Logo

Student Corner

वनजङ्गल

Written by: Eva Adhikari - 29012, Grade V

Posted on: 03 June, 2021

धेरै रुख बाेटविरुवा तथा जनावरहरु र चराचुरुङ्गीहरु रहने स्थानलाई जङ्गल भनिन्छ । जङ्गलमा धेरै खालका रुख जडीबुटी साथै जीवजन्तु पाइन्छन् । जङ्गल वन्यजन्तुकाे बासस्थान हाे । जनावर तथा पन्क्षीहरु प्राकृतिक रुपमै रमाएर बस्न रुचाउँछन् ।त्यसैले हामीले तिनीहरुकाे बासस्थानलाई विनाश गरिदिनुहुँदैन बरु संरक्षण गर्नुपर्छ । 
वनका  धेरै किसिमका जडीबुटीहरुलाई औषधी बनाउन सकिन्छ । वनबाट हामीले फेर्ने प्राणवायु अक्सिजन पनि पाइन्छ । वनजङ्गलले समयमा पानी पर्न सहयाेग गर्छ । यसले बाढी, पहिराे तथा भुक्षयबाट जाेगाउँछ । हामीले बनाउने घरमा प्रयाेग हुने काठ तथा प्रयाेग गर्ने फर्निचर पनि हामीलाई वनजङ्गलले नै दिन्छ । 
चितवन राष्ट्रिय निकुञ्जमा वनकै कारण वन्यजन्तु छन् अनि वन्यजन्तु हेर्न पर्यटकहरु आउँछन् ।यसबाट राेजगारीकाे सृजना भएकाे छ । त्यसैले यसकाे महत्व झन रहेकाे छ । 
अतः वन तथा जङ्गलकाे संरक्षण गर्नुपर्छ । जथाभावी रुख काट्नुहुँदैन अनि काट्नै परेमा पुराना र बुढा रुखहरु काट्नुपर्छ र एउटा रुख काटेमा दशवटा नयाँ विरुवा राेप्नुपर्छ । जङ्गलमा डढेलाे लगाउनुहुँदैन र कसैले लगाएमा कडा कानुनकाे व्यवस्था गर्नुपर्छ । यसकाे महत्वका बारेमा जनचेतना फैलाउनुपर्छ ।