Logo

Student Corner

Articles

मानव जीवनमा खेलकुदको महत्त्व
- Raj Dhakal - 24031, Grade XI ... 13 October, 2022

 मानिसको जीवनमा स्वाथ्यको ठुलो प्रभाव छ । मानिस स्वस्थ नभई बाँच्न सक्दैन । त्यसैले हरेक मानिसले आफ्नो स्वास्थ्यको ख्याल आफैँले गर्नुपर्छ ।  मानिसको स्वास्थ्यलाई स्वस्थ बनाउन दैनिक व्यायाम गर्नु आवश्यक छ ।  व्यायाम भनेको कुनै पनि यस्तो कुरा हो जसले मानिसको शरीरलाई स्वस्थ राख्न मद्दत गर्छ ।   
व्यायाममा  धेरै कुराहरू पर्छन् र त्यसकाे सबैभन्दा सजिलो र सबैले दैनिक जीवनमा अपनाई रहने एउटा प्रकार भनेको खेलकुद हो ।  खेलकुद भनेको हामी सबैले गर्ने व्यायाम हो ।  हामी सबैले खेलकुद त गरेकै हुन्छाैँ ।  संसारमा धेरै खेलहरू छन् र सबैको आफ्नै एउटा पहिचान छ । खेलकुदले हाम्रो शरीरमा राम्राे प्रभाव पार्दछ । खेलकुदले मानिसकाे स्वास्थ्यलाई पनि राम्रो बनाउँछ । जसले खेलकुदमा आफ्नो समय बढी बिताउँछ उसले आफ्ना शरीरका मांसपेशीहरू र आफ्ना हड्डीहरूलाई मजबुत बनाइरहेकाे हुन्छ । 
खेलकुद ससाना बालबालिकाहरूदेखि लिएर आफ्नाे उमेरअनुसार खेल्न सक्ने सबैका लागि शरीर स्वस्थ र स्फूर्तिलाे हुन्छ । बिहान बिहान १ घण्टा दौड्नुले नै शरीरका हड्डीहरू लचिलो हुन्छन् । यसले मानिसको शरीरको प्रतिरक्षा प्रणालीलाई  बढाउँद छ । शारीरिक खेलकुदले मानिसको शक्ति, आत्माबल र  सहनशीलतालाई  बढाउन मद्दत गर्छ ।  यसले सामाजिक कौशल र समाजमा साथीभाइहरूसँग मिलेर काम गर्ने क्षमताकाे पनि विकास गर्छ ।
ताजा हावा र घामले हामीलाई प्राकृतिक रूपमा भिटामिन डी प्रदान सक्छ। यसले हामीलाई उच्च रक्तचाप, काेलेस्ट्राेललाई बढ्न दिँदैन । यसका साथै खेलकुदले हामीलाई हाम्रो शरीरकाे तौल सन्तुलनमा राख्न र शरीरको बोसो घटाउन मद्दत गर्छ । यसले कार्डियो भास्कुलर रोग र केही क्यान्सरसहित विभिन्न रोगहरू लाग्नबाट बचाउँछ । मानसिक स्वास्थ्य अवस्था, तनाव र चिन्ता कम गर्न पनि मद्दत गर्दछ ।

खेलकुदका फाइदाहरू :-
हाम्रो स्मृति र मस्तिष्कमा सुधार ल्याउँछ । 
धेरै रोगहरूबाट बचाउँछ ।
वजन व्यवस्थापनमा सहयाेग गर्छ ।
चिन्ता र अवसाद को भावना कम गर्दछ।
क्यान्सरसँग सम्बन्धित थकानसँग लड्न सहयाेग गर्छ ।
मांसपेशी बलियाे र सन्तुलित गराउँछ ।
जीवन आयु बढाउँछ।

यसकारण खेलकुद मनाेरञ्जनका साथै मानिसकाे स्वास्थ्यसँग पनि जाेडिएकाले मानिसकाे जीवनमा खेलकुदकाे महत्त्व रहेकाे छ ।


Read More
खै म कहाँ चुकेँ ?
- Yojana Gautam - 23068, Grade ... 12 October, 2022

म आफूलाई खोज्दाखोज्दै हारिसकेँ, 
आँसुका धारामा आफूलाई बगाइसकेँ । 
केही बन्ने सपना बोक्दाबोक्दै, 
खै म कहाँ कति चुकिसकेँ ।

बुबाको त्यो सपना पूरा गर्छु भन्दाभन्दै, 
आमाको त्यो दुःखको पोको मेटाउँछु भन्दाभन्दै, 
आज किन यस्तो कमजाेर भइसकेँ। 
खै यति गर्दागर्दै पनि म कहाँ कतै चुकिसकेँ ?

