Logo

Student Corner

मानव जीवनमा खेलकुदको महत्त्व

Written by: Raj Dhakal - 24031, Grade XI

Posted on: 13 October, 2022

 मानिसको जीवनमा स्वाथ्यको ठुलो प्रभाव छ । मानिस स्वस्थ नभई बाँच्न सक्दैन । त्यसैले हरेक मानिसले आफ्नो स्वास्थ्यको ख्याल आफैँले गर्नुपर्छ ।  मानिसको स्वास्थ्यलाई स्वस्थ बनाउन दैनिक व्यायाम गर्नु आवश्यक छ ।  व्यायाम भनेको कुनै पनि यस्तो कुरा हो जसले मानिसको शरीरलाई स्वस्थ राख्न मद्दत गर्छ ।   
व्यायाममा  धेरै कुराहरू पर्छन् र त्यसकाे सबैभन्दा सजिलो र सबैले दैनिक जीवनमा अपनाई रहने एउटा प्रकार भनेको खेलकुद हो ।  खेलकुद भनेको हामी सबैले गर्ने व्यायाम हो ।  हामी सबैले खेलकुद त गरेकै हुन्छाैँ ।  संसारमा धेरै खेलहरू छन् र सबैको आफ्नै एउटा पहिचान छ । खेलकुदले हाम्रो शरीरमा राम्राे प्रभाव पार्दछ । खेलकुदले मानिसकाे स्वास्थ्यलाई पनि राम्रो बनाउँछ । जसले खेलकुदमा आफ्नो समय बढी बिताउँछ उसले आफ्ना शरीरका मांसपेशीहरू र आफ्ना हड्डीहरूलाई मजबुत बनाइरहेकाे हुन्छ । 
खेलकुद ससाना बालबालिकाहरूदेखि लिएर आफ्नाे उमेरअनुसार खेल्न सक्ने सबैका लागि शरीर स्वस्थ र स्फूर्तिलाे हुन्छ । बिहान बिहान १ घण्टा दौड्नुले नै शरीरका हड्डीहरू लचिलो हुन्छन् । यसले मानिसको शरीरको प्रतिरक्षा प्रणालीलाई  बढाउँद छ । शारीरिक खेलकुदले मानिसको शक्ति, आत्माबल र  सहनशीलतालाई  बढाउन मद्दत गर्छ ।  यसले सामाजिक कौशल र समाजमा साथीभाइहरूसँग मिलेर काम गर्ने क्षमताकाे पनि विकास गर्छ ।
ताजा हावा र घामले हामीलाई प्राकृतिक रूपमा भिटामिन डी प्रदान सक्छ। यसले हामीलाई उच्च रक्तचाप, काेलेस्ट्राेललाई बढ्न दिँदैन । यसका साथै खेलकुदले हामीलाई हाम्रो शरीरकाे तौल सन्तुलनमा राख्न र शरीरको बोसो घटाउन मद्दत गर्छ । यसले कार्डियो भास्कुलर रोग र केही क्यान्सरसहित विभिन्न रोगहरू लाग्नबाट बचाउँछ । मानसिक स्वास्थ्य अवस्था, तनाव र चिन्ता कम गर्न पनि मद्दत गर्दछ ।

खेलकुदका फाइदाहरू :-
हाम्रो स्मृति र मस्तिष्कमा सुधार ल्याउँछ । 
धेरै रोगहरूबाट बचाउँछ ।
वजन व्यवस्थापनमा सहयाेग गर्छ ।
चिन्ता र अवसाद को भावना कम गर्दछ।
क्यान्सरसँग सम्बन्धित थकानसँग लड्न सहयाेग गर्छ ।
मांसपेशी बलियाे र सन्तुलित गराउँछ ।
जीवन आयु बढाउँछ।

यसकारण खेलकुद मनाेरञ्जनका साथै मानिसकाे स्वास्थ्यसँग पनि जाेडिएकाले मानिसकाे जीवनमा खेलकुदकाे महत्त्व रहेकाे छ ।