Logo

Student Corner

Articles

हाेली
- Ojaswini Lama - 29019, Grade ... 09 June, 2021

हाेली रङ्गै रङ्गकाे पर्व हाे । याे पर्व हिन्दूहरुकाे विशेष पर्व भए तापनि सम्पूर्ण नेपालीहरुले मिलेर मनाउँछाैँ । हरेक वर्ष फागुन शुक्ल पूर्णिमाका दिन मनाइने याे पर्व पहाडी क्षेत्रमा तराई क्षेत्रमाभन्दा एक दिन अगाडि मनाउने चलन छ । एकआपसमा रङ्ग लगाएर शुभकामना बाँडेर मिठामीठा खानेकुरा खाएर रमाइलाेसँग हाेली मनाउने गरिन्छ । कुनै ठाउँमा पानीमा रङ्ग घाेलेर पिच्कारी र बेलुनमा भरेर छ्यापिदिने  चलन पनि छ । कहिलेकाहीँ हाेलीका नाममा बाटामा हिँडेका मानिसलाई जबरजस्ती पानी छ्यापिदिने वा रङ्ग लगाइदिने पनि गरेकाे देखिन्छ जुन राम्राे कुरा हाेइन । हाेली खेल्न इच्छा भएकासँग  मात्र खेल्नुपर्छ ।
 


Read More
किताब
- Safal Raj Ghimire - 29026, Gr ... 08 June, 2021

किताब हामीलाई ज्ञान दिने एउटा माध्यम हो । म पनि मेराे किताब पढेर नजानेका कुराहरू सिक्ने गर्छु । म मेरा किताबहरूलाई सधैँ माया गर्छु र सम्हालेर राख्छु । मसँग नेपाली ,अङ्ग्रेजी , गणित र कथाका किताबहरू धेरै छन् । अझ हामी विद्यार्थीहरूलाई किताबकाे झनै महत्व रहन्छ । यिनै किताबका ज्ञानबाट नै हामी डाक्टर , शिक्षक, वैज्ञानिक , समाजसेवी जस्ता ठुला मान्छे बन्न सकिन्छ । म पनि यही किताबका माध्यमबाट ठुलाे मान्छे र ज्ञानी मान्छे बन्नेछु र देशकाे सेवा गर्नेछु । 
किताब हाम्राे साथी पनि हाे । हामी सानै हुँदादेखि बृध्दा अवस्थासम्म पनि ज्ञान बनेर हाम्राे साथमा रहन्छ । किताबमा ज्ञानगुनका कुराहरूबाट राम्रा कुराहरू सिक्ने र अरूलाई सिकाउने गर्नुपर्छ । त्यसैले हामीलाई ज्ञान दिने एउटा महत्वपूर्ण साधन किताब हाे ।
 


Read More
OUR NATIONAL EMBLEMS
- Sambhavya Pandey - 30027, Gra ... 07 June, 2021

The national emblem is a symbol of representation of a country that is unique in its design and structure. Some of the national emblems of our country Nepal are listed below:
National Flag: The national flag of Nepali is triangular. It has two triangles joining together. The upper triangle has the symbol of the moon and the lower triangle has the symbol of the sun. The meaning of the sun and the moon is that Nepal will exist in the world as long as the sun and moon remain in the universe. The surface colour of the national flag of Nepal is crimson and the border colour is blue. The crimson red colour represents Nepalese courage and the blue colour represents the peace-loving nature of the Nepalese. 

National Colour Crimson: Crimson is the  National colour of Nepal. In Nepali, it is called “Simrik”. It is considered very auspicious and has a significant place in Nepal's cultural life. People use crimson during Pooja and other special occasions.

National Animal Cow: The cow is our national animal. It gives us milk. It is worshipped as the incarnation of Goddess Laxmi, the god of wealth by Hindus. There is huge respect for cows in Nepal. So, the killing of a cow in Nepal is a type of crime. 