आज जिन्दगी आफूले  आफैँलाई
हारिसकिस्  कि ? भनेर प्रश्न मलाई गर्दै छ । 
दिल खोलेर हाँस्दा पनि यो आँखाले
किन वर्षा बगाइरहेको छ ।
किन आज दुःखको मकान नियाल्न पुगेँ
कहिले यस्तो हुन्छु भन्ने नसोचेको 
आज किन सोच्न बाध्य भएँ  ?
खै म खुसी हुन कहाँ कति चुकिसकेँ ।

आजभोलि सानातिना प्रश्नहरूमा अल्झिरहन्छु । 
धेरै थिए सपना मेरा खै कहाँ लुकिरहेछन् ।
लेख्नु धेरै छ सोचेकी  थिएँ, 
समय सान्दर्भिक नै देख्दै थिएँ,  
जीवनलाई कसरी दोष दिऊँ ?
पत्तै भएन म  कहाँ चुकिसकेँ ।

यो दुनियाँको भिड जति नै ठुलो किन नहोस् ।
जति नै ठुलो जमात  किन नहोस्
यहाँ कसैले कसैलाई  केही गर्दो रहेनछ ।
समय नै त हो दुःखी पनि छन् 
र दुःख पनिआफैसँग छ ।

जीवन लामो छ, यो एउटा चक्र हो 
जुन हरेक पल घुमिरहेको छ । 
विश्वास राख्नुपर्छ, त्यो चक्र घुमेर एक दिन 
जीवनमा खुसीको बहार अवश्य छाउने छ।


Read More
How Do Surrogate Ads Work?
- Sanjay Puri - 23058, Grade XI ... 12 October, 2022

Surrogate advertising refers to a form of advertisement that duplicates the brand image of one product to promote another product of the same brand. The major country where the surrogate advertisements are mostly popular is our neighboring country,India. Famous celebrities like Ajay Devgan, Shahrukh Khan, Amitabh Bachchan, Salman Khan, Akshay Kumar and many more promote tobacco brands although they don’t promote it directly but the viewers can easily understand that the companies they promote are not known for making pan masala or elaichis, they are primarily known for making tobacco products. In the 90’s,alcohol and tobacco products were allowed to be advertised directly by showing warning signs in India. But the government of India banned the advertisements promoting tobacco and liquor products in 1995. So, these companies started to make surrogate advertisements by sponsoring big events and luring big celebrities by giving them hefty sums of money to promote these products.The surrogate advertisements are very effective as a survey showed that 42 out of 50 people watching surrogate advertisements realize that the advertisement is done to promote tobacco and alcohol. Surrogate advertisements do impact a consumer’s buying decision as well. They also inform customers about the leading liquor brands and thus promote sales.The companies are so keen to promote their product that they are literally expanding their product and making new products and promoting them but everyone knows the main motive. Some companies even don’t sell the products they advertise and they are only trying to promote their tobacco and liquor products. Surrogate advertising is done on a very high level. These types of advertisements should be banned as they promote risky products that have a lot of harm on human health. In conclusion,I  want to request the big celebrities that please don’t do surrogate advertisements because the fans of the celebrities will surely get encouraged to buy these products and this will impact their health. The surrogate advertisements doesn’t only promote people to buy these products but it encourages even the people of our country and many South Asian nations citizens to buy these harmful cancer causing products. Surrogate advertisements must be banned from being shown on television or any online mediums as these are literally the promotion of poisonous products in the name of juice, elaichi and so many side products of the big liquor and tobacco products.
     

 


Read More
दोषी काे ?
- Anushka Basnet - 24011, Grade ... 11 October, 2022

सधैँ जस्तो आज पनि लीलाले विद्यालयबाट फर्कँदा एउटा मरेको कुकुर बाटोमा देखी । उसको दैनिकीमा नै दिनदिनै मरेका कुकुरहरू देख्नु पर्थ्याे । तल्लो घरको बाटोमुनि जहिले पनि मरिरहेका कुकुर देखिन्थे । कसैलाई थाह थिएन कुकुर कसले कसरी मार्यो, तर हरेक दिन एक एक कुकुरका शव बाटोमा देखिन्थे । अहिले त कुकुर मात्र हैन, अरू जनावरहरू पनि देखिन थालिसकेका थिए । पहिला पहिला त गाउँले जति सबै डराउँथे । लीलाको घरबाट अलि तलको घरमा कोही पनि बस्दैनथे । त्यसैले ती जनावरहरू कसले मारेको भन्ने कसैलाई अत्तोपत्तो अझै थिएन । तल्लो घर खाली भएको १५ वर्ष भइसकेको थियो । लीला एक वर्षकी हुँदै त्यो घरकी बुढी आमाले आत्महत्या गरेकी थिइन् । त्यै बुढी आमाको आत्माले त तर्साएन ? भन्ने खबर जताततै  फैलिएकाे थियो।

