Logo

Student Corner

हाेली

Written by: Ojaswini Lama - 29019, Grade V

Posted on: 09 June, 2021

हाेली रङ्गै रङ्गकाे पर्व हाे । याे पर्व हिन्दूहरुकाे विशेष पर्व भए तापनि सम्पूर्ण नेपालीहरुले मिलेर मनाउँछाैँ । हरेक वर्ष फागुन शुक्ल पूर्णिमाका दिन मनाइने याे पर्व पहाडी क्षेत्रमा तराई क्षेत्रमाभन्दा एक दिन अगाडि मनाउने चलन छ । एकआपसमा रङ्ग लगाएर शुभकामना बाँडेर मिठामीठा खानेकुरा खाएर रमाइलाेसँग हाेली मनाउने गरिन्छ । कुनै ठाउँमा पानीमा रङ्ग घाेलेर पिच्कारी र बेलुनमा भरेर छ्यापिदिने  चलन पनि छ । कहिलेकाहीँ हाेलीका नाममा बाटामा हिँडेका मानिसलाई जबरजस्ती पानी छ्यापिदिने वा रङ्ग लगाइदिने पनि गरेकाे देखिन्छ जुन राम्राे कुरा हाेइन । हाेली खेल्न इच्छा भएकासँग  मात्र खेल्नुपर्छ ।