Logo

Student Corner

सपना

Written by: Gaurishreya Shahi - 23053, Grade XII

Posted on: 14 October, 2022

अँधेरी रातमा एकान्त समय,
त्याे समयसँगै बगे मेरा भावना । 
बिहानी उसैकै लागि छुट्याउँछु,
राति सुत्नु अघि म कतै हराउँछु ।

एउटै मेराे कल्पना जीवनको यही, 
निराश हुनु नपरोस् कहिल्यै ।पूर्ण होस् आशा भन्ने कामना, 
जीवनको लक्ष्य यत्ती नै छ भावना ।

एउटा खुसीकाे समय मेरो पनि हुनेछ,
हरेक काममा फूल फुलेको हुनेछ।  
आफन्त र परिवारमा खुसी भर्नुछ 
आँसु मेटाई  दुःखपीर हटाउनु छ  ।

हरेक बिहानी खुसी लिएर आउनेछन्
मलाई मेराे काममा झस्काउने  छन् । 
आउने छ मैले खाेजेकाे समय
रमाउने छु म समयसँगै,
हराउने छु म समयसँगै ।