नेपाल पर्यटनकाे राम्राे सम्भावना बाेकेकाे देश हाे । कुनै पनि देशले आर्थिक रूपमा छिटाे विकास गर्न चाहन्छ भने त्यसले पर्यटनको महत्त्व बुझेर पर्यटकका लागि चाहिने सबै पूर्वाधारकाे विकासमा लाग्नुपर्छ । नेपालमा सन् १९६० को दशक अगाडि पर्यटन उद्योग वा व्यवसायबाट हुने आम्दानीलाई त्यति महत्त्व दिइएको थिएन । त्यसपछि प्रायः सबैजसो देशहरूले यसलाई वैदेशिक मुद्रा आर्जन गर्ने मुख्य माध्यम ठाने, र अन्तर्राष्ट्रिय पर्यटन गतिविधि तीव्र रूपमा अगाडि बढ्यो । तब यसले आन्तरिक विकास, देशको उत्पादन, प्रतिव्यक्ति आय, राष्ट्रिय आय बढाउनुका साथै ठुला तथा घरेलु उद्योग र उत्पादनमा वृद्धि गराउन थाल्याे । पर्यटककाे वृद्धिसँगै बेरोजगारी समस्या कम हुने र प्रत्यक्ष ररूपमा आर्थिक क्रियाकलापहरूमासमेत यसले प्रभाव पार्न थाल्याे । त्यसपछि पर्यटन क्षेत्रकाे महत्त्व बढ्दै जान पनि थाल्याे ।
खास गरी पर्यटन व्यवसायबाट नेपालजस्ता देशहरूले भरपुर फाइदा लिन सक्छन् । पर्यटन क्षेत्रले नेपालकाे राष्ट्रिय आम्दानीमा वृद्धि भइरहेको छ । हाम्रो देश नेपाल सुन्दरताकाे खानी हाे । हाम्राे देशलाई प्रकृतिले धेरै कुरा दिएकाे छ । विश्वका हिमालहरूमध्ये धेरै अग्ला हिमालहरू नेपालमै रहेका छन् । यी हिमालले नेपालकाे सुन्दरता बढाउने काम गरेका छन् । यस्तै यहाँका हरिया वनजङ्गल र सुन्दर पहाडले पर्यटककाे मन लाेभ्याएका छन् । नेपालका विभिन्न ताल खाेलानाला झरना आदि हेर्नका लागि बर्सेनि विभिन्न स्वदेशी तथा विदेशी पर्यटककाे भिड लाग्ने गर्छ । त्यसैले नेपाल पर्यटनकाे राम्राे सम्भावना बाेकेकाे मुलुक हाे ।
नेपालका विभिन्न कला संस्कृति र रहनसहनले पनि पर्यटककाे मन तान्छ र उनीहरूकाे राेजाइमा नेपाल सुन्दर र घुम्नलायक ठाउँ हाे । हाम्रा प्राकृतिक सौन्दर्यले पर्यटकहरूका लागि प्रमुख आकर्षणको रूपमा काम गर्न सक्छन् । पर्यटकहरू एक प्रकारका प्रमुख आर्थिक गतिविधि हुन् । यसले राज्यको राजस्व, उत्पादन र अर्थतन्त्र बढाउने पर्यटन आयआर्जनकाे राम्राे स्राेत हाे । पर्यटन उद्योग नेपालको सबैभन्द ठुलो उद्योग हाे भन्न सकिन्छ । पर्यटकीय पूर्वाधारको विकास गरी पर्यटकीय गन्तव्य, बस्ने ठाउँको विकास र पुराना ठाँउहरूको मर्मत गरी पर्यटनलाई व्यवसायकाे रूपमा विस्तार गर्नु सबै नागरिककाे कर्तव्य हाे ।
Genre: Comedy, Adventerature, Animation
Writer: Tim Federle (American author), Brad Copeland (American television writer) Robert L. Baird (screenplay writer).
Director: Carlos Saldanha
This movie is about a very big hearted and flower loving bull calf named Ferdinand who escapes from a Spanish bull-training camp. He finds Nina's Idyllic and fragrant farm. There he gets adopted by a family’s daughter, Nina and her father. Ferdinand grows up as a kind giant bull. Unfortunately, due to golden busy bees he gets sent back to “The old Casa del Toro Academy”, where the famous Matador, El Primero, usually selects his worthy bovine opponents for the arena. Ferdinand didn't want to end up like his dad; he wanted to be free and live. So he decided to leave the bull training center. Before leaving, he again thought about his childhood friends who are still there. So he decided to make a team of Guapo, Paco, Una, Bones, Moreno, Valentín and all of his childhood friends. They successfully escape that cruel training center. The process of escaping from the Spanish bull training is so comedic and fun to watch that I couldn't stop laughing.
