Logo

Student Corner

मलाई मन पर्ने पुस्तक

Written by: Apurba Gopal Aryal - 33043, Grade IV

Posted on: 04 September, 2024

मलाई मन पर्ने पुस्तक मनको लड्डु हाे । याे कथा यशु श्रेष्ठले लेख्नुभएको हो । यो चित्रकथामा एउटा वन हुन्छ । वनमा एउटा बिरालो बस्छ। वनबिरालोलाई भोक लाग्छ । ऊ आहारा खोज्न जान्छ । उसलाई बचेरा खान मन लाग्छ। उसले गुँड देख्छ। उसलाई खुसी लाग्छ। तर एकछिनपछि दुःख पनि मान्छ किनकि त्यो गुँडमा अन्डा मात्र हुन्छ । उसले बचेरा भएपछि खाने विचार गर्छ । भोलिपल्ट वनबिरालो फेरि गुँडमा आउँछ। तर बचेरा निस्किएका हुँदैनन्। बचेराहरू ननिस्किएका भएपनि खाने आफैँ हाे केही दिन कुर्छु भनेर साेच्छ । केही दिनपछि गुँडमा गएर हेर्दा बचेराहरू निस्किएका हुन्छन् । तर बचेराहरू छाम्दा धेरै साना र गिला हुन्छन् । तिनीहरू ठुला भएपछि खाने विचारले वनबिरालो फर्किन्छ । तीन चार दिनपछि फेरि वनबिरालो गुँडमा आउँछ तर ती बचेराहरू ठुला भएर उडेर अर्को रुखमा गइसकेका हुन्छन् । यो कथाले कुनै पनि काम गर्दा ठिक समयमा गरिहाल्नुपर्छ भने नत्र भने कामको फल प्राप्त हुँदैन भन्ने सन्देश दिन्छ।