Logo

Student Corner

Articles

दसैँ
- Prapya Mishra - 32049, Grade ... 22 October, 2024

हिन्दुहरूको महान् चाड, दसैँ नै हो हाम्रो

मिठो मिठो खान्छौँ हामी, लगाउँछौँ राम्रो

 

नयाँ नयाँ लुगा लगाउँछौँ, मन्दिर पनि जान्छौँ

आफन्तहरूसँग भेटी, मिठो मसिनो खान्छौँ

 

गाउँको बिचमा हाल्ने गर्छौं, खेल्न लिङ्गे पिङ

घर घरमा खसी ल्याउँछौँ, समाउँदै सिङ

 

दाजुभाइ दिदीबहिनी, सबै जम्मा हुन्छौँ

मनमुटाव रिसराग, मनमा भए सबै धुन्छौँ

 

असत्यमाथि सत्यको, विजय भएको अवसरमा

खुसी हुँदै जमरा अनि टीका लगाउँछौँ निधारमा

 

मान्यजनको घरमा गई टीका र आशीर्वाद थाप्छौँ

केटीकेटी रमाइलो गर्न, चङ्गा पनि उडाउँछौँ

 

टीका लगाउन मामाघर, जाँदा झनै रमाइलो

घर आई दक्षिणा गन्छौँ, भन्दै आज कति कमाइयो

 

यसैगरी रमाई रमाई, मनाउँछौँ हामी दसैँलाई

आत्मीयता साट्छौँ हामी, शुभकामना दिन्छौँ सबैलाई ।


Read More
वातावरण दिवस
- Sujeev Sapkota - 33056, Grade ... 04 October, 2024

हाम्रो वरपरका सबै सजीव र निर्जीव चिजहरू वातावरणभित्र पर्दछन् । हावा, पानी, आकाश, घर, भवन आदि वातावरणकf केही अंशहरू हुन् । हामी मानिसहरू पनि वातावरणको एक भाग हौँ । वातावरणको संरक्षण गर्‍याैँ भने मानिसलाई नै सबैभन्दा धेरै फाइदा हुन्छ । वातावरण दिवस भन्नाले वातावरणको संरक्षण गर्नका लागि मानिसहरूमा जनचेतना जगाउन विभिन्न कार्यक्रमहरू गरी मनाउने दिवस हो । यस दिनमा वातावरणलाई प्रदूषण बनाउँदा त्यसबाट मानिस, जीवजन्तु र बोटबिरुवामा पर्ने असरहरूका बारेमा छलफल हुन्छ । वातावरणको संरक्षण गर्न सबैजनाले निभाउनुपर्ने भूमिकाको बारेमा पनि छलफल हुन्छ । वातावरणलाई स्वच्छ, सफा र हराभरा राख्नुपर्ने वातावरण दिवसको प्रमुख उद्देश्य हुन्छ। वातावरण प्रदूषणले गर्दा मानिसहरूमा विभिन्न किसिमका राेगहरू देखा पर्छन् । वातावरण दिवसले मानिसमा देखापर्ने यस्ता समस्याहरूको समाधान गर्न मद्दत गर्छ। वातावरणको संरक्षण गर्न सम्पूर्ण मानिसहरूलाई सचेत बनाउने काम वातावरण दिवसले गर्छ । वातावरण दिवसलाई हामी सबैजना मिलेर सफल पार्न सकेमा हाम्रो वातावरणको र सम्पूर्ण प्राणी जगतको भलो हुन्छ ।