But while escaping, they were being chased by the trainers of the bull training center. Ferdinand risked his life to save his friends. He got caught and was again brought back to the training center. He was chosen as the bull for the bullfighting show. Ferdinand should now fight El Primero, one of the greatest bullfighters in Spain. He was taken to the fighting ground where Primerio started attacking harshly but Ferdinand didn't want to harm Primerio so he just played with him and made fun of him. The way Ferdinand fought made the audience burst into laughter. Whereas, his friends were worried about Ferdinand so they came to save him. With his friends, Nina and his father were also there to save Ferdinand. The fight ended with the floral rain by the audience because of the love the bull had for humans. At the end of the movie Ferdinand returns to his family and his friends. They live freely and happily in Nina's idyllic and fragrant farm.
This movie talks to us about family love and affection. Though this movie is fictional, yet, it indicates that every being has their right to live a free and happy life. I would definitely recommend this movie to parents with children; it is a very entertaining movie with different significant lessons.
Reference:
in.bookmyshow.com/ahmedabad/movies/ferdinand/ET00064155
सानाे बालक हुँदा आमाको काखमा सुत्ने म
आज एक्लै, एक्लो सुनसान कोठामा सुत्दै छु
सपना साकार पार्न भनी सहर छिरेकाे म
आज यही अपरिचित सहरमा हराउँदै छु।।
पैसा कमाउन सहर आएको थिएँ
सबै आफ्ना हुन्छन भन्ने सोचेको थिएँ ।
सोच त के के थियो कमाउने, रमाउने,
तर आज यो सहरकाे जिन्दगीले,
नयाँ पाठ सिकायाे धेरै आँसु बिकायाे ।
पैसा नै सबथाेक होइन भनी उपदेश दिने म
आज त्यसकै खाेजीमा भाैतारिरहेछु ।
खुसी नै ठुलो हो, भनेर सोच्ने म
यो सहरमा सबै खुसी गुमाउँदै
अतीतलाई पर्खिरहेछु र सम्झीरहेछु ।
हिजो जस्तो लाग्छ त्यो माटो छाडेको
थाक्दाथाक्दै नापेर त्याे बाटाे छाडेकाे
सपनाको जग बुन्न जन्मभूमि त्यागेको
केही पैसा कमाउन र जिन्दगी चलाउन
सहर छिरेको आज धेरै वर्ष भएछ ।
समयले मलाई धकेलेछ
बगरकाे किनारामा म जिन्दगीसँग लामाे सास फेर्दै छु ।
And there I lay, awoke, but not yet into the
Mystical land of sleep, pondering:
All the places I’ve wandered,
All the things that I’ve desired;
But not a single achievement in my hands…
This is an art: an art of fooling that I have acquired-
My figure lies there, awoke, but awkwardly it stands.
So dumbed down, that nothing ever makes me numb,
And there I lay, watching myself in the mirror:
Is this who I am? Is this who I’ve become?
I classify myself as mighty yet puny for some.
Oh what a wonderful world it is!
Slips and slopes, with twists and curls:
But, shall I ever get to experience my laughter back?
I see roses bloom, in the magical garden of pearl,
But nothing seems right, everything, so grim and black.
And there I lay, completing life almost-
Life itself is nothing in its entirety:
Perplexed in its complexity, letting it inspire me,
There I lay, staring into the abyss.