National Flower Rhododendron (Laliguras): Rhododendron is the national flower of our country Nepal. It is found in the high hills and the Himalayan regions of Nepal. It is red in color. There are more than 30 species of Rhododendron in Nepal.

National Bird Lophophorus (Danphe): Danphe is the national bird of our country Nepal. It is found in the Himalayan regions. It is very beautiful and colorful. It has nine colors. So, it is also called Naurangi Danphe.

National Anthem: The national anthem of Nepali is “Sayau Thunga Phulka Hami Eutai Mala Nepali.......”. The lyrics of the national anthem were composed by the poet Pradeep Kumar Rai, (Byakul Maila) and the music is composed by Amber Gurung.


Read More
नारायणहिटी सङ्ग्राहलय भ्रमण
- Erish Thapa - 29011, Grade V ... 06 June, 2021

म आफ्नो  विदामा  नारायणहिटी  संग्रहालय गएको थिएँ।  म त्यहाँ जान धेरै उत्सुक थिएँ ।   त्यो मेरो लागि  शैक्षिक भ्रमण जस्तै नै  थियो । म आफ्नी आमासँग गएको थिएँ ।  नारायणहिटी सङ्ग्राहलय हुनु  भन्दा अगाडि नारायणहिटी  राजदरवार थियो । राजा   बिरेन्द्रको परिवारको हत्या भएपछि  राजा  ज्ञानेन्द्रले  २ वर्ष शासन गरे । त्यसपछि नारायणहिटी दरबारलाई सङ्ग्रहालय बनाई  अवलोकन  गर्न आज हामी जनतालाई खोलिएको रहेछ ।  नारायणहिटी  दरबार वि सं २०२७ मा स्वर्गीय राजामहेन्द्रले  बनाउनु भएको हो।जब हामी नारायणहिटी सङग्राहलयभित्र गयाैँ त्यहाँ धेरै कोठाहरु देखिए । ती कोठा हरूको  नाम  हाम्रो देशको धेरै जिल्लाहरुका नाम राखी बैठक पनि भनिँदो रहेछ । जस्तै : सिन्धुली बैठक ,तप्लेजुङ बैठक ,गोर्खा बैठक आदि । ति बैठकहरु मध्ये गोर्खा बैठक सबैभन्दा महत्वपूर्ण बैठक थियो । त्यसमा राजाको सिंहासन, राज परिवारको लागि बस्ने कुर्सी र मन्त्रीहरुको लागि बस्ने कुर्सी पनि छन। साथै त्यो कोठाको सुन्दरता बढाउनको लागि ठुलो झुमर पनि राखिएकाे छ ।   जस्काे लम्बाइ ४० फीट र लाैल ६०० कि .ग्रा र झुमरमा ३०० टुक्रा  बत्तिका बल्बहरु छन् । राजाको सिंहासन सुन र चाँदीबाट बनको छ । साथै बैठकमा  राजाको राजकीय निसान छाप र भगवान अष्टमातृका भैरबको सुन्दर तस्विरहरु पनि छन् । ती तस्विरहरु अमर चित्रकरले बनाएका हुन् ।  यसरी सङ्ग्राहलय घुम्दै जाँदा हामीले राजपरिवारले गर्ने  क्रियाकलापहरु थाहा पायौँ । अन्तमा हामी सङ्ग्राहलयको दोस्रो मुख्य बैठक कोठामा पुग्याैँ । जुन कोठामा राजाको श्रीपेच र रानीको ताज छ ।  राजाको श्रीपेच सुन ,हिरा ,मोती,पन्ना ,रुबी र प्याराडाइस चराको प्वाँख र कल्कीबाट बनेको छ । साथै रानी को ताज पुरै हिरा बाट बनेको छ । त्यहा राजाको राजदन्ड,ढाल् र तरबार पनि छ । यसरी हामी सङ्ग्राहलय घुमेर बाहिर निस्केपछि राजदरबारको फुलबारी  हुँदै हामी स्वर्गिय राजा बिरेन्द्रको निजी निवासमा गयौ । जसलाई श्रीसदन भनिन्छ । श्रीसदन जाँदा हामीले बाटोमा राज परिवारहरुले चढने सवारी साधन राख्नने  घर र त्यहा राखेको सवारी साधनहरु पनि देख्याैँ । हामीले श्रीसदनमा राजा र रानीको निजी कार्यालय,अधिराजकुमार निराजनको कोठा, अधिराजकुमारी श्रुतीको कोठा,रानी को श्रीङ्गार कोठा,पुजा कोठा ,सपरिवर बसेर खाने कोठा र पिउने कोठा पनि देख्याैँ। यसरी हामी नारायणहिटी सङ्ग्राहलय घुम्याैँ। मैले नारायणहिटी सङ्ग्राहलय घुमेर धेरै महत्वपूर्ण कुरा थाहा पायाैँ । अझ राेचक कुरा त के रहेछ भने  राजाले सधैँ श्रीपेच लगाउँदा रहेनछन् । यी पाँच अवस्थामा मात्र राजाले श्रीपेच लगाउने गर्दथे :
 