लीलालाई यस्तो भूतप्रेतको कुरामा विश्वास लाग्दैनथ्याे । उसलाई त गाउँकाे कुनै मान्छेले मारेर त्याे फालेको हुनुपर्छ जस्तो लाग्थ्यो । १५ वर्ष पुरानो कथा सुनाएर मान्छे तर्साउने भन्दै लीलालाई गाउँलेहरूसँग अझै रिस पनि उठ्यो । आज त उसले दैनिकी जस्तो एउटा नभई चार ओटा मरेका कुकुर देखी । कुकुरहरूको शवसँगै एउटा मरेको परेवा पनि थियो । आज त अति भयो भनेर लीलाले आफ्ना साथीहरू बटुली र राती तल्लो घरमा जाग्राम बस्ने निर्णय गरी । उसका साथीहरूले उसको सोचलाई राम्रो भने पनि नभने पनि उसलाई साथीहरूकाे कुनै वास्ता लागेन । उसलाई केवल कुकुरहरुको ज्यान लिने को रहेछ भन्ने थाह पाउनु थियो । उसका ३ ओटा मिल्ने साथीहरू पनि उसैसँग रातभरि कुकुर मार्ने दोषी हेर्न बसे । 

 रात पर्यो र ४ जना तल्लो घर पुगे । सबले आआफ्नो घरमा एक अर्काको घर जाने भनेर झुटो बोलेर तल्लो घर गए । तल्लो घरैभित्र बस्ने निधो गरे । ४ जना साथीहरू कालो रातमा अपराधी कुर्न थाले । मध्यरात भइसकेको थियो । त्यहाँ काेही पनि आएन । टाढा टाढासम्म कोही पनि थिएन । सबै थाकेका थिए । एक एक गर्दै चार जना नै निदाए । निदाएको करिब ३ घण्टा हुँदा आफ्नो घरमा "लीला लीला! काँ छेस् त ? ओइ लीला काँ गइस ?" दिदीले कराएको सुनेर लीला झसङ्ग बिउँझी । आमा र दिदीलाई तल्लो घरमा छु भनेर आउँछु भन्ने सोचले लीला तल्लो घरबाट निस्कन खोजी । घरको दैलोसम्म पुग्दा उसलाई टाउको दुःखेजस्तो भयो । बल्लतल्ल घरबाट निक्लेर ऊ आफ्नो घर पुगी । आमा र दिदीलाई सम्झाई । आमा आफ्नी छोरी र छोरीका साथीहरू सबैलाई घर बोलाउँछु भनेर तल्लो घर आफैँ गइन् । आमा तल्लो घर पुग्दासम्म लीला पनि पछिपछि गई । तल्लो घर आइपुग्नलाग्दा ठुलो स्वरले चिच्याएको आवाज सुनियो । हतार हतार तल्लो घर पुग्दा त लीलाका तीन जना साथीहरू र एउटा कुकुरको लास देखियो । त्यहाँ र वरपर टाढासम्म कोही पनि थिएन । त्यस रातको सम्झना अझै पनि लीलालाई झल्झली आउँछ । आज १३ वर्षपछि पनि लीलालाई उसको साथीले चिच्याएको आवाज याद छ । साथीलाई अन्तिम चोटी देख्दाको उसको खुसियाली याद छ । ती जनावर र आफ्ना साथीहरू मार्ने लीला नै त थिई । त्यसैले उसलाई त्यो रात सरिया मन पर्छ । आहिलेसम्म मूर्ख गाउँलेहरूले अपराधी भेट्न सकेका छैनन् । लीला अझै पनि बाटोमा खुलम खुला हिँड्छे । उसलाई कसैले केही शङ्का पनि गर्दैनन् । लीला अझै तपाईं हामी माझ हाँस्दै मुस्कुराउँदै हिँड्छे । 


Read More
POLITICS IN OUR COUNTRY
- Deepti Neupane - 23019, Grade ... 11 October, 2022

Politics is at the center in every country, and it depends on the country how it can progress with the help of its political activities. The politics of our country has many drawbacks. The politicians stick to the post and promise the voters to give them the services that they need as their basic needs. But after winning and getting their position, they just forget whatever they had shared with the voters and later deceive from their promise. So we all should be able to use our rights to vote for the one who is honest with his/her words.

