Logo

Student Corner

गणतन्त्र दिवस

Written by: Ujjwol Dhakal - 33023, Grade IV

Posted on: 02 September, 2024

नेपालमा गणतन्त्र दिवसको स्थापना वि.सं २०६५ साल जेठ १५ गते भएको हो । सोही दिन नेपालमा राजतन्त्रको अन्त्य भई जनगणतन्त्रको स्थापना भएको थियो। त्यस अगाडिसम्म नेपालमा राजाकै शासन व्यवस्था चल्ने गर्दथ्यो । गणतन्त्र स्थापना हुनुभन्दा अगाडि नेपालको राष्ट्रप्रमुख राजा नै हुने गर्दथे। जब गणतन्त्र स्थापना भयो तब जनताहरूले नै चुनेर सर्वसाधारण जनताबाट नै राष्ट्रप्रमुख हुने व्यवस्था रहेको छ। त्यसैले जेठ १५ गते विभिन्न कार्यक्रमहरू गरेर गणतन्त्र दिवस मनाइने गरिन्छ । यो दिवस भनेको जनताको खुसीको दिन पनि हो । वि सं २०६२ / ६३ मा भएको शान्तिपूर्ण जनआन्दोलनपछि सम्पन्न संविधानसभाको पहिलो बैठकले राजतन्त्र अन्त्य गरी नेपालमा गणतन्त्र स्थापना गर्‍याे । त्यसपछिको संविधान सभाकाे चुनाबमा नेपालको पहिलो राष्ट्रपति डाक्टर रामवरण यादव र उपराष्ट्रपतिमा परमानन्द झा चुनिएका थिए । यो दिवसले जनताप्रति उत्तरदायित्व हुन सिकाउँछ।