Logo

Student Corner

गणतन्त्र दिवस

Written by: Pranik K.C - 33025, Grade IV

Posted on: 27 May, 2024

गणतन्त्र भनेको जनताले रोजेको कुनै पनि व्यक्ति देशको उच्च पदमा पुग्नु हो। नेपालमा गणतन्त्र आउनुभन्दा अगाडि राजाहरूले शासन गर्दथे। गणतन्त्रमा उच्च पद राष्ट्रपतिको हुन्छ । जुन जनताले रोजेको प्रतिनिधि हो । नेपालमा वि.सं २०६५ जेठ १५ गते राजाहरू हटाएर सामान्य जनताबाट देशको शासन चलाउन सुरु गरिएको थियो । आज विश्वका धेरैजसो देशमा गणतन्त्र छ र उच्च पदमा राष्ट्रपति छन् । नेपालमा गणतन्त्रको पहिलो राष्ट्रपति डा. रामवरण यादव र उपराष्ट्रपतिमा परमानन्द झा थिए । उनीहरू संविधानसभाबाट चुनिएका थिए । संविधानको पालन र संरक्षण गर्नु राष्ट्रपतिको कर्तव्य हुन्छ। गणतन्त्र आउनुभन्दा अगाडि १९ दिनसम्म आन्दोलन  भएको थियो। हरेक वर्ष जेठ १५ गते देशभर विभिन्न कार्यक्रम गरी गणतन्त्र दिवस मनाइन्छ।