Logo

Student Corner

मोतीराम भट्ट

Written by: Rabi Harsha Adhikari - 32013, Grade V

Posted on: 05 September, 2024

साहित्यका अग्रज हाम्रा आहा कति राम्रा 

 

हिरा भन्दा कम छैनन् माेतीराम हाम्रा 

 

काठमाडौँमा जन्मिएका ती मोतीराम हाम्रा

 

सानैदेखि  रुचि राखी लेखे गजल राम्रा

 

औँसीको दिन कति पवित्र रहेछ

 

यता घरको खम्बा बुबाको मुख हेर्ने दिन 

 

उता साहित्यको खम्बा मोतीको जन्मदिन 

 

नेपालीको प्रथम गजलकार भनेर चिनिने 

 

भानुभक्त आचार्यलाई उचाइमा पुर्याउने

 

कति कविता लेख्थे हाेला अकालमै मरी गए

 

तर पनि कृतिका माध्यमले अमर बनी रहे 

 

बिर्सनुहुन्न कहिल्यै पनि  साहित्य सर्जकलाई 

 

कहिल्यै पनि बिर्सने छैन मैले माेतीलाई ।