The abyss that is me…
आज धेरै दिनपछि म आफ्नो बगैँचामा गएकी थिएँ । मैले मेरी दिदीले फूल रोप्दै गरेको देखेँ । उहाँलाई सोधेँ, “फूल रोप्दा किन रमाइलो लाग्छ” ? उहाँले मलाई भन्नुभयो, “फूल रोप्दा धेरै रमाइलो हुन्छ र जताततै राम्रो र सफा पनि देखिन्छ” । मेरी दिदीले मात्र नभई मेरी हजुर्मुवालाईसमेत फूलहरू सारै मनपर्ने रहेछ ।
मेरो घरमा रहेका सबै फूलहरू मेरी दिदी र हजुर्मुवाले रोप्नु भएको छ भने बाँकी सबै फूलहरू मेरो काकाले रोप्नु भएको छ । मेरो घरमा सबै जनाले फूल मन पराउनुहुन्छ । मेरो घरमा धेरै प्रकारका फूलहरू छन् जस्तै : गुलाब, लिली, हंग्सराज, रोज पंज रातो, गुलाफी आदि । मेरो घरमा फूलसँगै धेरै प्रकारका फलहरू पनि छन् जस्तै : अमला, आँप , नासपाती , अम्बा आदि । घरमा बसेका सबै परिवारहरू मिलेर काम गर्याैँ भने जुन काम पनि रमाइलो लाग्छ भनेर मेरो हजुर्मुवाले मलाई भन्नुभयो । मैले पनि हजुर्मुवाको कुरा सुनेँ र मेरी दिदीले गरिरहेकाे देखेपछि म पनि रमाउँदै उहाँलाई मद्दत गर्न गएँ । फूल रोपेर आफ्नो बगैँचा सबै जना मिलेर सफा गर्याैँ । मेरो घरमा आजकाल सबै जनाले फूलहरू धेरै नै मनपर्ने भएकाले सबै जना आजकल मिलेर फूल रोप्ने पनि गर्नुहुन्छ । जब हामी सबै जनासँग समय हुन्छ । हामी सबै जना गएर सफा गर्न थाल्छाैँ । फूलकाे बगैँचामा भएका झारहरू पनि हामीले सफा गर्याैँ । पहिले त म काम गर्न एकदमै अल्छी थिएँ तर जब आफूले रोपेका फूलहरू ठुला भएर फूलेको देखेँ त्यसपछि मलाई अलि धेरै त्यस्तो कुरामा जाँगर चल्न थाल्याे । मेरो जाँगर चलेकाे देखेर हजुरआमा सारै खुसी हुनुभयो र मलाई अझ धेरै काम गर्ने हाैसला मिल्याे ।
मेरी हजुरआमाले मलाई फूल जस्तो सुन्दर कुरा केही पनि लाग्दैन भन्नुभयाे । फूलबाट त हामीले धेरै प्रकारका कुराहरू बनाउन सक्ने रहेछाैँ । फूलबाट धेरै प्रकारका साैन्दर्य सामग्रीहरू उत्पादन पनि हुने रहेछन् । जस्तैः लिपिस्टिक, राेजवाटर आदि । कपालमा लगाउने सामाग्रीहरू पनि फूलबाट बन्ने रहेछ । कतै कुनै पार्टी विवाह भाेजभतेर आदि ठाउँमा जाँदा हामीलाई सजिएर जान मन लाग्छ । यस्ता सजिएर जाने विविध सामग्री पनि फूलबाट नै बन्दाे रहेछ । दसैँ तिहारजस्ता विभिन्न चाडबाडमा पनि फूलको धेरै माग हुने गर्छ । मन्दिर जाँदा भगवान्लाई चढाउन पनि फूल नै चाहिन्छ । माैरीले पनि फूलकाे रसबाट मह बनाउँछ र फूलमै रमाउँछ । फूल भनेकाे यस्ताे सुन्दर हुन्छ, जसले मानिसमा प्रेमकाे भावना जगाउँछ । कहीँ कतै घुम्न जाँदा फूल देखेर नलाेभिने मानिस पनि सायद दुनियामा कमै हाेलान् ।
राज्य वा देश सञ्चालनकाे नीति वा नियम नै राजनीति हाे । राजनीतिकाे प्रभाव हरेक देशमा पर्ने गर्छ । सही र असल राजनीति नै देशविकासकाे मुख्य आधार हाे । नेपालमा पनि राजनीतिको ठुलै प्रभाव परेको छ । हामीले राजनीति देशमा मात्र नभई धेरै ठाउँमा, परिवारमा, काम गर्ने ठाउँमा जहाँ पनि देख्न सक्छाैँ । यदी हाम्रो देशमा राम्रो राजनीति भएको भए अहिलेसम्म हाम्रो देश विकसित देशहरूकाे सूचीमा आउँथ्याे हाेला । हामी नागरिकहरूले पनि सबै दाेष देशको राजनीतिलाई नै दिन्छाैँ । तर दोष देशको राजनीतिकाे मात्र हैन, दाेष नागरिककाे पनि हुन जान्छ । त्यसैले प्रतिनिधि चयन गर्दा असल, इमानदार, देश विकास गर्न सक्षम, शिक्षित प्रतिनिधि छान्नुपर्छ ।
