Logo

Student Corner

मेराे बगैँचा र फूल

Written by: Ojaswi Pathak - 24066, Grade XI

Posted on: 02 December, 2022

आज धेरै दिनपछि म आफ्नो बगैँचामा गएकी थिएँ । मैले मेरी दिदीले फूल रोप्दै गरेको देखेँ ।  उहाँलाई सोधेँ, “फूल रोप्दा किन रमाइलो लाग्छ” ? उहाँले मलाई भन्नुभयो,  “फूल रोप्दा धेरै रमाइलो हुन्छ र जताततै राम्रो र सफा पनि देखिन्छ” । मेरी दिदीले मात्र नभई मेरी  हजुर्मुवालाईसमेत फूलहरू सारै मनपर्ने रहेछ ।
मेरो घरमा रहेका सबै फूलहरू मेरी दिदी र हजुर्मुवाले रोप्नु भएको छ भने बाँकी सबै फूलहरू मेरो काकाले रोप्नु भएको छ । मेरो घरमा सबै जनाले फूल मन पराउनुहुन्छ । मेरो घरमा धेरै प्रकारका फूलहरू छन् जस्तै : गुलाब, लिली, हंग्सराज, रोज पंज रातो, गुलाफी आदि । मेरो घरमा फूलसँगै  धेरै प्रकारका फलहरू पनि छन् जस्तै : अमला, आँप , नासपाती , अम्बा आदि । घरमा बसेका सबै परिवारहरू मिलेर काम गर्याैँ भने जुन काम पनि रमाइलो लाग्छ भनेर मेरो हजुर्मुवाले मलाई भन्नुभयो । मैले पनि हजुर्मुवाको कुरा सुनेँ र मेरी दिदीले गरिरहेकाे देखेपछि म पनि रमाउँदै उहाँलाई मद्दत गर्न गएँ । फूल रोपेर आफ्नो बगैँचा  सबै जना मिलेर सफा गर्याैँ । मेरो घरमा आजकाल सबै जनाले फूलहरू धेरै नै मनपर्ने भएकाले सबै जना आजकल मिलेर फूल रोप्ने पनि गर्नुहुन्छ । जब हामी सबै जनासँग समय हुन्छ । हामी सबै जना गएर सफा गर्न थाल्छाैँ । फूलकाे बगैँचामा भएका झारहरू पनि हामीले सफा गर्याैँ । पहिले त म काम गर्न एकदमै अल्छी थिएँ तर जब आफूले रोपेका फूलहरू ठुला भएर फूलेको देखेँ त्यसपछि मलाई अलि धेरै त्यस्तो कुरामा जाँगर चल्न थाल्याे । मेरो जाँगर चलेकाे देखेर हजुरआमा सारै खुसी हुनुभयो र मलाई अझ धेरै काम गर्ने हाैसला मिल्याे ।   
मेरी हजुरआमाले मलाई फूल जस्तो सुन्दर कुरा केही पनि लाग्दैन भन्नुभयाे । फूलबाट त हामीले धेरै प्रकारका कुराहरू बनाउन सक्ने रहेछाैँ । फूलबाट धेरै प्रकारका साैन्दर्य सामग्रीहरू उत्पादन पनि हुने रहेछन् । जस्तैः लिपिस्टिक, राेजवाटर आदि । कपालमा लगाउने सामाग्रीहरू पनि फूलबाट बन्ने रहेछ । कतै कुनै पार्टी विवाह भाेजभतेर आदि ठाउँमा जाँदा हामीलाई सजिएर जान मन लाग्छ । यस्ता सजिएर जाने विविध सामग्री पनि फूलबाट नै बन्दाे रहेछ । दसैँ तिहारजस्ता विभिन्न चाडबाडमा पनि फूलको धेरै माग हुने गर्छ । मन्दिर जाँदा भगवान्लाई चढाउन पनि फूल नै चाहिन्छ । माैरीले पनि फूलकाे रसबाट मह बनाउँछ र फूलमै रमाउँछ । फूल भनेकाे यस्ताे सुन्दर हुन्छ, जसले मानिसमा प्रेमकाे भावना जगाउँछ । कहीँ कतै घुम्न जाँदा फूल देखेर नलाेभिने मानिस पनि  सायद दुनियामा कमै हाेलान् ।