Logo

Student Corner

आदिकवि भानुभक्त आचार्य

Written by: Prapya Mishra - 32049, Grade V

Posted on: 03 September, 2024

जन्मियाै तिमी असार २९ गते १८७१ सालमा 

नेपाली साहित्यमा कवि भयाै प्राथमिक कालमा

 

धनञ्जय र धर्मावतीको पुत्रको रूपमा जन्मियौ

 घाँसीबाट प्रेरणा लिई नेपाली साहित्यमा चम्कियौ

 

चुँदी रम्घा, तनहुँ हो तिम्रो जन्म घर

 आदिकवि भनी  चिनियो सारा संसार भर

 

रामायणलाई उल्था गर्याै सबैले बुझ्ने गरी 

नेपाली साहित्यलाई धनी बनायाै कविता कोरी

 

मोतीराम भट्टले जीवनी लेखी तिमीलाई चिनाए 

प्रश्नोत्तर, भक्तमाला, बधूशिक्षा र रामायणको बारेमा बताए

 

तिम्रो कृतिले सम्झिरहनेछन् सधैँ नेपाली साराले 

नेपाली साहित्य र भाषामा योगदान दिएको कुराले ।