Bhattarai - 32039, Gr ... 02 May, 2024

यसपालिको डियरवाक सिफल नाइट मलाई एकदमै रमाइलो लाग्यो । यो मेरो लागि प्राथमिक स्कुलको सबै भन्दा राम्रो कार्यक्रम थियो । हाम्रो कक्षा हिमालचुलीले गरेको नृत्य ‘सतार जातिको नाच’ पनि एकदमै फरक किसिमको थियो । यसमा हामीले लगाएको लुगा पनि धेरै सजिलो थियो । यो नाच एक किसिमको उत्सवको रूप थियो र सबै जना खुसी भएर नाचेका थियौँ । अर्को कुरा चाहिँ हाम्रो सङ्गीत क्लबले गाएको अङ्ग्रेजी गीत पनि धेरै राम्रो भयो । मेरो लागि सानो समूहमा गीत गाएको यो पहिलो पल्ट थियो । हामीले समूहमा गाएको नेपाली गीत ‘कालो केशमा रेलिमै’ पनि हाम्रो लागि एकदमै मज्जा भयो । यसपालिको कार्यक्रममा मलाई थकाइ पनि लागेन । हामीले धेरै अभ्यास नगरे पनि हाम्रा सबै साथीहरू र भाइबहिनीहरूले यो दिनमा निकै राम्रो प्रदर्शन गरे र बधाई पनि पाए । कार्यक्रम सकेपछि म र मेरो साथी हाम्रा बाबुआमासँग धेरै बेर कुरा गरेर बस्यौँ र डियरवाक १०९ रेष्टुरान्टमा बसेर खाना पनि खायौँ । त्यसपछि पनि म एकछिन खेलेर बसेँ अनि बल्ल हामी घरतिर लाग्यौँ ।


Read More
मेरो समुदाय
- Pranik K.C - 33025, Grade IV ... 29 April, 2024

मेरो नाम प्रनिक के.सी हो । म काठमाडौँ महानगरपालिकाको वडा नम्बर ८ गौरीघाटमा बस्छु । मेरो समुदायमा मानिसहरू मिलेर बस्छन् । मेरो समुदाय ठुलो छ। मेरो समुदायमा विभिन्न जातजातिका र फरक फरक धर्म मान्ने मानिसहरू बस्ने गर्दछन् । म हिन्दु धर्म मान्छु । मेरा छिमेकमा इसाई र बुद्ध धर्म मान्ने मानिसहरू पनि छन् । हामीहरू एकले अर्कालाई सहयोग गर्दै चाडपर्व मनाउँछौँ । हाम्रो समुदायमा एउटा ठुलो चौर छ । त्यहाँ हामीहरू खेल्ने गर्छौँ । त्यहाँ फोहोर भयो भने र खाल्डाखुल्डी भयो भने समुदायका सबै मानिसहरू मिलेर सफा गर्छन् र खाल्डाखुल्डी पुरिन्छ । कसैको घरमा विवाह व्रतबन्ध र पूजा पर्‍याे भने समुदायका सबै मानिसहरू मिलेर सहयोग गर्ने गर्दछन् । हाम्रो समुदायमा एउटा जङ्गल पनि छ । त्यहाँ मृग, बाँदरहरू पनि छन् । तिनीहरूलाई संरक्षण पनि हाम्रो समुदायले गर्दछ । मेराे घरनजिकै खाेला छ जहाँ हरेक वर्ष छठ पर्व मनाइन्छ । हामी मेरो समुदायमा मिलिजुली बस्छाैँ । 


Read More