Read More
काठमाडौँ
- Rehan Shrestha - 32012, Grade ... 03 October, 2024

नेपालमा ७७ जिल्ला छन् । तीमध्ये एक हो काठमाडौँ। काठमाडौँ जिल्ला नेपालको राजधानी हो । काठमाडौँ बागमती प्रदेशमा पर्दछ। काठमाडौँका मेयर बालेन्द्र शाह हुन् । उपमेयर सुनिता डंगोल हुन् । काठमाडौँमा विभिन्न जातजाति, भाषाभाषी र धर्म संस्कृतिका मानिसहरू बसोबास गर्छन् । काठमाडौँमा  विशेष गरी नेवारी समुदायका मानिसहरूको बसोबास रहेको छ। काठमाडौँ अत्यन्तै राम्रो छ।  यो पहाडी जिल्ला हो । काठमाडौँ उपत्यकाभित्र काठमाडौँ, ललितपुर र भक्तपुर पर्दछन् । काठमाडौँ जिल्लाको वरिपरि हरिया वनजङ्गल रहेका छन् । काठमाडौँबाट हिमाल पनि देखिन्छ । काठमाडौँलाई मन्दिरै मन्दिरको सहर पनि भनिन्छ । काठमाडौँमा धेरै मठ मन्दिरहरू रहेका छन् । काठमाडौँ जिल्ला घुम्नको लागि धेरै मानिसहरू विभिन्न ठाउँबाट आउँछन् । काठमाडौँमा घुम्न लायक ठाउँहरू छन् । जस्तैः पशुपतिनाथ, स्वयम्भूनाथ, चन्द्रागिरि, बौद्धनाथ, वसन्तपुर दरबार, नारायण हिटी संग्रहालय, काष्ठमण्डप, भद्रकाली मन्दिर, घण्टाघर, धरहरा आदि । यहाँ धेरै कुराको सुख सुविधा छ । काठमाडौँमा जागिरका अवसर पाइन्छन् । यहाँ धेरै स्कुल कलेजहरू छन् । अस्पतालहरू पनि छन् । खेलमैदान पनि छन् । यहाँको बाटो सफा र फराकिलो छ । बाटाको छेउछेउमा फूल र रुख रोपिएको छल। काठमाडौँमा धेरै होटल र रेस्टुरेन्टहरू छन् । काठमाडौँ घुम्न भने विदेशी पर्यटकहरू आउँछन् । काठमाडौँमा खेल मैदान पनि छन् । संसद भवन पनि काठमाडौँमै छ । सिनेमा घरहरू पनि छन् । ठाउँ ठाउँमा पार्क र बगैँचाहरू छन् । काठमाडौँमा धेरै चाडपर्व मनाइन्छ । विशेष गरी इन्द्रजात्रा , गाइजात्रा र घोडेजात्रा पर्व काठमाडौँ उपत्यकामा मनाइन्छ । काठमाडौँको हावापानी राम्रो छ । काठमाडौँका नदीनाला चाहिँ फाेहाेर छन् । काठमाडौँमा ७७ जिल्लाकै मानिसहरू बसोबास गर्छन् । काठमाडौँको बाटाबाटामा बिजुली बत्ती राखिएको छ । काठमाडौँ रातिमा पनि झिलिमिली देखिन्छ । यो एक पर्यटकीय सुन्दर सहर हो । 


Read More
मेरो विद्यालय
- Tejaswi Basnet - 33048, Grade ... 02 October, 2024

मेरो विद्यालयको नाम सिफल स्कुल हो । मेरो विद्यालय सिफल चौरको अगाडि छ । मेरो विद्यालय ठुलो छ । मेरो विद्यालयमा कक्षा १ देखि १२ कक्षासम्मको पढाइ हुन्छ । हाम्रो विद्यालयमा खेल्ने चौर पनि छ । हाम्रो विद्यालयमा चित्रकला, नाटक, सङ्गीत कक्षा पनि हुन्छ । हाम्रो विद्यालयमा नियमित रूपमा परीक्षा पनि हुन्छ । मेरो विद्यालयमा कम्प्युटर र संस्कृत कक्षाहरू पनि हुन्छन् । मलाई संस्कृतका श्लोकहरू पढ्न मन पर्छ ।  हाम्रो स्कुलमा आउन र जानको लागि बसको व्यवस्था पनि छ । हाम्रो स्कुलको वातावरण सफा र सुन्दर छ । हाम्रो स्कुलमा धेरै बोटबिरुवा पनि छन् । हाम्रो स्कुलले हामीलाई कहिलेकाहीँ स्थलगत अवलोकन पनि गराउँछन् । हाम्रो स्कुलमा हरियाली छ । मलाई मेरो स्कुल असाध्यै मन पर्छ । 


Read More
मेरो देश नेपाल
- Arnesh Thapaliya - 32052, Gra ... 01 October, 2024

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि प्यारा हुन्छन् । मेरो देशको नाम नेपाल हो । नेपाल जस्तो अर्को देश  खोजेर पनि कतै  भेटिँदैन किनभने मेरो देश अत्यन्तै सुन्दर छ । यो हिमाल, पहाड र तराई मिलेर बनेको छ । मेराे देशमा ७ प्रदेश र ७७ जिल्ला छन् । मेरो देश प्राकृतिक, सांस्कृतिक र ऐतिहासिक रूपमा प्रसिद्ध छ । मेरो देशमा धेरै हिमालहरू छन् । विश्वको सर्वोच्च शिखर सगरमाथा नेपालमा नै छ । मेरो देशको राष्ट्रिय जनावर गाई, राष्ट्रिय हतियार खुकुरी,  राष्ट्रिय चरा डाँफे,  राष्ट्रिय रङ सिम्रिक र राष्ट्रिय फूल लालीगुराँस हो । मेरो देशमा विभिन्न जातजाति र भाषा बोल्ने मानिसहरू बसोबास गर्छन् । यहाँ जातिअनुसारका भेषभूषाहरू रहेका छन् । नेपालमा बसोबास गर्ने हामी सबै नेपाली हौँ । हामी नेपालीहरू एकआपसमा असाध्यै मिलेर बसेका छाैँ । नेपालीहरूले धेरै धेरै चाडपर्वहरू मनाउँछन् । दसैँ, तिहार, छठ, इद, ल्हाेसार, क्रिसमस, तिज, उँधाैली, उँभाैली आदि  नेपालीहरूका महान् पर्व  हुन् । सबै नेपालीहरू एकआपसमा मिलेर चाडपर्व मनाउँछाैँ ।  सबैलाई चाडपर्वकाे शुभकामना दिन्छाैँ । मेरो देशको हावापानी निकै सफा र स्वच्छ छ । मेरो देशमा धेरै हरियाली छ । यहाँ धेरै नदीनालाहरू छन् । नेपालमा धेरै मठ मन्दिरहरू छन् । सुन्दर देश नेपाल घुम्नको लागि थुप्रै पर्यटकहरू नेपाल आउँछन् । नेपालमा गौतम बुद्धको जन्म भएको थियो । पृथ्वी नारायण शाह, अमरसिंह थापा, सीता, जनक, भृकुटी आदि राष्ट्रिय विभूति नेपालमा जन्मिएका थिए । नेपालीहरू बहादुर र सहयोगी छन् । मलाई मेरो देशको धेरै माया लाग्छ । 


