Logo

Student Corner

पर्यटनकाे महत्त्व

Written by: Aadarsha Khatri - 24001, Grade XI

Posted on: 06 December, 2022


नेपाल पर्यटनकाे राम्राे सम्भावना बाेकेकाे देश हाे । कुनै पनि देशले आर्थिक रूपमा छिटाे विकास गर्न चाहन्छ भने त्यसले पर्यटनको महत्त्व बुझेर पर्यटकका लागि चाहिने सबै पूर्वाधारकाे विकासमा लाग्नुपर्छ । नेपालमा सन् १९६० को दशक अगाडि पर्यटन उद्योग वा व्यवसायबाट हुने आम्दानीलाई त्यति महत्त्व दिइएको थिएन । त्यसपछि प्रायः सबैजसो देशहरूले यसलाई वैदेशिक मुद्रा आर्जन गर्ने मुख्य माध्यम ठाने, र अन्तर्राष्ट्रिय पर्यटन गतिविधि तीव्र रूपमा अगाडि बढ्यो । तब यसले आन्तरिक विकास, देशको उत्पादन, प्रतिव्यक्ति आय, राष्ट्रिय आय बढाउनुका साथै ठुला तथा घरेलु उद्योग र उत्पादनमा वृद्धि गराउन थाल्याे । पर्यटककाे वृद्धिसँगै बेरोजगारी समस्या कम हुने र प्रत्यक्ष ररूपमा आर्थिक क्रियाकलापहरूमासमेत यसले प्रभाव पार्न थाल्याे ।  त्यसपछि पर्यटन क्षेत्रकाे महत्त्व बढ्दै जान पनि थाल्याे ।
खास गरी पर्यटन व्यवसायबाट नेपालजस्ता देशहरूले भरपुर फाइदा लिन सक्छन् । पर्यटन क्षेत्रले नेपालकाे राष्ट्रिय आम्दानीमा वृद्धि भइरहेको छ । हाम्रो देश नेपाल सुन्दरताकाे खानी हाे । हाम्राे देशलाई प्रकृतिले धेरै कुरा दिएकाे छ । विश्वका हिमालहरूमध्ये धेरै अग्ला हिमालहरू नेपालमै रहेका छन् । यी हिमालले नेपालकाे सुन्दरता बढाउने काम गरेका छन् । यस्तै यहाँका हरिया वनजङ्गल र सुन्दर पहाडले पर्यटककाे मन लाेभ्याएका छन् । नेपालका विभिन्न ताल खाेलानाला झरना आदि हेर्नका लागि बर्सेनि विभिन्न स्वदेशी तथा  विदेशी पर्यटककाे भिड लाग्ने गर्छ । त्यसैले नेपाल पर्यटनकाे राम्राे सम्भावना बाेकेकाे मुलुक हाे ।

नेपालका विभिन्न कला संस्कृति र रहनसहनले पनि पर्यटककाे मन तान्छ र उनीहरूकाे राेजाइमा नेपाल सुन्दर र घुम्नलायक ठाउँ  हाे । हाम्रा प्राकृतिक सौन्दर्यले पर्यटकहरूका लागि प्रमुख आकर्षणको रूपमा काम गर्न सक्छन् । पर्यटकहरू एक प्रकारका प्रमुख आर्थिक गतिविधि हुन् ।  यसले राज्यको राजस्व, उत्पादन र अर्थतन्त्र बढाउने पर्यटन आयआर्जनकाे राम्राे स्राेत हाे । पर्यटन उद्योग नेपालको सबैभन्द ठुलो उद्योग हाे भन्न सकिन्छ । पर्यटकीय पूर्वाधारको विकास गरी पर्यटकीय गन्तव्य, बस्ने ठाउँको विकास र पुराना ठाँउहरूको मर्मत गरी पर्यटनलाई व्यवसायकाे रूपमा विस्तार गर्नु सबै नागरिककाे कर्तव्य हाे ।