Logo

Student Corner

किताब

Written by: Safal Raj Ghimire - 29026, Grade V

Posted on: 08 June, 2021

किताब हामीलाई ज्ञान दिने एउटा माध्यम हो । म पनि मेराे किताब पढेर नजानेका कुराहरू सिक्ने गर्छु । म मेरा किताबहरूलाई सधैँ माया गर्छु र सम्हालेर राख्छु । मसँग नेपाली ,अङ्ग्रेजी , गणित र कथाका किताबहरू धेरै छन् । अझ हामी विद्यार्थीहरूलाई किताबकाे झनै महत्व रहन्छ । यिनै किताबका ज्ञानबाट नै हामी डाक्टर , शिक्षक, वैज्ञानिक , समाजसेवी जस्ता ठुला मान्छे बन्न सकिन्छ । म पनि यही किताबका माध्यमबाट ठुलाे मान्छे र ज्ञानी मान्छे बन्नेछु र देशकाे सेवा गर्नेछु । 
किताब हाम्राे साथी पनि हाे । हामी सानै हुँदादेखि बृध्दा अवस्थासम्म पनि ज्ञान बनेर हाम्राे साथमा रहन्छ । किताबमा ज्ञानगुनका कुराहरूबाट राम्रा कुराहरू सिक्ने र अरूलाई सिकाउने गर्नुपर्छ । त्यसैले हामीलाई ज्ञान दिने एउटा महत्वपूर्ण साधन किताब हाे ।