Logo

Student Corner

Articles

गणतन्त्र दिवस
- Edha Bista - 33045, Grade IV ... 29 May, 2024

 जनताको शासनलाई गणतन्त्र भनिन्छ । गणतन्त्रमा देशको सर्वोच्च पदमा आम जनताले चुनेको व्यक्तिले शासन गर्छ। हाम्रो देश नेपाल पनि सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हो। नेपालमा गणतन्त्रको स्थापना वि.सं २०६५ जेठ १५  गते भएको हो। यो भन्दा अगाडि नेपालमा राजतन्त्रात्मक शासन व्यवस्था थियो। यस दिनदेखि २३८ वर्ष लामाे शाह वंश राज परम्पराकाे अन्त्य भएकाे थियाे । गणतन्त्र दिवसले जनताको वर्षौं देखिको त्याग र बलिदानको स्मरण गर्दै जनताप्रति उत्तरदायित्व हुन सिकाउँछ। नेपालमा गणतन्त्रपछि पहिलो राष्ट्रपतिमा डा.रामवरण यादव चुनिएका थिए । देशमा गणतन्त्र हुनु भनेको समान हक, अधिकार र चौतर्फी विकास हुनु हो। गणतन्त्र दिवसले जनतालाई स्वतन्त्र भएर सोच्न अझ प्रेरित गर्छ। हामीले गणतन्त्र दिवसमा धेरै रमाइला विभिन्न कार्यक्रमहरू गरेर मनाउँछौँ । गणतन्त्र दिवस मलाई धेरै रमाइलो लाग्छ ।


Read More
गणतन्त्र दिवस
- Bedant Pathak - 32047, Grade ... 28 May, 2024

नेपालमा गणतन्त्रको स्थापना २०६५ जेष्ठ १५ गते भएको हो । त्यसभन्दा अगाडि नेपालमा राजतन्त्रात्मक शासन व्यवस्था थियो । गणतन्त्र भनेकाे जनताले शासन गर्ने व्यवस्था हाे । गणतन्त्रको स्थापना भएपछि सर्वसाधारण जनताबाट राष्ट्रप्रमुख हुने व्यवस्था रहेको छ । त्यसैले जेष्ठ १५ गतेको दिनलाई गणतन्त्र दिवसको रूपमा विभिन्न कार्यक्रमहरू गरेर मनाइन्छ । यो दिवसले जनताको वर्षाैँदेखिको त्याग र बलिदानको स्मरण गर्दै जनताप्रति उत्तरदायी हुन सिकाउँछ । गणतन्त्र मुलुकले सबै नागरिकलाई समान अवसर प्रदान गर्दछ । गणतन्त्र मुलुकमा सबै मानिस खुसी रहन्छन् । गणतन्त्र दिवसको दिन धेरै देशहरूमा सार्वजनिक बिदा हुन्छ । नेपालको संविधान २०७२ ले राष्ट्रपतिलाई राष्ट्राध्यक्ष र संविधानको संरक्षक एवं अभिभावकको रूपमा स्थापित गरेको छ । यो दिवसले नागरिक र नेताहरूलाई लोकतन्त्र, न्याय र समानताको आदर्शमा पुनः प्रतिबद्ध हुन सिकाउँछ । साथसाथै बलियो र समृद्ध राष्ट्र निर्माणका लागि मिलेर काम गर्न उत्प्रेरित गर्छ । गणतन्त्र दिवस मनाउनाले देशमा एकताको भावना जाग्दछ । गणतन्त्र दिवस सबैले आआफ्नाे तरिकाले मनाउँछन् । यस दिन विभिन्न जातजातिका मानिसहरू आआफ्नाे पहिरनमा सजिएर टुँडिखेलमा जम्मा हुन्छन् र एक अर्कामा शुभकामना आदान प्रदान गर्छन् । मेराे पनि सम्पूर्णमा गणतन्त्र दिवसकाे शुभकामना !!!


Read More
गणतन्त्र दिवस
- Pranik K.C - 33025, Grade IV ... 27 May, 2024

गणतन्त्र भनेको जनताले रोजेको कुनै पनि व्यक्ति देशको उच्च पदमा पुग्नु हो। नेपालमा गणतन्त्र आउनुभन्दा अगाडि राजाहरूले शासन गर्दथे। गणतन्त्रमा उच्च पद राष्ट्रपतिको हुन्छ । जुन जनताले रोजेको प्रतिनिधि हो । नेपालमा वि.सं २०६५ जेठ १५ गते राजाहरू हटाएर सामान्य जनताबाट देशको शासन चलाउन सुरु गरिएको थियो । आज विश्वका धेरैजसो देशमा गणतन्त्र छ र उच्च पदमा राष्ट्रपति छन् । नेपालमा गणतन्त्रको पहिलो राष्ट्रपति डा. रामवरण यादव र उपराष्ट्रपतिमा परमानन्द झा थिए । उनीहरू संविधानसभाबाट चुनिएका थिए । संविधानको पालन र संरक्षण गर्नु राष्ट्रपतिको कर्तव्य हुन्छ। गणतन्त्र आउनुभन्दा अगाडि १९ दिनसम्म आन्दोलन  भएको थियो। हरेक वर्ष जेठ १५ गते देशभर विभिन्न कार्यक्रम गरी गणतन्त्र दिवस मनाइन्छ।


Read More
Charlie and the Chocolate Factory
- Mahim Bajracharya - 32056, Gr ... 23 May, 2024

The name of the book is ‘Charlie and the Chocolate Factory’. It is written by Roald Dahl and illustrated by Quentin Blake. This book is about a boy named Charlie and Mr Willy Wonka, owner of the chocolate factory who decided to allow five children to visit his factory and see all the secrets and magic in making his famous chocolates.

