Logo

Student Corner

बुद्ध पूर्णिमा

Written by: Aaniya Poudel - 33059, Grade IV

Posted on: 23 May, 2024

बुद्ध जयन्ती भगवान बुद्ध गौतम बुद्धको जन्म, ज्ञान प्राप्ति र मृत्युकाे सम्झनामा मनाइने पवित्र पर्व हो। यो पर्व हरेक वर्ष वैशाख पूर्णिमाको दिन मनाइन्छ । गौतम बुद्धको जन्म इसापूर्व ५६३ मा नेपालकाे लुम्बिनीमा भएको थियो। उहाँले शान्ति, करुणा र अहिंसाको मार्ग देखाउनु भएको थियो । बुद्ध जयन्तीको अवसरमा मानिसहरू मन्दिरहरूमा गएर पूजा अर्चना गर्छन्। दीप प्रज्वलन गर्छन् र बुद्धका उपदेशहरू सुन्छन्। यस दिन बौद्ध धर्मावलम्बीहरूले विभिन्न धार्मिक क्रियाकलाप गर्छन्। यस दिन बाैद्ध विहारहरूमा भिक्षुकहरूलाई भोजन गराइन्छ र गरिबहरूलाई दान दिइन्छ । बुद्ध जयन्तीको मुख्य उद्देश्य बुद्धका उपदेशहरूको अनुसरण गर्दै मानवतामा शान्ति, प्रेम र करुणा फैलाउनु हो। बुद्ध जयन्तीले मानिसहरूलाई सत्य, अहिंसा र धैर्यको मार्गमा चल्न प्रेरित गर्छ। यस पर्वले सबैमा एकता र आत्मीय भावना जागरुक गराउँछ । हामी सबै बुद्धका उपदेशहरूको पालन गर्दै समाजमा शान्ति र सद्भावना फैलाउन प्रयत्न गर्नुपर्छ ।