Logo

Student Corner

कहिले सकिएला ?

Written by: Sonishma Basnet - 23059, Grade XII

Posted on: 12 September, 2022

छन् देवी स्वरूप नारी बसेका खुसी छर्दै
हरेक घर बस्तीमा
फक्रन नपाउँदै जीवन 
चुडिन्छ काेपिलामा ।

नर पिपासुको फन्दामा पर्दा 
पर्छ उसको जीवन अन्धकारमा
जनावरहरूले त्यसपछि पनि जलाउँछन्
जिउँदो शरीरमा आगो लगाएर ।

दानवको बास भगवान्को मुहारमा 
किन छोड्न सक्दैनन् ती  पापीहरूले 
१० वर्षे बालिका अनि विधवा पनि।  

धेरै भए पीडित निर्मला र भागीरथी जस्ता देशमा
हे सत्ताका कुर्सिमा भएका मानव हाे 
दोषी निकाल्ने कहिले हाे मेराे देशमा ।

खर्चिए धेरै आँखाका आँसु नारीहरूले
र पनि खाेजिएन दोषी र लिइएन बदला ती आँसुहरूको

कहिले पाउने होला न्याय कहिले होला 
आत्मा शान्ति निर्मलाको
कहिले सकिएला सत्ताको शक्ति
कहिले गाउने हाेला मैले मेराे राष्ट्रकाे भक्ति ।