Politics is a hugely important domain in the world and it has an impact on functioning government and the country.Politics has effect on all types of government including democratic, autocratic , theocratic and many more. Politics is part of the government. There are a lot of movies that describe politics and we people love to watch and we can get a lot of ideas about how the politics works and how they treat their voters and many more. So we can see that so many things are teaching us about how the government of the country is and how they bribe people for the post they want to be in.

Politics in our country is also similar to other countries but is not able to uplift the country. The tax and money they get from the government is not properly used because there is politics in that case too. If the government had used the tax in a proper way then our country would be on top today and we would not be called a poor country. We all must try to help our country uplift and make sure that we would have a better place to live. If politicians use their power for the betterment of the country then it would be very great and we would be able to have proper rules and regulations. Till now if there were very great politician in the country then we would be able to find out the rape cases or any kind of cases that are still not been able to solve.

Every country must have good politics for a good living standard and an amazing life. We would be able to make sure that not only other countries but our country can also have uplift and it would be maintained properly. 
 


Read More
WE MIGHT BE LIVING IN A MULTIVERSE.
- Aashutosh Shrestha - 23004, G ... 10 October, 2022

When you say multiverse, the first thing we think about is a parallel dimension. It is said that a parallel dimension is a hypothetical self-contained place of existence, co-existing with one’s own and the sum of all potential parallel dimensions that constitute reality is often called a multiverse. There is a possibility that parallel dimension does exist and there is nothing that can deny parallel dimension. If parallel dimensions exist, then there are many questions that can be asked. What is it parallel to? Is it parallel to the whole universe or is it parallel to only our planet or our solar system or galaxy? Next thing to think about is, if there are parallel dimensions then will that dimension be very identical to ours or exactly opposite than ours or exactly the same as ours? Can there be another person looking exactly like you in another dimension thinking like you, process like you. We never know. If there is another you in another dimension I would definitely want to talk to him but as the name says parallel dimensions are parallel to each other and will inter-cross each other or collide until external force or ways are applied whose example can be a wormhole. Wormhole is also a hypothetical thing which we don't know if it exists or not. Even though Einstein’s theory of general relativity predicts the existence of wormholes, none have been discovered yet. A negative mass of a wormhole might be spotted by the way its gravity affects light that passes by. So, not intentionally but unintentionally someone or something may trigger a wormhole and parallel dimensions may be connected which will establish inter-dimensional activities like unwillingly traveling to another dimension. That would be creepy. What if you are traveling through airlines and when you land you get to a place you have never heard of and no one knows about the place you came from and no one has ever heard of it. That would be creepy. Some years ago, the same kind of incident was showing up on the internet.

This incident happened during 1956 A.D in Tokyo airport, when everything was going normal, a man came with a very odd looking passport and the immigration officer noticed the passport. He checks his passport and everything seems legit except he says that he came from the country known as Taured. It seems that he has traveled to many countries before and has even come to Tokyo many times. But no one has ever heard of the country called Taured. The immigration officer was confused and called the head in charge. The head pulled out a map and asked the mysterious man to point out where his country is. The man pointed between Spain and France. But the country between France and Spain is known as Andorra. The man gets confused after hearing that and keeps saying that he is from Taured and pulls out a paper in which he claims was the details of the hotel he had reserved. But the hotel denied when asked about the reservation. The mysterious man also said he had a business meeting with a certain company. They again called the company to check and they also denied the business meeting. It was too much to process together for the mysterious man and everyone was confused. At last the man was detained in a nearby hotel and some guards were kept to avoid letting him escape if something like that happened. In the middle of night, everything was going well, the guards were guarding his room and eventually there was no sound coming out from the room. The guards became skeptical and went to check inside. The man disappeared.

He was nowhere to be found and there was no place to escape from. The guards checked for his belongings and documents. Everything was missing. The mysterious man disappeared into thin air without any clues. IT was like he came from another dimension willingly or unwillingly and he went back to his own or another one. No one knows. There are more accidents like that where some person acts weird. You can search it up on the internet. This can be what we can call traveling through parallel dimensions. Which can give us a hint about parallel dimensions. Though it is still not sure, in the near future there might be or it is already sure. But the information is not public yet. We never know.


