Logo

Student Corner

Articles

सजीव र निर्जीव वस्तुहरू
- Ujjwol Dhakal - 33023, Grade ... 03 May, 2024

सजीव वस्तु भनेको प्रजनन् कार्य गर्न सक्ने, गति भएको, वृद्धि हुने जस्ता गुण भएका वस्तुहरू हुन् । सजीव वस्तुहरूले सास फेर्छन् । सजीव वस्तुहरूलाई बाँच्नका लागि धेरै खाना र पानीको आवश्यकता पर्दछ । गाईवस्तु, किरा फट्याङ्ग्रा, चराहरू आदिको चाल हुन्छ । यिनीहरू एक ठाउँबाट अर्को ठाउँमा जान सक्छन् तर बोट बिरुवाको भने चाल हुँदैन । सजीवहरूको वृद्धि हुन्छ। सन्तान उत्पादन गर्छन् । कुनै जनावरहरूले अन्नबाली र घाँसपात मात्र खान्छन् भने कुनै जनावरहरूले मासु पनि खान्छन्।  बोट बिरुवाले प्रकाशको सहायताले आफ्नो खाना आफैँ बनाउँछ । कुनै जनावरहरू जमिनमा बस्छन्। कुनै जनावरहरू पानीमा बस्छन् र कुनै आकाशमा उड्ने गर्दछन् । जनावरहरूले अक्सिजन लिन्छन् र कार्बनडाइअक्साइड फाल्छन् । बिरुवाहरूले कार्बन डाइअक्साइड लिन्छन् र अक्सिजन फाल्छन् । सजीव वस्तुहरू जस्तैः गाई,  कुकुर,  परेवा,  माछा,  सर्प,  सयपत्री आदि हुन् । जुन वस्तुको चाल, वृद्धि र गति हुँदैन त्यस्ता वस्तुहरू निर्जीव वस्तुहरू हुन्। निर्जीवले सास फेर्न सक्दैन । निर्जीवलाई खानाको आवश्यकता पर्दैन । निर्जीव वस्तुहरूको चाल, वृद्धि, गति केही पनि हुँदैन । निर्जीव वस्तुहरूले सन्तान उत्पादन गर्दैनन् । निर्जीव वस्तुहरू जस्तैः घर, साइकल, माटो, ढुङ्गा, सिसाकलम, किताब आदि हुन् ।


Read More
डियरवाक सिफल नाइट
- Akshita Bhattarai - 32039, Gr ... 02 May, 2024

यसपालिको डियरवाक सिफल नाइट मलाई एकदमै रमाइलो लाग्यो । यो मेरो लागि प्राथमिक स्कुलको सबै भन्दा राम्रो कार्यक्रम थियो । हाम्रो कक्षा हिमालचुलीले गरेको नृत्य ‘सतार जातिको नाच’ पनि एकदमै फरक किसिमको थियो । यसमा हामीले लगाएको लुगा पनि धेरै सजिलो थियो । यो नाच एक किसिमको उत्सवको रूप थियो र सबै जना खुसी भएर नाचेका थियौँ । अर्को कुरा चाहिँ हाम्रो सङ्गीत क्लबले गाएको अङ्ग्रेजी गीत पनि धेरै राम्रो भयो । मेरो लागि सानो समूहमा गीत गाएको यो पहिलो पल्ट थियो । हामीले समूहमा गाएको नेपाली गीत ‘कालो केशमा रेलिमै’ पनि हाम्रो लागि एकदमै मज्जा भयो । यसपालिको कार्यक्रममा मलाई थकाइ पनि लागेन । हामीले धेरै अभ्यास नगरे पनि हाम्रा सबै साथीहरू र भाइबहिनीहरूले यो दिनमा निकै राम्रो प्रदर्शन गरे र बधाई पनि पाए । कार्यक्रम सकेपछि म र मेरो साथी हाम्रा बाबुआमासँग धेरै बेर कुरा गरेर बस्यौँ र डियरवाक १०९ रेष्टुरान्टमा बसेर खाना पनि खायौँ । त्यसपछि पनि म एकछिन खेलेर बसेँ अनि बल्ल हामी घरतिर लाग्यौँ ।