The story begins at Mr Bucket’s house where he lived with his parents, Mrs Bucket’s parents, his wife and his son. They were very poor and Charlie, who was a lover of chocolate, could get to taste a bit of chocolate only once a year on his birthday. The thing that tortured Charlie more than not having to have chocolates frequently was the presence of the enormous chocolate factory of Mr Willy Wonka near his house. Mr Willy Wonka’s chocolate factory was a secret place where no one knew how and who made the chocolate. One day it was announced that the Wonka factory will be open to lucky five children who will find the Golden Tickets in Wonka chocolate bars. Charlie became the lucky one to find the fifth Golden Ticket. 

Charlie and his grandpa Joe visit the Willy Wonka’s chocolate factory along with the other four winners with their parents. During the factory visit they find out about Oompa-Loompas who are the helpers of Mr Willy Wonka in making chocolates. While visiting the factory one by one all four children get lost in the factory because of their greedy behaviour, overconfidence and addiction. Only Charlie stands till the end of the visit and wins the surprise prize which is the whole factory.


Read More
बुद्ध पूर्णिमा
- Aaniya Poudel - 33059, Grade ... 23 May, 2024

बुद्ध जयन्ती भगवान बुद्ध गौतम बुद्धको जन्म, ज्ञान प्राप्ति र मृत्युकाे सम्झनामा मनाइने पवित्र पर्व हो। यो पर्व हरेक वर्ष वैशाख पूर्णिमाको दिन मनाइन्छ । गौतम बुद्धको जन्म इसापूर्व ५६३ मा नेपालकाे लुम्बिनीमा भएको थियो। उहाँले शान्ति, करुणा र अहिंसाको मार्ग देखाउनु भएको थियो । बुद्ध जयन्तीको अवसरमा मानिसहरू मन्दिरहरूमा गएर पूजा अर्चना गर्छन्। दीप प्रज्वलन गर्छन् र बुद्धका उपदेशहरू सुन्छन्। यस दिन बौद्ध धर्मावलम्बीहरूले विभिन्न धार्मिक क्रियाकलाप गर्छन्। यस दिन बाैद्ध विहारहरूमा भिक्षुकहरूलाई भोजन गराइन्छ र गरिबहरूलाई दान दिइन्छ । बुद्ध जयन्तीको मुख्य उद्देश्य बुद्धका उपदेशहरूको अनुसरण गर्दै मानवतामा शान्ति, प्रेम र करुणा फैलाउनु हो। बुद्ध जयन्तीले मानिसहरूलाई सत्य, अहिंसा र धैर्यको मार्गमा चल्न प्रेरित गर्छ। यस पर्वले सबैमा एकता र आत्मीय भावना जागरुक गराउँछ । हामी सबै बुद्धका उपदेशहरूको पालन गर्दै समाजमा शान्ति र सद्भावना फैलाउन प्रयत्न गर्नुपर्छ ।


Read More
Charlie and the Chocolate Factory
- Arnesh Thapaliya - 32052, Gra ... 21 May, 2024

I got to read a book entitled, “Charlie and the Chocolate factory” by Road Dahl. I really liked the book.

The story is about a boy named Charlie who lived in a family of seven members. His father was the only person who had a job. He loved eating chocolates. Only once a year, on his birthday, he got to taste a bit of chocolate. Charlie loved chocolate more than anything.

In the town itself, actually within sight of the house in which Charlie lived, there was a BiG CHOCOLATE FACTORY! It was the factory of Mr. Willy Wonka. The factory stopped working due to many reasons, and all the machines also stopped working.

Later, Wonka announced that he had hidden five golden tickets in his chocolate bars and they had been hidden under the wrapping paper of five chocolates. The finders would be given a lifetime supply of chocolates. Everyone started buying chocolates hoping that they would receive the tickets. Slowly, the first two founders of the golden ticket were found. After some days, two more people found them. After that, a miracle happened.

Charlie found fifty pounds and decided to buy chocolate bars for the chance to get the ticket. After that, he unwrapped four of them, and they were ordinary chocolates, and the last was The golden ticket. After that, he quickly went home to his mother and told her he found the ticket. Initially, she thought that Charlie was joking, but after he showed her the ticket, she was shocked to see it.

He also told his grandfather, who also thought he was joking until he showed the last golden ticket. After seeing that, his grandfather started dancing. The next day, they went to the factory.

The book is very interesting and I think everyone should read it.


Read More