Logo

Student Corner

Articles

My first swimming lesson
- Risimi Mewahang - 33017, Grad ... 10 September, 2024

Me and my mom went for my swimming lesson instead of celebrating Teej. I had mixed feelings at that time. Once we reached the destination, I was excited but a little too scared. My mom bought me swimming goggles, then I wore my swimsuit and went inside the pool, and to be honest, it wasn’t cold. The coach taught me the easy steps first as I was a beginner. Since I was scared, I didn’t let my body loose and tightened my body while I was learning to float. The coach told me to loosen it,  so I did and successfully started to float. When I got perfect on floating, the coach told me to glide till the end of the swimming pool till I got perfect on landing and gliding in the swimming pool. So after an hour, I finally swam on my own. I didn’t go deep and swam in the 3-foot area. I was told to paddle with my feet. I had to practice, and it felt like I was just resting while I was paddling. I also had to make a beat. After I was perfect at it, we headed to the bigger swimming pool, and we started to swim at the depth, which was 6 feet tall, but while I was swimming, I lost control and I started to “sink,” and I ended up drowning, but my coach saved me. A few minutes later, my biggest fear came, and I had to do a backstroke. It was terrifying, and I drowned 12 times. But my coach saved me every time. He told me to stop, and we continued with the easy stroke. I swam for 2-3 hours. We had to end as it was getting colder and darker. After the swimming lesson, I ate some delicious food and headed towards home. I wonder what I will learn next time!!


Read More
चिम्पु र चिम्पान्जीः पुस्तक समीक्षा
- Pranik K.C - 33025, Grade IV ... 09 September, 2024

परिचयःचिम्पु र चिम्पान्जी कथा यशु श्रेष्ठले लेख्नुभएको हो। यस कथामा देव कोइमीले चित्र भर्ने काम गर्नुभएको छ। यस कथामा सातवटा कथाहरू छन् । ती कथाहरू हराएको पेन, गाउँमा बाँदर, चिम्पु र चिम्पान्जी, गुडिया र घुँगी, झ्यालको पट्टु र साथी जुनकिरी कथा हुन् । यी सबै कथा चित्रकथा हुन् । यी कथाहरू खोजी प्रकाशन गृह प्रा.लिबाट प्रकाशन भएको हो । यी कथाहरूमध्ये मलाई चिम्पु र चिम्पान्जी कथा राम्रो लाग्यो । 

कथावस्तुः चिम्पु र चिम्पान्जी चित्रकथामा चिम्पु नामको एउटा केटा हुन्छ । उसले धेरैपटक चिडियाखानामा गएर वनमान्छे हेरेकाे छ तर अझै वनमान्छे हेर्ने धाेकाे पूरा भएकाे हुँदैन् । ऊ स्कुलबाट फर्कँदै गर्दा बाटोमा चिम्पान्जीका ठुला ठुला पोस्टरहरू देख्छ। चिम्पुले पोस्टरमा चिम्पान्जी साँच्चिकै जस्तो देख्छ। चिम्पुले वनमान्छेसँग खेल्ने धोको पूरा हुने भयो भनेर सोच्छ । उसले चिम्पान्जीलाई बेसरी बोलाउँछ। उसलाई चिम्पान्जीले फ्लेक्स बोर्ड हल्लाएको, चिम्पान्जीको हात ऊतिर आएको, चिम्पान्जीले उसको निदार मसारिदिएको, दुवैजना जङ्गल घुमेको सम्झन्छ। केहीबेर पछि उसको साथी आएर चिम्पान्जीको धेरै क्रेजी नहुनु भन्दै चिम्पुलाई घर लान्छ।

असल पात्रः याे कथाकाे असल पात्र चिम्पुकाे साथी हो किनकि उसले चिम्पुलाई दिउँसै सपना नदेख भन्छ । 

खराब पात्रः खराब पात्र चिम्पु हो किनकि उसले दिउँसै चिम्पान्जीको सपना देख्छ ।

निष्कर्षः  यस कथाबाट हामीले आफ्नो काम छोडेर नचाहिने कुरामा अल्मलिनु हुँदैन, आफ्नो काममा ध्यान दिनुपर्छ भन्ने सन्देश पाउछाैँ ।


Read More
मलाई मन पर्ने पुस्तक
- Apurba Gopal Aryal - 33043, G ... 04 September, 2024

मलाई मन पर्ने पुस्तक मनको लड्डु हाे । याे कथा यशु श्रेष्ठले लेख्नुभएको हो । यो चित्रकथामा एउटा वन हुन्छ । वनमा एउटा बिरालो बस्छ। वनबिरालोलाई भोक लाग्छ । ऊ आहारा खोज्न जान्छ । उसलाई बचेरा खान मन लाग्छ। उसले गुँड देख्छ। उसलाई खुसी लाग्छ। तर एकछिनपछि दुःख पनि मान्छ किनकि त्यो गुँडमा अन्डा मात्र हुन्छ । उसले बचेरा भएपछि खाने विचार गर्छ । भोलिपल्ट वनबिरालो फेरि गुँडमा आउँछ। तर बचेरा निस्किएका हुँदैनन्। बचेराहरू ननिस्किएका भएपनि खाने आफैँ हाे केही दिन कुर्छु भनेर साेच्छ । केही दिनपछि गुँडमा गएर हेर्दा बचेराहरू निस्किएका हुन्छन् । तर बचेराहरू छाम्दा धेरै साना र गिला हुन्छन् । तिनीहरू ठुला भएपछि खाने विचारले वनबिरालो फर्किन्छ । तीन चार दिनपछि फेरि वनबिरालो गुँडमा आउँछ तर ती बचेराहरू ठुला भएर उडेर अर्को रुखमा गइसकेका हुन्छन् । यो कथाले कुनै पनि काम गर्दा ठिक समयमा गरिहाल्नुपर्छ भने नत्र भने कामको फल प्राप्त हुँदैन भन्ने सन्देश दिन्छ।


Read More
गणतन्त्र दिवस
- Ujjwol Dhakal - 33023, Grade ... 02 September, 2024

नेपालमा गणतन्त्र दिवसको स्थापना वि.सं २०६५ साल जेठ १५ गते भएको हो । सोही दिन नेपालमा राजतन्त्रको अन्त्य भई जनगणतन्त्रको स्थापना भएको थियो। त्यस अगाडिसम्म नेपालमा राजाकै शासन व्यवस्था चल्ने गर्दथ्यो । गणतन्त्र स्थापना हुनुभन्दा अगाडि नेपालको राष्ट्रप्रमुख राजा नै हुने गर्दथे। जब गणतन्त्र स्थापना भयो तब जनताहरूले नै चुनेर सर्वसाधारण जनताबाट नै राष्ट्रप्रमुख हुने व्यवस्था रहेको छ। त्यसैले जेठ १५ गते विभिन्न कार्यक्रमहरू गरेर गणतन्त्र दिवस मनाइने गरिन्छ । यो दिवस भनेको जनताको खुसीको दिन पनि हो । वि सं २०६२ / ६३ मा भएको शान्तिपूर्ण जनआन्दोलनपछि सम्पन्न संविधानसभाको पहिलो बैठकले राजतन्त्र अन्त्य गरी नेपालमा गणतन्त्र स्थापना गर्‍याे । त्यसपछिको संविधान सभाकाे चुनाबमा नेपालको पहिलो राष्ट्रपति डाक्टर रामवरण यादव र उपराष्ट्रपतिमा परमानन्द झा चुनिएका थिए । यो दिवसले जनताप्रति उत्तरदायित्व हुन सिकाउँछ।


Read More