Logo

Student Corner

विश्व वातावरण दिवस

Written by: Sarun Maharjan - 33029, Grade IV

Posted on: 30 September, 2024

विश्व वातावरण दिवस विश्वभरि नै मनाइन्छ । विश्व वातावरण दिवस जुनको ५ तारिखमा मनाइन्छ। विश्व वातावरण दिवस वातावरण प्रदूषण नगर्ने, खोलानालामा फोहोर नफाल्ने, वातावरण स्वच्छ राख्ने, रुख रोपेर जताततै हरियाली बनाउने, प्लास्टिक र अन्य फोहोरलाई जथाभावी नफाल्ने जस्ता सन्देश दिन मनाइन्छ । यस दिनमा हामी रुखहरू रोप्छौँ । वन संरक्षण गर्छौं । बिरुवाहरूलाई पानी दिन्छौँ । विश्व वातावरण दिवस सन् १९७३ देखि सुरु भएको हो । हामीले वातावरण सफा राख्नुपर्छ । नेपालमा पानीको मुहान सफा गरेर, बिरुवाहरूलाई पानी दिएर, वन संरक्षण गरेर, बाटोमा फोहोर नफाल्ने जस्ता कार्यक्रम गरेर विश्व वातावरण दिवस मनाइन्छ । विश्व वातावरण दिवस नेपालको सबैभन्दा ठुलो अन्तर्राष्ट्रिय पर्व हो । हामीले विश्व वातावरण दिवसमा मात्र वातावरण स्वच्छ राख्ने होइन । जहिले पनि आआफ्नाे समुदाय स्वच्छ र सफा राख्नुपर्छ ।