Logo

Student Corner

गणतन्त्र दिवस

Written by: Bedant Pathak - 32047, Grade V

Posted on: 28 May, 2024

नेपालमा गणतन्त्रको स्थापना २०६५ जेष्ठ १५ गते भएको हो । त्यसभन्दा अगाडि नेपालमा राजतन्त्रात्मक शासन व्यवस्था थियो । गणतन्त्र भनेकाे जनताले शासन गर्ने व्यवस्था हाे । गणतन्त्रको स्थापना भएपछि सर्वसाधारण जनताबाट राष्ट्रप्रमुख हुने व्यवस्था रहेको छ । त्यसैले जेष्ठ १५ गतेको दिनलाई गणतन्त्र दिवसको रूपमा विभिन्न कार्यक्रमहरू गरेर मनाइन्छ । यो दिवसले जनताको वर्षाैँदेखिको त्याग र बलिदानको स्मरण गर्दै जनताप्रति उत्तरदायी हुन सिकाउँछ । गणतन्त्र मुलुकले सबै नागरिकलाई समान अवसर प्रदान गर्दछ । गणतन्त्र मुलुकमा सबै मानिस खुसी रहन्छन् । गणतन्त्र दिवसको दिन धेरै देशहरूमा सार्वजनिक बिदा हुन्छ । नेपालको संविधान २०७२ ले राष्ट्रपतिलाई राष्ट्राध्यक्ष र संविधानको संरक्षक एवं अभिभावकको रूपमा स्थापित गरेको छ । यो दिवसले नागरिक र नेताहरूलाई लोकतन्त्र, न्याय र समानताको आदर्शमा पुनः प्रतिबद्ध हुन सिकाउँछ । साथसाथै बलियो र समृद्ध राष्ट्र निर्माणका लागि मिलेर काम गर्न उत्प्रेरित गर्छ । गणतन्त्र दिवस मनाउनाले देशमा एकताको भावना जाग्दछ । गणतन्त्र दिवस सबैले आआफ्नाे तरिकाले मनाउँछन् । यस दिन विभिन्न जातजातिका मानिसहरू आआफ्नाे पहिरनमा सजिएर टुँडिखेलमा जम्मा हुन्छन् र एक अर्कामा शुभकामना आदान प्रदान गर्छन् । मेराे पनि सम्पूर्णमा गणतन्त्र दिवसकाे शुभकामना !!!