Written by: Erish Thapa - 29011, Grade V
Posted on: 06 June, 2021
म आफ्नो विदामा नारायणहिटी संग्रहालय गएको थिएँ। म त्यहाँ जान धेरै उत्सुक थिएँ । त्यो मेरो लागि शैक्षिक भ्रमण जस्तै नै थियो । म आफ्नी आमासँग गएको थिएँ । नारायणहिटी सङ्ग्राहलय हुनु भन्दा अगाडि नारायणहिटी राजदरवार थियो । राजा बिरेन्द्रको परिवारको हत्या भएपछि राजा ज्ञानेन्द्रले २ वर्ष शासन गरे । त्यसपछि नारायणहिटी दरबारलाई सङ्ग्रहालय बनाई अवलोकन गर्न आज हामी जनतालाई खोलिएको रहेछ । नारायणहिटी दरबार वि सं २०२७ मा स्वर्गीय राजामहेन्द्रले बनाउनु भएको हो।जब हामी नारायणहिटी सङग्राहलयभित्र गयाैँ त्यहाँ धेरै कोठाहरु देखिए । ती कोठा हरूको नाम हाम्रो देशको धेरै जिल्लाहरुका नाम राखी बैठक पनि भनिँदो रहेछ । जस्तै : सिन्धुली बैठक ,तप्लेजुङ बैठक ,गोर्खा बैठक आदि । ति बैठकहरु मध्ये गोर्खा बैठक सबैभन्दा महत्वपूर्ण बैठक थियो । त्यसमा राजाको सिंहासन, राज परिवारको लागि बस्ने कुर्सी र मन्त्रीहरुको लागि बस्ने कुर्सी पनि छन। साथै त्यो कोठाको सुन्दरता बढाउनको लागि ठुलो झुमर पनि राखिएकाे छ । जस्काे लम्बाइ ४० फीट र लाैल ६०० कि .ग्रा र झुमरमा ३०० टुक्रा बत्तिका बल्बहरु छन् । राजाको सिंहासन सुन र चाँदीबाट बनको छ । साथै बैठकमा राजाको राजकीय निसान छाप र भगवान अष्टमातृका भैरबको सुन्दर तस्विरहरु पनि छन् । ती तस्विरहरु अमर चित्रकरले बनाएका हुन् । यसरी सङ्ग्राहलय घुम्दै जाँदा हामीले राजपरिवारले गर्ने क्रियाकलापहरु थाहा पायौँ । अन्तमा हामी सङ्ग्राहलयको दोस्रो मुख्य बैठक कोठामा पुग्याैँ । जुन कोठामा राजाको श्रीपेच र रानीको ताज छ । राजाको श्रीपेच सुन ,हिरा ,मोती,पन्ना ,रुबी र प्याराडाइस चराको प्वाँख र कल्कीबाट बनेको छ । साथै रानी को ताज पुरै हिरा बाट बनेको छ । त्यहा राजाको राजदन्ड,ढाल् र तरबार पनि छ । यसरी हामी सङ्ग्राहलय घुमेर बाहिर निस्केपछि राजदरबारको फुलबारी हुँदै हामी स्वर्गिय राजा बिरेन्द्रको निजी निवासमा गयौ । जसलाई श्रीसदन भनिन्छ । श्रीसदन जाँदा हामीले बाटोमा राज परिवारहरुले चढने सवारी साधन राख्नने घर र त्यहा राखेको सवारी साधनहरु पनि देख्याैँ । हामीले श्रीसदनमा राजा र रानीको निजी कार्यालय,अधिराजकुमार निराजनको कोठा, अधिराजकुमारी श्रुतीको कोठा,रानी को श्रीङ्गार कोठा,पुजा कोठा ,सपरिवर बसेर खाने कोठा र पिउने कोठा पनि देख्याैँ। यसरी हामी नारायणहिटी सङ्ग्राहलय घुम्याैँ। मैले नारायणहिटी सङ्ग्राहलय घुमेर धेरै महत्वपूर्ण कुरा थाहा पायाैँ । अझ राेचक कुरा त के रहेछ भने राजाले सधैँ श्रीपेच लगाउँदा रहेनछन् । यी पाँच अवस्थामा मात्र राजाले श्रीपेच लगाउने गर्दथे :
१, राज्यभिशेक हुँदा [स्वयम् राजा हुँदा ]
२, आफ्नो छोरा र छोरीको विवाहमा
३, युवराजधिराज घोषित गर्दा
४, देशमा राजकीय घोषणा गर्दा
५,आफूसरहको विदेशी पहुना आउँदा
यसरी मेरो नारायणहिटी सङ्ग्राहलयको भ्रमण शिक्षामूलक ढङ्गले सकियाे ।