१, राज्यभिशेक हुँदा [स्वयम् राजा हुँदा ]
२, आफ्नो छोरा र छोरीको विवाहमा 
३, युवराजधिराज घोषित गर्दा
४, देशमा राजकीय घोषणा  गर्दा 
५,आफूसरहको विदेशी पहुना आउँदा 
     यसरी मेरो नारायणहिटी सङ्ग्राहलयको भ्रमण शिक्षामूलक ढङ्गले सकियाे ।
 


Read More
वनजङ्गल
- Eva Adhikari - 29012, Grade V ... 03 June, 2021

धेरै रुख बाेटविरुवा तथा जनावरहरु र चराचुरुङ्गीहरु रहने स्थानलाई जङ्गल भनिन्छ । जङ्गलमा धेरै खालका रुख जडीबुटी साथै जीवजन्तु पाइन्छन् । जङ्गल वन्यजन्तुकाे बासस्थान हाे । जनावर तथा पन्क्षीहरु प्राकृतिक रुपमै रमाएर बस्न रुचाउँछन् ।त्यसैले हामीले तिनीहरुकाे बासस्थानलाई विनाश गरिदिनुहुँदैन बरु संरक्षण गर्नुपर्छ । 
वनका  धेरै किसिमका जडीबुटीहरुलाई औषधी बनाउन सकिन्छ । वनबाट हामीले फेर्ने प्राणवायु अक्सिजन पनि पाइन्छ । वनजङ्गलले समयमा पानी पर्न सहयाेग गर्छ । यसले बाढी, पहिराे तथा भुक्षयबाट जाेगाउँछ । हामीले बनाउने घरमा प्रयाेग हुने काठ तथा प्रयाेग गर्ने फर्निचर पनि हामीलाई वनजङ्गलले नै दिन्छ । 
चितवन राष्ट्रिय निकुञ्जमा वनकै कारण वन्यजन्तु छन् अनि वन्यजन्तु हेर्न पर्यटकहरु आउँछन् ।यसबाट राेजगारीकाे सृजना भएकाे छ । त्यसैले यसकाे महत्व झन रहेकाे छ । 
अतः वन तथा जङ्गलकाे संरक्षण गर्नुपर्छ । जथाभावी रुख काट्नुहुँदैन अनि काट्नै परेमा पुराना र बुढा रुखहरु काट्नुपर्छ र एउटा रुख काटेमा दशवटा नयाँ विरुवा राेप्नुपर्छ । जङ्गलमा डढेलाे लगाउनुहुँदैन र कसैले लगाएमा कडा कानुनकाे व्यवस्था गर्नुपर्छ । यसकाे महत्वका बारेमा जनचेतना फैलाउनुपर्छ । 
 


Read More