Logo

Student Corner

काठमाडौँ

Written by: Rehan Shrestha - 32012, Grade V

Posted on: 03 October, 2024

नेपालमा ७७ जिल्ला छन् । तीमध्ये एक हो काठमाडौँ। काठमाडौँ जिल्ला नेपालको राजधानी हो । काठमाडौँ बागमती प्रदेशमा पर्दछ। काठमाडौँका मेयर बालेन्द्र शाह हुन् । उपमेयर सुनिता डंगोल हुन् । काठमाडौँमा विभिन्न जातजाति, भाषाभाषी र धर्म संस्कृतिका मानिसहरू बसोबास गर्छन् । काठमाडौँमा  विशेष गरी नेवारी समुदायका मानिसहरूको बसोबास रहेको छ। काठमाडौँ अत्यन्तै राम्रो छ।  यो पहाडी जिल्ला हो । काठमाडौँ उपत्यकाभित्र काठमाडौँ, ललितपुर र भक्तपुर पर्दछन् । काठमाडौँ जिल्लाको वरिपरि हरिया वनजङ्गल रहेका छन् । काठमाडौँबाट हिमाल पनि देखिन्छ । काठमाडौँलाई मन्दिरै मन्दिरको सहर पनि भनिन्छ । काठमाडौँमा धेरै मठ मन्दिरहरू रहेका छन् । काठमाडौँ जिल्ला घुम्नको लागि धेरै मानिसहरू विभिन्न ठाउँबाट आउँछन् । काठमाडौँमा घुम्न लायक ठाउँहरू छन् । जस्तैः पशुपतिनाथ, स्वयम्भूनाथ, चन्द्रागिरि, बौद्धनाथ, वसन्तपुर दरबार, नारायण हिटी संग्रहालय, काष्ठमण्डप, भद्रकाली मन्दिर, घण्टाघर, धरहरा आदि । यहाँ धेरै कुराको सुख सुविधा छ । काठमाडौँमा जागिरका अवसर पाइन्छन् । यहाँ धेरै स्कुल कलेजहरू छन् । अस्पतालहरू पनि छन् । खेलमैदान पनि छन् । यहाँको बाटो सफा र फराकिलो छ । बाटाको छेउछेउमा फूल र रुख रोपिएको छल। काठमाडौँमा धेरै होटल र रेस्टुरेन्टहरू छन् । काठमाडौँ घुम्न भने विदेशी पर्यटकहरू आउँछन् । काठमाडौँमा खेल मैदान पनि छन् । संसद भवन पनि काठमाडौँमै छ । सिनेमा घरहरू पनि छन् । ठाउँ ठाउँमा पार्क र बगैँचाहरू छन् । काठमाडौँमा धेरै चाडपर्व मनाइन्छ । विशेष गरी इन्द्रजात्रा , गाइजात्रा र घोडेजात्रा पर्व काठमाडौँ उपत्यकामा मनाइन्छ । काठमाडौँको हावापानी राम्रो छ । काठमाडौँका नदीनाला चाहिँ फाेहाेर छन् । काठमाडौँमा ७७ जिल्लाकै मानिसहरू बसोबास गर्छन् । काठमाडौँको बाटाबाटामा बिजुली बत्ती राखिएको छ । काठमाडौँ रातिमा पनि झिलिमिली देखिन्छ । यो एक पर्यटकीय सुन्दर सहर हो ।