Logo

Student Corner

मेरी बहिनी

Written by: Siddhartha Malla - 29045, Grade V

Posted on: 10 June, 2021

मेरी बहिनीकाे नाम शिद्धिका मल्ल हाे । उनी चार वर्षकी भइन् । उनी नजिकैकाे प्रि- स्कुलमा पढ्छिन् । उनी मायालु र नम्र स्वभावकी छिन् । उनी खेल्न र पढ्न मन पराउँछिन् । उनलाई प्रायः सबै खाने कुरा मन पर्छ । उनलाई गुडिया खेल्न र चित्रमा रङ् भर्न असाध्यै मन पर्छ । घुम्न भनेपछि उनी हुरुक्कै हुन्छिन् । उनी मसँग खेल्न पनि उत्तकै मन पराउँछिन् । उनी आफ्ना साथीहरुलाई धेरै माया र सहयाेग गर्छिन् । सानी भए पनि असाध्यै ज्ञानी मेरी बहिनीकाे मलाई धेरै माया लाग्छ ।