नेपालकाे सन्दर्भमा, राजनीति हामीले काम गर्ने ठाउँमा पनि कसरी देख्न सक्छौँ भने आफ्नो नातेदार वा जजिककाे मानिसकाे राम्राे ठाउँमा बढुवा सरूवा हुने तर उस्तै मेहनत गर्दा आफ्नाे मानिस नभए उनीहरूको बढुवा नहुने, पनि एउटा खालको राजनीति नै हो । हामीले धेरै मानिसहरूको गुनासो सुन्न सक्छौँ यस विषयमा र हामीहरूले आफ्नो देशको पनि राजनीतिको गुनासो सुनिरहेका हुन्छौँ । राजनीति भन्ने शब्द सुन्दा, हामी सरकार, राजनीतिज्ञ र राजनीतिक दलहरूको बारेमा सोच्दछौँ । कुनै पनि देशमा व्यवस्थित सरकार हुन र विशेष दिशानिर्देशअनुसार काम गर्नको लागि निश्चित कानुन हुन्छ । तर यहाँ कानुनभन्दा पहिले राजनीति हावी हुन्छ । प्रत्येक देश, समूह र सङ्गठनले आफ्नो घटना, सम्भावना र थप कुराहरू व्यवस्थित गर्न राजनीतिक गरेका हुन्छन्, न कि आफ्नाे स्वार्थ पूरा गर्न ।
राजनीति भन्ने कुरा सत्तामा बस्नेहरूमा मात्र सीमित छैन । उही शक्ति प्राप्तिको लागि दौडमा रहेकाहरूको बारेमा पनि उत्तिकै राजनीति छ । राजनीतिक बहसका क्रममा विपक्षी दलका उम्मेदवारहरूले सत्तापक्षमाथि प्रश्न उठाउँछन् । उनीहरू जनतालाई जानकारी गराउने र उनीहरूको एजेन्डा र वर्तमान सरकारले के गरिरहेको छ भन्नेबारे सचेत गराउन चाहन्छन् ।
नेपालकाे सन्दर्भमा हेर्ने हाे भने अधिकांश राजनीतिज्ञ भ्रष्ट छन् । उनीहरूले आफ्नो पद र शक्तिको दुरूपयोग गरी निहित स्वार्थमा लागेकाे पाइन्छ । हामी मन्त्रीहरू र तिनीहरूका परिवारहरू घोटाला र गैरकानुनी काममा संलग्न भएका समाचारहरू पढ्छाैँ र सुन्छाैँ । तर, उनीहरूसँग भएको शक्तिका कारण उनीहरू कानुनी दायराबाट टाढै रहन्छन् । उनीहरू सजिलै उम्किन सफल हुन्छन् । त्यसैले उनीहरू कुनै पनि अपराधबाट भाग्छन् । कुनै पनि राजनीतिक दल सत्तामा आउनुअघि जनतासँग धेरै वाचा गर्छ । उनीहरूले आफ्ना सबै प्रतिज्ञाहरू पूरा हुनेछन् भन्ने सोचेर सर्वसाधारणलाई प्रभावमा पार्छन् । तर, सत्ता प्राप्त हुनेबित्तिकै जनतासँग गरेका वाचा सबै बिर्सिन्छन् । तिनीहरू आफ्नो स्वार्थको लागि काम गर्छन् ।
यसै गरी हरेक चुनावमा नेता जनतालाई मूर्ख बनाउँछन् । यी सबैमा झुट बोल्ने र भ्रष्ट राजनीतिज्ञको हातबाट आम जनता मात्र पीडित छन् । धेरैजसाे देशहरूमा राजनीतिक दलहरूले धेरै राम्रोसँग भ्रष्टचार नगरी काम गर्दा देश धेरै अगाडि बढिसकेकाे छ । हामीले पनि ती देशहरूबाट धेरै कुराहरू सिक्न सक्छौँ र आफ्नो देशलाई पनि आगाडि बढाउन सक्छाैँ । राजनीति नै सम्पूर्ण नीतिहरूकाे मियाे भएकाे हुनाले सक्षम, सबल र असल, समाजसेवाकाे राजनीतिले नै देशकाे मुहार फेर्न सक्छ ।
It was the very first time for me being at some fest; I had never been to one before. We prepared for this event, days before the final day. All the seniors and teachers were working hard for the fest to be perfect and it was indeed a perfect and successful one. Most of the students were given a particular task to do; and I was one of them too. My friends and I stayed after school the day before the fest, helping seniors to decorate the school. We had to come early the next day; I was a little late and when I arrived, everyone was working, helping each other; students and teachers all together. We decorated the stalls and kept balloons, and they looked very pretty. We also kept stalls for food and games; we just had to wait for our props to arrive which did not take much time to arrive and everyone was soon busy in their respective stalls. My friend and I were assigned in one of the many stalls: Hit The Canvas, which in my opinion was one of the hardest games to play and win prizes.
