Logo

Student Corner

Articles

बुद्ध
- Sambid Dhakal - 30028, Grade ... 23 May, 2021

नेपालमा करोडौँ भगवनहरु छन्। ति मध्ये बुद्ध पनि एक हुन्। उनलाई एसियाकाे तारा पनि भनिन्छ। उनी लुम्बिनिमा जन्मिएका हुन् । उनको बुबाको नाम शुद्धाेधन र आमाको नाम मायादेवी हो। सानोमा उनले बिरामी मान्छे बृद्ध मान्छे र अरु मान्छे लगेको दृश्य देखेपछि जीवन भनेको केही रहेनछ भन्ने कुरा बुझे। त्यसपछि उनलाई जीवन र जगतको बारेमा अझै बुझ्न मन लाग्यो।  जब उनले बिहे गरे त्यस अनि उनको राहुल नाम को छोरो जन्मियो। आफुले जिवनमा केही ज्ञान हासिल गर्नुपर्छ भन्ने बुझेका गौतमबुद्ध आफ्नो सानो छोरो र श्रीमतीसहित दरबारका सबैलाई छोडेर ज्ञान प्राप्तिका लागि हिँडे। उनले भारतको बोधगया भन्ने ठाउँमा गए र पीपलको बोटको तल बसी तपस्या गरे र उनले ज्ञान प्राप्त गर । अहिले उनी यस संसारमा छैनन्  तर बुद्ध धर्म र बुद्ध दर्शनका नामले उनी संसारमा  अहिले पनि चिनिएका छन् र उनलाई सबैले सम्मान गर्छन् । उनकै नाममा बुद्धजयन्ती  पनि मनाइन्छ ।


Read More
फेरी आयो नयाॅं कोरोना राेग
- Sayoon Darlami - 29038, Grade ... 20 May, 2021

विश्वभरी नै फैलिएको काेराेनाले फैलाएकाे याे  रोग जसले गर्दा सबै मानिसहरु डर र त्रासमा बाच्न बाध्य भइरहेका छन्।  मानिसहरुले सोचेका पनि थिएनाैँ होला कि यस्तो दिनदशा पनि आउँछ भनेर । आजभन्दा एक वर्ष अगाडिको समयमा जाने हो भने भखरै निस्किएको नयाँ रोग जुन चाइनाबाट आएको थियाे ।
 याे रोग धेरै नै डर लाग्दो र अरु रोग भन्दा घेरै फरक  छ । याे राेग एक चोटी लागे पछी ज्यान गुमाउनु पर्ने  पनि हुन सक्छ किनकि यसकाे  औषधी बनेकाे छैन । यो रोगले बच्चा ,बुढा ,केटाकेटी केही नभनी मानिसले आफ्नो ज्यान गुमाउनु परिरहेकाे छ ।यो रोगले विश्वलाई नै बन्द गरायो ।कति मान्छे रोगले मरे त कति मान्छे भोकले मानिसले आफुले आफैँलाई घर भित्र नै बन्द गरेर बस्नु पर्ने अवस्थालाई  हामीहरुले  जसोतसो गरेर कति पीडाहरुको सामना गरेर यो एक बर्ष त कटायाैँ । विस्तारै सबै कुराहरु पनि खुल्दै आयो । स्कुल,कलेज,अफिस,दिनकै काम गरेर एक छाक काट्नु पर्ने मानिसहरु दुःखलाई भुलेर खुसी हुन लागेका मात्र के थिए ; त्यसको दोब्बर दुख आउछ भनेर कोसैलाई केही थाहा थिएन । अब त झन नयाॅं कोरोनाकाे पुस्ता आएकाे छ ।  याे पहिलेको भन्दा डर लाग्दो र खतरनाक छ ।  अहिले अस्पतालहरु कुनै खाली छैनन् ।अहिले मानिसहरुलाई धेरै नै गाह्राे बनाएको छ । कति महिना कति बर्ष लाग्ने हो यो रोगको रोकथाम हुन कुनै टुङ्गाे नै छैन । छिटाे याे समस्याबाट मुक्ति पाइयाेस् । 
 


Read More
एक कप चिया
- Aadhyashree Poudel - 30002, G ... 16 May, 2021

एउटा सुवर्णपुर नाम गरेकाे राज्य थियाे । उक्त राज्य सुवर्ण नाम गरेका राजाकाे थियाे । उनकाे एउटी सानी राजकुमारी थिइन् । उनकाे नाम साम्भवी थियाे । उनलाई चिया पिउन खुबै मन पर्दथ्याे ।

उनले आफू पाँच वर्षकी हुँदा चियाकाे स्वाद थाहा पाएकी थिइन् । उनलाई फरकफरक स्वाद भएका चिया बनाएर सेवकले खुवाउने गर्दथे । चिया नमिठाे भएकाे खण्डमा उनले सेवकलाई झपार्दथिन । उनी छुच्ची भएका कारणले सेवकलाई कहिलेकाहीँ दुःख लाग्दथ्याे । राजकुमारीलाई भने चिया बनाउन ।

साँझ परेपछि राजकुमारीलाई चिया चाहिन्थ्याे । राजकुमारीले चिया खाने समय अलिकति पनि तलमाथि हुनुहुँदैनथ्याे । एक दिनकाे कुराे हाे । उनले चिया खाइरहेकाे बेलामा कप तल खसेर फुट्याे  । आफ्नाे हातबाट कप फुटेपछि त्यसकाे दाेष सेवकलाई लगाइन् । अर्काे दिन पनि त्यस्तै भयाे । लगातार एक हप्तासम्म कप फुट्न् क्रम राेकिएन ।

राजाले उक्त कुराे थाहा पाए । त्यसपछि राजा चिन्तित भएर उक्त कप फुटाउने काे हाे भनेर पत्ता लगाउन सभा बाेलाए । उक्त सभामा सेवकले पनि आफ्नाे सफाइ राख्ने माैका पायाे । राजा लगाएत सबै व्यक्तिहरूले सेवकबाट गल्ति नभएकाे ठाने । त्यसपछि राजाले आफ्नी प्यारी छाेरी राजकुमारी साम्भवीलाई बाेलाएर साेधपुछ गरे । साेधपुछका क्रममा  कप राजकुमारी आफैँले फुटाएर दाेष सेवकलाई लगाएकाे स्पष्ट भयाे । त्यसपछि राजकुमारी रुँदै आफूले झुटाे बाेलेकाे स्वीकार आउँदैनथ्याे गरिन् र अबदेखि त्यस्ताे झुट बाेलेर अरुलाई दुःख नदिने वाचा गरिन् । 

राजा प्यारी छाेरी राेएकाे देखेर दुःखी भए । राजाले आफ्नी छाेरीलाई सम्झाए । कसैलाई पनि नचाहिने विषयमा झुटाे बाेलेर दुःख दिनु हुँदैन  । हामीले त जनताकाे सेवा गर्नुपर्छ भनेर सम्झाए ।


Read More