Read More
Gender Equality: Assigned with Pink And Blue Color
- Yojana Gautam - 23068, Grade ... 13 September, 2022

Assigning color to gender is a “gift” of the twentieth-century. This practice came out in the forefront frequently in Europe and America. It also seems that the effect of color-coded gender differences (pink for women, blue for men) existed in opposite. In fact, this reversal of what we consider “normal” was considered conventional. In the early twentieth century the controversy of when and why pink and blue came into fashion to designate gender rages on. Almost every argument alluded to a paragraph within the novel Little Women, published in 1868: “Amy ties a pink bow and a blue bow on Meg’s twins Daisy and Demi, so people will know the difference between the girl and therefore the boy.” This is often said to wipe out the “French style,” suggesting that it would be possible in France that pink and blue were already gender-specific. However, there's evidence that this practice isn't always common or always done throughout Europe. In fact, within the nineteenth century, parents dressed infants in white dresses, suggesting that color and dresses were not accustomed to distinguish between girls and boys At one point, pink was considered more of a boy’s color, as a watered-down, bold, dramatic red, which could be a fierce color. Instead, blue was considered more for ladies. Probably this choice was littered with the very fact that blue, especially blueness, was related to Mary in Christian Theology. In fact, painters often mixed Lazuli into paints to depict what was considered the foremost sacred feminine Ico. The pink and blue tradition is recent and comparatively exclusive to the Western world, but the ladies ’ preference for the color pink seems to have deeper roots. In a very recent study,the researchers report a preference for blue color on a yellow–blue scale both in males and in females, but a girl's preference for red on a green–red scale. This sex difference, evealed by a rapid paired-comparison task, is powerful and cross-cultural .

These colors were first used as gender signifiers just before World War I (for either girls or boys), pink meant weak, shy girls who play with dolls and don’t deserve the maximum amount as boys. After we create a chart with pink and blue, we promote gender stereotypes. Blue stands for boys who must be strong and rough. One reason for the increased use of pink for ladies and blue for boys was the invention of recent chemical dyes, which meant that children's clothing may well be mass-produced and washed in plight without fading.

In the 20th century, the practice in Europe varied from country to country, with some assigning colors supported the baby's complexion, et al. assigning pink sometimes to boys and sometimes to women.We assumed that pink clothes would have a powerful impact, especially on men, because men are usually unacquainted pink-colored clothes. On the other hand, because the present study was the primary research examining the effect of gender-colored clothing, we conducted an exploratory investigation among male participants.


References: 

https://info.umkc.edu/womenc/2018/06/25/8369/

https://www.researchgate.net/publication/5673081_Pink_and_blue_The_color_of_gender

https://www.ilo.org/global/docs/WCMS_818264/lang--en/index.htm



 


Read More
शिक्षा र राजनीति
- Muskan Singh - 24023, Grade X ... 13 September, 2022