Read More
मेरो समुदाय
- Pranik K.C - 33025, Grade IV ... 29 April, 2024

मेरो नाम प्रनिक के.सी हो । म काठमाडौँ महानगरपालिकाको वडा नम्बर ८ गौरीघाटमा बस्छु । मेरो समुदायमा मानिसहरू मिलेर बस्छन् । मेरो समुदाय ठुलो छ। मेरो समुदायमा विभिन्न जातजातिका र फरक फरक धर्म मान्ने मानिसहरू बस्ने गर्दछन् । म हिन्दु धर्म मान्छु । मेरा छिमेकमा इसाई र बुद्ध धर्म मान्ने मानिसहरू पनि छन् । हामीहरू एकले अर्कालाई सहयोग गर्दै चाडपर्व मनाउँछौँ । हाम्रो समुदायमा एउटा ठुलो चौर छ । त्यहाँ हामीहरू खेल्ने गर्छौँ । त्यहाँ फोहोर भयो भने र खाल्डाखुल्डी भयो भने समुदायका सबै मानिसहरू मिलेर सफा गर्छन् र खाल्डाखुल्डी पुरिन्छ । कसैको घरमा विवाह व्रतबन्ध र पूजा पर्‍याे भने समुदायका सबै मानिसहरू मिलेर सहयोग गर्ने गर्दछन् । हाम्रो समुदायमा एउटा जङ्गल पनि छ । त्यहाँ मृग, बाँदरहरू पनि छन् । तिनीहरूलाई संरक्षण पनि हाम्रो समुदायले गर्दछ । मेराे घरनजिकै खाेला छ जहाँ हरेक वर्ष छठ पर्व मनाइन्छ । हामी मेरो समुदायमा मिलिजुली बस्छाैँ । 


Read More
मेरो मिल्ने साथी
- Avneesha Maharjan - 32005, Gr ... 25 March, 2024

मेरो मिल्ने साथीको नाम इशानी हो । उनी १० वर्षकी भइन् । उनी बालकुमारीमा बस्छिन् । उनी मङ्सिर १५ गते जन्मिएकी हुन् । उनको घरमा आमा, बुबा, दाइ, बहिनी र भाइ छन् । उनी सानो परिवारमा बस्छिन् । उनलाई प्याजी रङ मन पर्छ । उनलाई मन पर्ने खाना म:म र पिज्जा हो। उनलाई नाटक खेल्न मन पर्छ। हामी हरेक शनिबार नाटक कक्षामा सँगै जान्छौँ । हामी विद्यालयमा सँगै पढ्छौँ र खेल्छौँ। इसानी एउटी सहयोगी साथी हुन् । उनी मलाई मद्दत गर्छिन् । उनलाई मन पर्ने विषय गणित हो । उनलाई गणितका अभ्यासहरू गर्न धेरै मन पर्छ । इशानी एउटी मिल्ने साथी हुन् । उनी सबैसँग मिलेर बस्छिन् । उनलाई घुम्न मन पर्छ। इशानीलाई पढाउन धेरै मन पर्छ। उनी ठुली भएपछि शिक्षिका बन्ने लक्ष्य छ। उनको मन पर्ने ठाउँको नाम पोखरा हो। उनलाई पोखराका विभिन्न ठाउँहरू घुम्न मन पर्छ । उनलाई पौडी खेल्न मन पर्छ। हरेक गर्मी महिनामा उनी पौडी खेल्न जान्छिन् । उनको मन पर्ने शिक्षिका निम्जला गुरुआमा हो । उनलाई मन पर्ने कथा ‘स्नो हाइट’ हो। उनलाई कथा, कविता र निबन्ध पढ्न मन पर्छ।


