Logo

Student Corner

सहर मै हराएँ

Written by: Yojana Gautam - 23068, Grade XII

Posted on: 05 December, 2022

सानाे बालक हुँदा आमाको काखमा सुत्ने म 
आज एक्लै, एक्लो सुनसान कोठामा सुत्दै छु  
सपना साकार पार्न भनी सहर छिरेकाे म
आज यही अपरिचित सहरमा हराउँदै छु।।

पैसा कमाउन  सहर आएको थिएँ 
सबै आफ्ना हुन्छन भन्ने सोचेको थिएँ  ।
सोच त के के थियो कमाउने, रमाउने, 
तर आज  यो सहरकाे जिन्दगीले,
नयाँ पाठ सिकायाे धेरै आँसु बिकायाे ।

पैसा नै सबथाेक होइन भनी उपदेश दिने म
आज त्यसकै खाेजीमा भाैतारिरहेछु । 
खुसी नै ठुलो हो, भनेर सोच्ने म    
यो सहरमा सबै खुसी गुमाउँदै 
अतीतलाई पर्खिरहेछु र सम्झीरहेछु ।

हिजो जस्तो लाग्छ त्यो माटो छाडेको
थाक्दाथाक्दै नापेर त्याे बाटाे छाडेकाे 
सपनाको जग बुन्न जन्मभूमि त्यागेको
केही पैसा कमाउन र जिन्दगी चलाउन 
सहर छिरेको आज धेरै वर्ष भएछ ।
समयले मलाई धकेलेछ
बगरकाे किनारामा म जिन्दगीसँग लामाे सास फेर्दै छु ।