The fest started with people singing and welcoming people. Soon the whole school was crowded with people. There were people playing in different stalls. People came to our stall too but sadly very few could win the prizes, which were keyrings and bubbles. Seniors and juniors danced which I was looking forward to and it was very fun to cheer for them. From my grade too, one of my friends danced which we all were very excited about. We all cheered for him and it was truly a very fun time with all of my friends. People sang too which was magical and very beautiful to listen to. My brother and my sister also came for the fest. They walked around, played games, ate momos and panipuri. They were enjoying it and said that it was fun being there. Around 3 in the afternoon, we closed the stalls and went to eat. The crowd was increasing in the momo and panipuri stalls. It was hard getting food but it was fun being in line making new friends and talking to them. We bought tickets for bingo which was 100 rupees per person. When we had already finished eating, it was time for us to go for the bingo. Me and my friends all had our respective bingo tickets and the game started. We had a cash prize too for the winner and we were very determined to win. One by one people won the prizes; I was expecting to win at least one of the categories as it was divided into 5 of them and alas! I won none of them which was very sad but I was very close to winning though. Nevertheless, we all had a lot of fun being around there with friends, parents and teachers. I had a great time spending and bonding with my seniors: singing, dancing and enjoying the moment. It was tiring but I had a great time and it was so worth coming and enjoying the fest: I hope every year we get to enjoy such events…
I lay on the sofa gazing from my window-
Resting my head on a pillow,
Hearing the sweet and swift breeze-
With the rustling leaves on the trees.
Here comes the pair of sparrows, chirping-
And I spot a cat lurking,
The foolish cat jumped in,
Only to return with nothin’-
The cool air was relaxing,
It seemed everything outside was dancing-
The quiet time faded with crows cawing-
From the window, I saw a monkey gnawing.
Annoyed, I tried to shoo the monkey,
With a stony piece that was chunky,
Soon the monkey returned-
And with the monkey, the quiet afternoon too returned…
मेरो देश नेपाल दुई ठुला छिमेकी देश भारत र चीनको बिचमा अवस्थित छ । भाैगाेलिक रूपमा सानाे भए पनि दुवै छिमेकी देशहरूसँग सुमधुर सम्बन्ध बनाउँदै विकासकाे गतिमा अघि लम्किरहेकाे छ मेराे देश । नेपाल विभिन्न जातजाति र संस्कृतिको देश हो । अर्को शब्दमा भन्नुपर्दा, यो विभिन्न जातजाति र पृष्ठभूमिका मानिसहरूकाे फूलको सुन्दर बगैँचा जस्तै हो ।
नेपालमा करिब १२६ भाषाभाषीहरू छन् । जसको आफ्नै समृद्ध इतिहास र संस्कृति छ । हाम्रो देश भौगोलिक साँस्कृतिक र प्राकृतिक धार्मिक हिसाबले पनि निकै धनी हाे । समुन्द्री सतहबाट केवल ७० मिटरको तल्लो बिन्दुदेखि विश्वको सर्वोच्च शिखर सगरमाथा (८८४८.८६ मिटर) सम्म, हामीसँग ठाउँअनुसार फरक-फरक तापक्रम छ । फरक फरक हावापानी छ । यसलाई आफ्नो उचाइ र भौगोलिक भिन्नताका आधारमा तराई, पहाडी र हिमालय गरी तीन क्षेत्रमा विभाजन गरिएको छ भने राजनैतिक विभाजनका आधारमा ७ प्रदेशमा विभाजन गरिएकाे छ ।
