Logo

Student Corner

वातावरण दिवस

Written by: Sujeev Sapkota - 33056, Grade IV

Posted on: 04 October, 2024

हाम्रो वरपरका सबै सजीव र निर्जीव चिजहरू वातावरणभित्र पर्दछन् । हावा, पानी, आकाश, घर, भवन आदि वातावरणकf केही अंशहरू हुन् । हामी मानिसहरू पनि वातावरणको एक भाग हौँ । वातावरणको संरक्षण गर्‍याैँ भने मानिसलाई नै सबैभन्दा धेरै फाइदा हुन्छ । वातावरण दिवस भन्नाले वातावरणको संरक्षण गर्नका लागि मानिसहरूमा जनचेतना जगाउन विभिन्न कार्यक्रमहरू गरी मनाउने दिवस हो । यस दिनमा वातावरणलाई प्रदूषण बनाउँदा त्यसबाट मानिस, जीवजन्तु र बोटबिरुवामा पर्ने असरहरूका बारेमा छलफल हुन्छ । वातावरणको संरक्षण गर्न सबैजनाले निभाउनुपर्ने भूमिकाको बारेमा पनि छलफल हुन्छ । वातावरणलाई स्वच्छ, सफा र हराभरा राख्नुपर्ने वातावरण दिवसको प्रमुख उद्देश्य हुन्छ। वातावरण प्रदूषणले गर्दा मानिसहरूमा विभिन्न किसिमका राेगहरू देखा पर्छन् । वातावरण दिवसले मानिसमा देखापर्ने यस्ता समस्याहरूको समाधान गर्न मद्दत गर्छ। वातावरणको संरक्षण गर्न सम्पूर्ण मानिसहरूलाई सचेत बनाउने काम वातावरण दिवसले गर्छ । वातावरण दिवसलाई हामी सबैजना मिलेर सफल पार्न सकेमा हाम्रो वातावरणको र सम्पूर्ण प्राणी जगतको भलो हुन्छ ।