Read More
The One and Only Ivan
- Prapya Mishra - 32049, Grade ... 30 September, 2024

About the Book

"The One and Only Ivan" is a children's novel by Katherine Applegate, published in 2012. The story is inspired by the true story of Ivan, a gorilla who lived in a domain for 25 years. It all explains friendship, freedom, and the importance of storytelling.

Plot Summary

The story follows Ivan, a silverback gorilla who lives in a glass domain at the Exit 8 Big Top Mall and Video Arcade. Ivan spends his days watching TV, painting, and interacting with his friends: Stella, an elderly elephant, and Bob, a stray dog. Life changes for Ivan when a baby elephant named Ruby arrives, and he starts to see his environment in a new light. Determined to save Ruby from a life of staying in a domain, Ivan plans to free her and himself by using his art to communicate with humans.

Character Analysis

Ivan: The kind silverback gorilla, Ivan, is thoughtful and hardworking. He evolves from accepting his life in a glass domain to taking bold steps to ensure a better life for Ruby.

Stella: An elderly elephant who has lived a hard life in a domain. She is wise and kind, and her stories inspire Ivan.

Ruby: A young elephant who brings new hope and fresh life to the story. Her innocence and curiosity spark a huge change in Ivan.

Bob: A stray dog who is Ivan's loyal friend. Bob's wit and street-smart attitude provide a contrasting perspective to Ivan's more reflective nature.

Mack: The owner of the mall, whose actions and decisions impact the lives of the animals under his care.

Julia: She is the daughter of the mall's janitor. She is also best friends with Ivan.

George: He is the mall's janitor and the father of Julia.

My Opinion and Recommendation

"The One and Only Ivan" is a touching and beautifully written story that helps readers of all ages. The book's simple yet powerful themes of animals and the importance of compassion and freedom stand out. Katherine Applegate's use of Ivan's voice to tell the story adds a unique and nice touch, making the reader connect deeply with the characters.

I highly recommend this book to children and adults alike. You should read this book once in your lifetime and also whenever you are bored.


Read More
विश्व वातावरण दिवस
- Sarun Maharjan - 33029, Grade ... 30 September, 2024

विश्व वातावरण दिवस विश्वभरि नै मनाइन्छ । विश्व वातावरण दिवस जुनको ५ तारिखमा मनाइन्छ। विश्व वातावरण दिवस वातावरण प्रदूषण नगर्ने, खोलानालामा फोहोर नफाल्ने, वातावरण स्वच्छ राख्ने, रुख रोपेर जताततै हरियाली बनाउने, प्लास्टिक र अन्य फोहोरलाई जथाभावी नफाल्ने जस्ता सन्देश दिन मनाइन्छ । यस दिनमा हामी रुखहरू रोप्छौँ । वन संरक्षण गर्छौं । बिरुवाहरूलाई पानी दिन्छौँ । विश्व वातावरण दिवस सन् १९७३ देखि सुरु भएको हो । हामीले वातावरण सफा राख्नुपर्छ । नेपालमा पानीको मुहान सफा गरेर, बिरुवाहरूलाई पानी दिएर, वन संरक्षण गरेर, बाटोमा फोहोर नफाल्ने जस्ता कार्यक्रम गरेर विश्व वातावरण दिवस मनाइन्छ । विश्व वातावरण दिवस नेपालको सबैभन्दा ठुलो अन्तर्राष्ट्रिय पर्व हो । हामीले विश्व वातावरण दिवसमा मात्र वातावरण स्वच्छ राख्ने होइन । जहिले पनि आआफ्नाे समुदाय स्वच्छ र सफा राख्नुपर्छ । 


Read More