हिमाली क्षेत्रहरूमा उच्च हिमालहरू छन् जुन हेर्नको लागि आनन्द दिने र मनै लाेभ्याउने छन् । विश्वका शीर्ष १० अग्ला चुचुराहरूमध्ये, ८ ओटा नेपालमा पर्छन् । यस्तो देशकाे नागरिक हुन पाउँदा मलाई गर्व लाग्छ । नेपालमा रहेका विविध वनस्पति, जीवजन्तु, सुन्दर दृश्य, हरियाली, ऐतिहासिक तथा धार्मिक स्थलहरूले विदेशी तथा स्वदेशीहरूकाे मन लाेभ्याएका छन् । संसारभरका मानिसहरूले हाम्रो देशको हिउँले ढाकिएका हिमालहरू, नदीहरू, चट्टानहरू, झरनाहरू, तथा सुन्दर दृश्यहरू, समृद्ध वनस्पति र जीवजन्तुहरू, ठुला धार्मिक र ऐतिहासिक महत्त्वका चिज हेर्नका लागि हजारौँ डलर खर्च गरी नेपाल आउँछन् र आनन्द लिन्छन् ।
नेपाललाई कृषि प्रधान देश भनेर पनि चिनिन्छ जहाँ यहाँका मानिसकाे मुख्य आम्दानीकाे स्राेत भनेकाे कृषि हाे । धेरैजसाे नेपालीहरू कृषिलाई आफ्नो मुख्य पेसा मान्छन् । हाम्रो देशको पनि ऐतिहासिक महत्त्व छ । विश्वभर प्रचलित बुद्ध धर्मका संस्थापक तथा प्रचारक गौतम बुद्धको जन्म पनि नेपालमा भएको हो । बुद्ध शान्ति र अहिंसाका प्रतीक हुन् । हाम्रा पूर्खाले देखाएकाे वीरताले गर्दा हामी विश्वमाझ वीर नेपाली भनेर पनि परिचित छाैँ । विश्वभर साम्राज्य फैलाउने अङ्ग्रेजले नेपालमा आँखा मात्र लगायाे । शासन गर्न सकेन । वीर पूर्खाहरू लामो सङ्घर्षपछि एकजुट भएर आफ्नो देशको रक्षाका लागि लडे । त्यसैले नेपालीहरूकाे साहस र वीरता विश्वभर नै परिचित छ । वीर गोर्खालीहरू विश्वयुद्धमा लड्न गई र विभिन्न पदकहरू जिते । यसले हाम्रो देशलाई धेरै सम्मान दिनुका साथै नेपालीहरूकाे वीरता विश्वभर चर्चाकाे विषय बन्न सफल भयाे।
प्रत्येक जातिकाे आफ्नै संस्कृति हुन्छ । संस्कृतिसँग सम्बन्धित कुराहरू साँस्कृतिक हुन्छन् । हिमचुचुरा, बेँसी, पहाड, उपत्यका र समथर तराई भूभागमा बेग्लै खेतीपाती, रहनसहन, भाषाभाषी, चाडबाड, खानपानजस्ता सांस्कृतिक विविधता कुनै पनि राष्ट्रका सम्पदा हुन् । यी संस्कृति व्यक्ति र समुदायको नेपालकाे पहिचान बनेर रहेको छ । देशमा बोलिने सबै भाषा र मनाइने संस्कृति नेपाली संस्कृतिका रूपमा स्थापित छन् । यी संस्कृति, भाषाभाषी सङ्गीत तथा कलासाहित्य हाम्रा अमूल्य सम्पत्ति हुन् । ऐतिहासिककालदेखि रही आएका धार्मिक पहिचान हाम्रा अनुकरणीय सम्पदा हुन् । आधुनिकता, पश्चिमी सभ्यताको प्रकोप, सूचना सञ्चार प्रविधिको विकास र परम्परागत सभ्यता र पेसाप्रतिको प्रतिकाे आकर्षणले हाम्राे सांस्कृतिक संरक्षण र संवर्द्धन अहिले हाम्रा लागि चुनौती बनेको छ । प्रत्येक सामाजिक समूहको आफ्नो पहिचान र व्यक्तित्व हुन्छ । आफ्नै रहनसहन, खानपान, संस्कृति, भाषा, साहित्य र भौगोलिक क्षेत्रसमेत हुन्छ । मानिस आफ्नो संस्कृतिबाट भिन्न वा अलग भएर रहन सक्दैन । विदेशमा पुगेका नेपाली, नेपाली संस्कृति मिलेर मनाउने र रमाउने गर्छन् । एक आपसमा खुसी साटासाट गर्छन् । यसैले भन्न सकिन्छ संस्कृति मानवीय सभ्यताको परिचय हो र मानिस बाँच्ने आधार पनि हो । बहुसांस्कृतिक समाजमा सबै संस्कृतिका लागि समानताको आधारमा संरक्षण र विकासको अवसर प्राप्त हुने गरी सामाजिक र सांस्कृतिक समानताका कुराहरूसमेत समावेश हुन्छन् ।
प्रत्येक जातिकाे संस्कृति आफ्नो संस्कृतिको विकास गर्न सर्वोच्च हुन्छ । अर्थात, आफ्नो संस्कृतिको विषयमा निर्णय लिने सार्वभौम अधिकार सम्बन्धित व्यक्ति र समुदायलाई मात्र हुन्छ । नेपालमा जैविक विविधता जति छ त्यति नै सामाजिक र सांस्कृतिक विविधता छ । हिमालदेखि तराईसम्मको भौगोलिकता भएको कारणले यहाँ चिसो मौसमदेखि तातो मौसमसम्मको विविध पर्यावरण भेटिन्छ । साथै समाजमा रहेका सांस्कृतिक कुसंस्कार परिवर्तनका लागि सरकार, समाज र नागरिकहरूले सांस्कृतिक सुधारमा जोड दिनुपर्छ । आज विश्वभर सांस्कृतिक पहिचान र मौलिकताको खोजी भइरहेको छ । राष्ट्र, राष्ट्रियता र संस्कृति देशका देशका महत्त्वपूर्ण सम्पत्ति हुन् ।
प्रत्येक व्यक्ति तथा समुदायलाई आफ्नो संस्कृतिको संरक्षण, विकास गर्ने व्यक्ति र समूह अधिकार सुरक्षित हुनुपर्छ । आफ्नो संस्कृति मात्रै ठिक र अरूको संस्कृति बेठिक भन्ने साेचाइ हटाउनुपर्छ । संकृति नै देश र जातिकाे मूल पहिचान र परिचय हाे भन्ने कुरा सम्झनुपर्छ ।
I wandered as a wanderer,
Wanting to explore the unexplored-
Amazed by the picturesque view, I started to ponder,
“Has anyone ever thought about this road?”