Read More
मैले देखेकाे एउटा घटना
- Aayaan Rai - 31006, Grade V o ... 22 March, 2024

एकचोटि म बाजेसँग स्कुल जाँदै थिएँ । हामी बाटाेमा डिँड्दै थियाैँ । बाजेलाई केही सामान किन्नुपर्ने भएकाे हुनाले हामी एउटा पसलमा गयाैँ । हामी एकैछिन त्यहीँ  पसलकाे कुर्सीमा बस्याैँ । बस्दै गर्दा  मेरा आँखा एउटा रातो स्कुटरमा गए । त्यो स्कुटर चलाउने मानिसले हेल्मेट लगाएको थिएन । उसले धेरै छिटो  स्कुटर चलाइरहेको थियो । त्यो स्कुटरले एउटा बाइकलाई ओभरटेक गर्यो । अनि, त्यति नै बेला एउटा ट्याक्सीले कारलाई ओभरटेक गर्यो । जब त्यो ट्याक्सीले एउटा बाइक देख्याे, तब ऊ आफ्नो ठाउँमा जान खोज्यो । अनि त्यहीँ ट्याक्सिले दखेकाे बाइकलाई त्याे रातो स्कुटरले ओभरटक गरेकाे थियाे । त्यसपछि मैले र मेरा बाजेले भ्वाङ्ग आवाज सुन्यौँ । हामी हेर्न जाँदा त्यस राताे स्कुटर ढलेको थियो र ट्याक्सीको बोनेट कुच्चेको थियो । त्यहाँ एउटा भयानक दुर्घटना भएको थियो । मैले मेरै आँखा अगाडि  डरलाग्दाे दुर्घटना देखेँ । यसबाट मैले के सिकेँ भने,हतार गरेर सवारी साधन चलाउनुहुँदैन । हेल्मेट अनिवार्य रूपमा लगाउनुपर्छ । ट्राफिक नियमकाे पालना गर्नुपर्छ । जथाभावी सवारी साधन चलाउँदा ज्यान जान सक्दाे रहेछ । त्यसैले हामी यस कुरामा सचेत रहनुपर्छ ।


Read More
नदी
- Sushant Pokharel - 32020, Gra ... 21 March, 2024

नदी भन्नाले ससाना खोल्साभन्दा ठुला र बाह्रै महिना निरन्तर बगिरहने पानीको स्रोत नै नदी हो । कुनै नदीका मुहान हिमालमा हुन्छन् । कुनै नदीका मुहान पहाडमा हुन्छन् । हाम्राे  देशमा नदीको उत्पत्ति धेरैजसाे हिमालयबाट भएकाे हाे । जलस्रोतको हिसाबले हाम्रो देश नेपाल धनी छ। यहाँ धेरै नदीहरू छन् । नदी हिउँदको समयमा साना हुन्छन् भने बर्खामा नदीहरू ठुला हुन्छन् र बाढीको जोखिम हुन्छ। यो समयमा पानीकाे बहाब बढ्छ । कहिलेकाहीँ धनजनको क्षति पनि हुन्छ। बर्खाको बेलामा बाढी र पहिरोबाट जोगिन हामी बेलैमा सचेत हुनुपर्छ। नदीकाे अन्तिम गन्तव्य विभिन्न अरू नदीनालाहरूसँग मिसिदै समुद्रसम्म हुन्छ । नदी हाम्रो जीवनमा धेरै महत्त्वपूर्ण छ । मानव सभ्यताको विकासको क्रम नै नदीको किनारबाट भएको पाइन्छ । नदीबाट हामीले बिजुली निकाल्न सक्छौँ। खेतबारीमा सिँचाइ गर्न सक्छौँ। नदीबाट घरायसी आवश्यकता पनि पूरा गर्न सकिन्छ । नदीबाट अन्य फाइदा लिन सकिन्छ। तसर्थ नदीलाई फोहोर बनाउनु हुँदैन।


Read More