शिक्षा कुनै नयाँ कुरा सिक्ने र बुझ्ने  प्रक्रिया हो ।  त्यसैगरी राजनीति भनेको देश चलाउन आवश्यक पर्ने विशिष्ट नीति तथा सेवा हो । यी दुवै कुराले एउटा मानिसको जीवनमा गहकिलो प्रभाव परेको हुन्छ । तर के हामीले यी कुरा जान्न खोजेका  छौँ कि छैनौँ ? यिनीहरूले एक अर्कामाथि के प्रभाव पार्दै आएका छन् ? वास्तवमा भन्नुपर्दा यी दुवै कुरा एकाअर्काको परिपूरक हुन् । 
शिक्षा हरेक मान्छेको कर्तव्य र अधिकार दुवै हाे । हामीलाई शिक्षाले सही मार्गदर्शन गर्छ । जीवनमा केही  प्राप्त गर्नको लागि धेरै महत्त्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ । त्यसैगरी स्वच्छ राजनीतिले गर्दा हाम्रो देश तथा जनताको विकास हुन्छ । यदि राजनीतिमा खोट भयो भने त्यसले देश र जनतामाथि राम्राे प्रभाव पार्दैन । हाम्रो देश अहिले अल्पविकसित  देशहरूको सूचीमा छ । त्यसको प्रमुख कारण राजनीति र शिक्षा हो । देशका धेरैजसो दक्ष जनशक्ति बाहिरिएका छन् । साक्षरता स्तर र शिक्षित व्यक्तिकाे सङ्ख्या थोरै भएकाले सरकार र राजनीतिमा धेरै पढेलेखेका व्यक्तिहरू छैनन् । शक्ति, स्राेत र पहुँचका आधारमा सत्ता र सरकारमा पुगेर  देश विकासकाे गतिमा लम्किन सकेकाे छैन । 
शिक्षित व्यक्ति र अशिक्षित व्यक्तिले काम गर्ने तरिकामा धेरै फरक हुन्छ । यतिकै हामीले शिक्षालाई यति महत्त्व  दिएका छैनौँ । हाम्रो देशमा धेरै शिक्षित हामीहरूले कहिलेकाहीँ कसैले भनेकाे सुन्छाैँ " यो सरकार त केही काम लाग्ने छैन, जनतालाई लुट्न  मात्र आउछ।" तर हामीले यो कुरा बिर्सिन्छाैँ  कि ती  नेताहरूलाई राजनीतिमा जिताउने पनि हामी नै हाैँ ।  अहिलेको सन्दर्भमा हेर्दा पनि जनताले नेताहरूको झुटाे  कुराहरूमाथि विश्वास गरेर उनीहरूलाई जिताउने काम गरेका छन् । त्यही जनताहरू पछि गएर सरकारलाई दोष दिने गर्छन् ।  तर यदि जनता शिक्षित भएको भए के यस्तो परिस्थिति आउँथ्यो होला त ? अवश्य पनि आउने थिएन ।
राजनीतिले शिक्षामाथि धेरै प्रभाव पार्छ । उदाहरणको लागि हामी अमेरिका र नेपाललाई लिन सक्छौँ।  अमेरिकामा सरकारले हरेक व्यक्तिलाई  १२ कक्षासम्म निःशुल्क पढाउने गर्दछ । त्यहाँका सरकारी विद्यालयहरूमा निजी विद्यालयमाभन्दा अझै राम्रो तरिकाले पढाउने गरिन्छ।  यसले गर्दा जनताहरूले पढ्ने र अगाडि बढ्ने मौका पाउँछन् । त्यसै कारणले अमेरिका आज विश्वको विकसित देश भन्नेर चिनिन्छ । अर्कातिर हाम्रो परिस्थिति हेर्दा अहिले पनि धेरै मान्छेहरूले पढ्न पाएका छैनन् । सरकारी विद्यालयहरूमा व्यवस्थापन र दक्ष जनशक्तिले कमीले धेरै बालबालिकाहरू अहिले पनि अशिक्षित छन् ।  निजी विद्यालयमा सरकारीभन्दा धेरै राम्रो तरिकाले पढाउने गरिन्छ। तर पैसा धेरै तिर्नु परेकोले हाम्रो देशको बालबालिकाहरू अहिले पनि शिक्षाबाट बन्चित छन्। यसको मुख्य कारण राजनीति नै हो ।  यदि कुनै पनि पदमा उपयुक्त  व्यक्ति बसेको भए यस्तो हुँदैन थियो । यसरी राजनीति र शिक्षा एकअर्काका परिपुरक हुन्।  त्यसैले राजनीति र शिक्षा दुवैलाई उपयुक्त तरिकाले अगाडि लिएर बढ्नुपर्छ  ।


Read More
कहिले सकिएला ?
- Sonishma Basnet - 23059, Grad ... 12 September, 2022

छन् देवी स्वरूप नारी बसेका खुसी छर्दै
हरेक घर बस्तीमा
फक्रन नपाउँदै जीवन 
चुडिन्छ काेपिलामा ।

नर पिपासुको फन्दामा पर्दा 
पर्छ उसको जीवन अन्धकारमा
जनावरहरूले त्यसपछि पनि जलाउँछन्
जिउँदो शरीरमा आगो लगाएर ।

दानवको बास भगवान्को मुहारमा 
किन छोड्न सक्दैनन् ती  पापीहरूले 
१० वर्षे बालिका अनि विधवा पनि।  

धेरै भए पीडित निर्मला र भागीरथी जस्ता देशमा
हे सत्ताका कुर्सिमा भएका मानव हाे 
दोषी निकाल्ने कहिले हाे मेराे देशमा ।

खर्चिए धेरै आँखाका आँसु नारीहरूले
र पनि खाेजिएन दोषी र लिइएन बदला ती आँसुहरूको

कहिले पाउने होला न्याय कहिले होला 
आत्मा शान्ति निर्मलाको
कहिले सकिएला सत्ताको शक्ति
कहिले गाउने हाेला मैले मेराे राष्ट्रकाे भक्ति । 
 


Read More