Deep into my imagination, I lost my track,
Chirps and sounds of waves were all that I heard-
Came to a point where I couldn’t even lift a sack,
But then, I had to select a path out of the two; the moment, I feared.
Both roads were taken by few, blessed or cursed:
I tried to figure out which one for me was the safest zone-
Having faith upon him, I walked the first,
Later, I realized that it was never the chosen one.
Scared to walk forward, I turned around-
Went straight to that place where the decision was made-
My mind was eager to take the second road, but my heart, frowned;
Said that it wanted all the memories to fade…
फुटबल संसारभर धेरैको मानिसकाे प्यारो खेल र प्रसिद्ध खेल हाे । फुटबलमा हामीले राम्राभन्दा राम्रा खेलाडी देखेका छौँ । जसले हामीलाई यो खेल मन पराउने बाध्य पारेका छन् । फुटबलकाे सबैभन्दा धेरै चर्चा भने विश्वकपकाे समयमा हुने गर्छ । ४ / ४ वर्षमा एक हुने यो खेलकाे समयमा विश्वभर अनगिन्ती जर्सिहरू बिक्छन् । ती जर्सीहरूले अनेक राष्ट्रलाई सम्मान दिन्छन् । हामीले आफ्नो मनपर्ने खेलाडी अथवा मन पर्ने देशकाे जर्सी लगाउँछौँ । हाम्रो देश नेपालले अहिलेसम्म विश्वकपमा भाग लिन पाएकाे छैन ।
विश्वकप पहिलो पटक सन् १९३० मा उरुग्वेमा स्थापना भएको थियो । त्यो खेलको विजेता पनि उरुग्वे नै भएकाे थियो । सन् १९३४ र सन् १९३८ विश्वकपकाे विजेता इटाली थियाे । त्यो समयमा फुटबलको अहिले जति सम्मान र इज्जत थिएन । दोस्रो विश्वयुद्धको कारण सन् १९३८ देखि १९४९ सम्म विश्वकप हुन सकेकाे थिएन । त्यही समयबिच सन् १९४० मा एड्सन अरान्ते दो नासिमेन्ताेकाे ब्राजिलमा उदय भयाे । सन् १९५० मा ब्राजिलमा विश्वकप भयो । ब्राजिल फाइनलसम्म पुगे पनि उरुग्वेले २-१ अङ्कका साथ ब्राजिलाई हरायाे । ब्राजिलियनहरूको आँखामा आँसु थियो । सन् १९५८ को विश्वकपमा एड्सन अरान्ते दो नासिमेन्ताेले मात्र १७ को उमेरमा विश्वकप खेले । उनकाे सेमी-फाइनलकाे गोलले सबै खुसी भए । ब्राजिलमा अरू पनि राम्रा खेलाडीहरू थिए । ती मध्ये डिको एक थिए । फाइनल खेल स्विडेनसँग थियो । सबैलाइ अचम्म पार्ने गरी डिकोले ह्याट्रिक गरे । अहिलेसम्म १७ वर्षको उमेरमा कसैले विश्वकपमा ह्याट्रिक हान्न सकेको छैन । ब्राजिलले पहिलो पटक विश्वकप जित्याे र डिको खेलको सबैभन्दा उत्कृष्ट खेलाडी ठहरिए ।
यस खेलपछि उनी पेले नामबाट चिनिन थाले । त्यसै गरी ब्राजिलले सन् १९६२ र १९७० मा पनि विश्वकप जित्याे र सन् १९७० काे विश्वकपमा पेलेकाे खेलकाे सबैभन्दा राम्रो खेलाडी ठहरिए । सन् १९७४ मा फ्रान्ज बकेंबर र जोहन क्रुफजस्ता नाम चलेका खेलाडीहरूले विश्वकप खेले र ट्रफी हात पारे । जर्मन सन् १९८६ को विश्वकप अविस्मरणीय खेल भने अर्जेन्टिना र इङ्ल्यान्डबिचको क्वार्टर फाइनल खेल थियाे । त्यो खेलमा म्याराडाेनाले हातले