Logo

Student Corner

Articles

हलेसी महादेव
- Aarjan Khadka - 29003, Grade ... 20 June, 2021

हलेसी महादेव नेपालको खोटाङ् जिल्लामा अवस्थित छ । जसलाई हलेसी मराटीका गुफा भनेर पनि चिनिन्छ । हलेसी महादेव नेपालको प्रसिद्ध मन्दिरमध्ये एक हो। यसलाई पूर्वको पशुपतिनाथ पनि भनिन्छ। यो मन्दिर हिन्दू र बौद्ध धर्म मान्नेहरूको पवित्र तीर्थस्थल हो।
हलेसी महादेव मन्दिरमा  मन्दिरभित्र हलेशी महादेवले गुफा बासस्थानको लागी प्रयोग गरेका छन्  भन्ने विश्वास गरिन्छ । याे गुफा दूधकोशी र सुनकोशीको पवित्र नदीहरू बीच रहेकाे छ । यस गुफामा विभिन्न समारोह र उत्सवको आयोजन गरिन्छ। विशेष चाडपर्व जस्तै महाशिवरात्री र बालाचतुर्दशीका अवसरमा विभिन्न मेला लाग्छ। यो एक प्रसिद्ध पर्यटकीय गन्तव्यस्थल हो। यसको प्रवेशद्वार आधा चन्द्रमाको आकारको छ र पूर्वतिर फर्किएको छ। यस ठाउँको मौसम चिसो छ र वर्षा भइरहन्छ। यस मन्दिर र गुफामा मानिसहरू प्राकृतिक सौन्दर्यको पूजा र आनन्द लिन आउँछन्। 
 याे गुफालाई भगवान शिवको तीन आँखाको रूपमा लिइन्छ। ठुलाे गुफाभित्र त्यहाँ थुप्रै साना गुफाहरू छन्। यो गुफा प्रसिद्ध तीर्थस्थल हो।
 


Read More
भेदभाव
- Shreevaani Dhungel - 29044, G ... 16 June, 2021

भेदभावको अर्थ के होला त ? भेदभावलाई  हामी  देख्न सक्दैनौं तर हामी यसलाई अनुभव मात्र गर्न सक्दछौं । भेदभाव भनेको त्यस्तो व्यवहार हो, जहाँ हामीले आफूले अरुकाे तुलनामा फरक व्यवहार पाउँछाैँ।   भेदभाव विभिन्न   रूपमा देख्न सकिन्छ । जस्तै छाेरा र छाेरीबीच, छाेरी र बुहारीबीच यसै गरी जातका नाउँमा भेदभाव आदि । मानिसहरूले  छोरीलाई स्कूलमा नपठाएर काममा लगाउने, अरूकाे घरमा जाने जात भन्ने गर्छन् । कडा परिश्रम गराउने उनीहरूलाई  बालविवाह गराउने गर्छन् तर छाेरालाई माया, शिक्षा र अवशरमा कुनै कमी गराउँदैैनन्।  यसैगरी हाम्राे समाजमा छाेरी र बुहारीमा पनि फरक व्यवहार गरिन्छ । २१‍औँ सताब्दीमा पनि जातका नाउँमा गरिने अमानवीय व्यवहार पनि हामीले देख्छाैँ। 
अहिलेकाे समाज पहिलाकाे तुलनामा धेरै परिवर्तन भइसकेकाे छ । अझै कहीँकहीँ अशिक्षा र अज्ञानताका कारणले यस्ता कुराहरू भइरहेका छन् । अब यसकाे अन्त्य हुनुपर्छ र समान वा भेदभावरहित समाजकाे निर्माण हुनुपर्दछ ।
 हामी धेरै भाग्यशाली छौं कि हामी शिक्षा प्राप्त गर्न पाइरहेका छाैँ  र हामीमा कुनै भेदभाव गरिएको छैन । त्यसैले हामीले हाम्रा  शिक्षक, परिवारजनलाई धन्यवाद दिनुपर्दछ ।
 


Read More
चिडियाखाना खाना
- Bishakha Upadhyay - 30010, Gr ... 14 June, 2021

चिडियाखानालाई हामी चिडियाघर पनि भन्दछाैँ । जङ्गलमा पाइने जनावरहरू हामी चिडियाखानामा पनि देख्न सक्छौं । चिडियाखानामा जनावरहरूलाई खाना र खाना र पानीको व्यवस्था गरिदिएका हुन्छन् । उनीहरुलाई चिडियाखानामा  सुरक्षित राखिन्छ । टाढाबाट मानिसहरु चिडियाखाना घुम्न र हेर्न आउँछन् । चिडियाखानामा जनावरहरू मात्र होइन ; चराचुरुङ्गी हरुलाई पनि राखिएको हुन्छ । चिडियाखानामा हामी हात्ती, बाघ, जरायो, गैंडा आदि जनावरहरू नजिकैबाट देख्न सक्छौं। ठूलाठूला चरालाई पनि हेर्न सक्छौं चिडियाघर रमाइलो हुन्छ । म चिडियाखानामा जरायो सिंह आदि जनावरलाई देखेको छु । चिडियाखानामा जनावरहरूलाई राम्रोसँग तार लगाएर खोर बनाई भित्र राखिएको हुन्छ । चिडियाखानामा हरियाली पनि हुन्छ । हामीले चिडियाखानाका जनावरहरूलाई जथाभावी चलाउनु हुँदैन । त्यहाँ जनावरहरुकाे स्याहारसुसार गर्नका लागि  मानिसहरुलाई खटाइएकाे हुन्छ ।
 


Read More
निषेधआज्ञा
- Subhaya Shrestha - 29035, Gra ... 13 June, 2021

हामीले अघिल्लाे वर्ष पनि लकडाउनकाे अनुभव गरिसकेका छौँ ।  त्यसैगरी यो वर्ष पनि हामी निषेधाज्ञामा छौँ ।  हामीले निषेधाज्ञामा राम्रा र नराम्रा दुवै अनुभव बटुलेका छौँ ।  अहिले हामी घरमा बसेर अनलाइन कक्षाहरू  लिइरहेका छौँ, जुन हाम्रो लागि धेरै उपयुक्त रहेको छ। यसले हामीलाई धेरै कुरा सिकाएको छ।  जस्तो परिस्थितिमा पनि हामी एकजुट भएर धैर्यताका साथ यॊ  अप्ठ्याराे समयलाई जित्नु पर्छ।  
मैले निषेधाज्ञामा धेरै व्यवहािक ज्ञान  सीकेँ।  मैले मामुलाई भान्साघरमा पकाउन सहयोग गरेँ।  मैले चिया, अन्डा, तरकारी बनाउन सिकेँ । निषेधाज्ञा हामीले हाम्रो परिवारसँग समय बिताउन पाएका छाैँ ; जुन यसकाे राम्राे पक्ष हाे । 
 


Read More