गोल गरेर अर्जेन्टिना खेलकाे विजेता भयाे । रेफ्रीले हाते गाेल देखेनन् । म्याराडाेना खेलकाे उत्कृष्ट खेलाडी भए । त्यो गोल लै ‘ह्याण्ड अफ गोल’ नामले चिनिन्छ । सन् १९९४ को विश्वकपमा कार्लोस, रोमारियो, काफु जस्ता खेलाडीहरू थिए । जसले गर्दा ब्राजिल चौथो पटक विश्वकप जित्न सफल भयाे । १७ वर्षका रोनाल्डो नजरियो पनि खेलमा सहभागी भए पनि खेल्न पाएनन् । सन् १९९८ को विश्वकपसम्म त्यो समयको सबैभन्दा राम्रो खेलाडी फ्रान्सको जिनेदिन जिदान र ब्राजिलको रोनाल्डो नजारियोलाई मानिन्थ्यो । सन् १९९८ को फाइनल खेलमा जिदान र रोनाल्डोको बारेमा संसारभर चर्चा भएकाे थियाे । अन्त्यमा फ्रान्सले ट्रफी लाग्याे ।
यसै गरी सन् २००२ को विश्वकप पनि अविस्मरणीय रहेको छ । जापान र साउथ कोरियाले आयाेजना गरेको यो खेलमा रोनल्डिन्यो, रिवाल्दो, रोनाल्डो भएको शक्तिशाली ब्राजिल समूह र रोनाल्डोको ८ गोलका साथ गोल्डेन बुटको निकै चर्चा भएकाे थियाे । स्पेनसँगको क्वार्टर फाइनल खेलमा पनि २ गोल रेफ्रीले मानेन र पेनाल्टीमा स्पेनको हार भयो । तर जर्मनी सेमी फाइनलमा साउथ कोरियालाई हराउन सफल भयाे । सबैले रेफ्रीलाई गलत माने किनभने कोरियाले स्पेन र इटाली जस्ता देशहरूलाई हराउन असम्भव जस्तो लागेको थियो ।
सन् २००६ को विश्वकपमा जिदानको रिस चर्चाकाे विषय बन्याे । फाइनलमा फ्रान्स र इटालीको गोल १-१ थियो । मतेरज्ज़ी नामका खेलाडीलाई जिदानले हेडबट गरे र उनले सिधै रेड कार्ड खाए । जिदान फ्रान्सको कप्तान र एउटा राम्रो खेलाडी पनि थिए । मानिन्छ कि मतेर्ज्जीले जिदानलाई गालीहरू दिएको थियो। जिदानले आफ्नो रिश न निकालेको भए फ्रान्सले त्यो विश्वकप जित्न सक्थ्यो। साे खेल इटलिले जित्याे । सन् २०१० को विजेता स्पेन हो । सन् २०१० मा स्पेनमा सबैभन्दा राम्रो खेलाडीहरू थिए । गोलकिपरदेखि स्ट्राइकर, सबै राम्रा थिए । उसले सन् २००८ र २०१२ युरो कप पनि जित्यो ।
सन् २०१४ को विश्वकप ब्राजिल र जर्मनी बिचको खेल थियो । सो सेमी फाइनल खेलमा जर्मनीले ७-१ ले ब्राजिलाई हरायो । त्यो खेल ब्राजिलियनहरूका लागि निकै दुःखदायी थियो । त्यो खेलपछि धेरै ब्राजिलियनहरूले आत्माहत्या पनि गरे । फाइनल खेलमा जर्मनीले १-० ले अर्जेन्टिनालाई हराएर ट्रफी जित्यो । सन् २०१८ को विश्वकप चर्चा क्रिस्टियानो रोनाल्डोको ह्याट्रिकमा केन्द्रित थियाे। समूह खेलमा पाेर्चुगल र स्पेनको खेल थियो । स्पेन सन् २०१० जतिको राम्राे नभए पनि त्यो खेलमा राम्रा मध्येकाे एक थियो । ३३ वर्षको उमेरमा फ्रि किककासाथ ह्याट्रिक गरेकाे निकै राेचक थियाे । त्यो विश्वकप फ्रान्सले जित्याे ।
सन् २०२२ को विश्वकप कतारमा भइरहेको छ । कतारले याे विश्वकप पहिलो पटक आयाेजना गर्ने अवसर पाएकाे हाे । समूह चरणकाे खेलमा साउदीले अर्जेन्टिनालाई हरायाे । अहिलेकाे विश्वकपमा पनि निकै राेमाञ्चक खेल भइरहेका छन् । सेमी फाइनल र फाइनल खेल सुरू हुन थालेपछि झन् रमाइलाे हुनेछ ।