Logo

Student Corner

Articles

मेरो बाल्यकाल
- Niharika Shrestha - 22022, Gr ... 23 February, 2021

सबैको जीवनमा बाल्यकाल सबैभन्दा रमाइलो र यादगार समय हो । कसैले पनि बाल्यकालका घटनाहरू बिर्सिन सक्दैनौँ चाहे ती सुखद हाेउन् वा पीडादायी । बाल्यकाल त्यो समय हो जसले भविष्यलाई आकार दिन्छ । सबैका आआफ्नै अनुभव हुन्छन् र ती अनुभवहरूलाई हामीले जीवनभरि नै सम्झन्छौँ । यसबाहेक यो जीवनको सुनौलो अवधि हो जसमा हामी नैतिक मूल्य, अनुशासन आदि सिक्न सक्छौँ । 

मेरो बाल्यकालको बारेमा कुरा गर्दा म काठमाडौँमा जन्मेर हुर्किएकी हुँ । म मेरा आमाबुबाकी एक्ली सन्तान हुँ, यद्यपि म एक्ली छाेरी हुँदा पनि मलाई त्यस्तो एकाकीपन महसुस भएन किनभने हामी संयुक्त परिवारमा बस्छौँ । मेरा दुईजना दाइ, एउटा भाइ र एउटी बहिनी छन् । हामी सबै बच्चामा निक्कै खेल्थ्यौँ । हामीले यति धेरै सम्झनाहरू बनाएका छौँ कि हामी अहिले ती घटना सम्झिँदै हाँस्दछौँ । हामी फुटबल, लुकाछुपी, दौड र अन्य धेरै खेलहरू खेल्थ्यौँ । एउटै घरमा सबै परिवार बस्दा छुट्टै रमाइलो हुन्छ । सबै चाडपर्व सँगै मनाउन पाइन्छ । बाल्यकालमा मलाई दसैँ, तिहार र होली निक्कै मन पर्थे । होलीमा हामी सबै बच्चाहरू मिलेर एकअर्कालाई रङ्ग लगाउँथ्यौँ, पानी छ्याप्थ्यौँ अनि घरमा निक्कै रमाइलो वातावरण हुन्थ्यो । हामीलाई हाम्रो हजुरबुवाले घुमाउन लग्नु हुँदा निक्कै खुसी लाग्थ्यो । हजुरआमाले पनि हामीलाई चकलेटहरू किनिदिनुहुन्थ्यो र हामी सबै मिलेर खन्थ्यौँ । हामी बच्चाहरू छुट्टाछुट्टै विद्यालयमा पढ्थ्यौँ त्यसकारण कसैको एक दिन छुट्टी हुँदा अरूको हुँदैनथ्यो अनि हामीमध्ये एकजनाको छुट्टी भयो भने हामी सबै विद्यालय जानु परेकामा रुन्थ्यौँ । आहिले यो सबै सोच्दा निक्कै हाँसो लाग्छ । मेरो बाल्यकाल मामाघरमा पनि निक्कै बित्यो । मलाई मामाघर जान निक्कै रमाइलो लाग्थ्यो र अझ पनि लाग्छ । लामो बिदा हुनेबित्तिकै म मामाघर गइहाल्थेँ । त्यहाँ मेरी हजुरआमाले मलाई एकदम माया गर्नुहुन्छ र उहाँको हातबाट बनेकाे मिठो खाने कुरा मलाई एकदमै मन पर्छ । मेरा आमाबुबासँगको सम्बन्ध निक्कै घनिष्ट थियो र अझ पनि छ । उहाँहरूले बाल्यकालमा मलाई चाहिएका कुराहरू, मेरा इच्छाहरू सबै पुरा गर्दिनुहुन्थ्यो । नराम्रो कुरा गरेमा गाली पनि गर्नुहुन्थ्यो । यसरी नै मैले राम्रो र नराम्रो कुराबिचकाे फरक थाहा पाएँ । 

मेरो बाल्यकालका दिनका सम्झनाहरू मेरो दिमागमा अझै ताजा छन् । बाल्यावस्था पक्कै पनि मेरो जीवनको मन पर्ने चरण हो । यी सबै सम्झनाहरू म सधैँ मस्तिष्कमा साँचिराख्ने छु । कहिलेकाहीँ ती रमाइला दिनहरू फिर्ता आउन् जस्तो पनि लाग्छ तर हामीसँग आहिले बाँकी रहेका कुरा भने ती क्षणका यादहरू मात्र हुन् । बाल्यकालका दिनहरू र तिनकाे सम्झना म कहिले बिर्सिन सक्दिनँ । 


Read More
बालबालिकाहरूमा इन्टरनेटकाे प्रभाव
- Jubin Maharjan - 22026, Grade ... 22 February, 2021

इन्टरनेट कम्प्युटरको सबैभन्दा ठुलो विश्वव्यापी सञ्चार नेटवर्क हो । आजकल धेरै मानिसहरू इन्टरनेटमा निर्भर छन् । इन्टरनेट सर्फिङ्ग अब धेरै सजिलो छ । लगभग सबै देशहरू, गाउँहरू, सहरहरूमा इन्टरनेट उपलब्ध छ । इन्टरनेट एक धेरै उपयोगी उपकरण साबित भएको छ I यसले हामीलाई संसारको कुनै पनि कुनामा रहेका मानिससँग कुराकानी गर्न सम्भव बनाएकाे छ । यसले हामीलाई नयाँ व्यक्तिहरू भेट्न र नयाँ ठाउँहरू पत्ता लगाउनको लागि अनुमति दिँदै छ जसका बारेमा हामी अझ सचेत थिएनौँ । इन्टरनेट सजिलैसँग सबैका लागि पहुँचयोग्य छ किनकि यो सस्तो उपकरण हो I

आजकल मानिसहरू सजिलैसँग इन्टरनेटको प्रयोगबाट सिक्न सक्छन् I इन्टरनेटमा धेरै उपयोगी जानकारी छ जसले बच्चाहरूलाई आज सजिलोसँग सिक्न मद्दत गर्दछ I इन्टरनेटले बच्चाहरूमा राम्रोका साथसाथै नराम्रो प्रभाव पनि पार्छ । इन्टरनेट र कम्प्युटरहरूको अव्यवस्थित प्रयोग धेरै हानिकारक हुन सक्छ । बच्चाहरू कम्प्युटर स्क्रिनहरूको अगाडि घण्टाैँसम्म साइटहरू र कार्यक्रमहरू हेर्दै, भिडियो गेमहरू खेल्दै बस्दा उनीहरूको दिमागमा प्रतिकूल प्रभाव पर्न सक्छ । कम्प्युटरको अगाडि लामो समय बसिरहँदा बढ्दो उमेरका बच्चाहरूलाई यसले शारीरिक रूपले कमजोर बनाउँछ । इन्टरनेटले बच्चाहरूलाई मानसिक प्रभाव पनि पार्न सक्छ । इन्टरनेटले बच्चाहरूलाई राम्रा र नराम्रा दुवै किसिमका जानकारीहरू देखाउँदछ । यदि बच्चाहरूले इन्टरनेटमा के ठिक र के गलत भन्ने कुरा छुट्याउन सकेनन् भने यसले उनीहरूमा नकारात्मक प्रभाव पार्न सक्छ ।  

इन्टरनेटका राम्रा र नराम्रा दुवै पक्षकाे प्रभाव मानिसमा देख्न सकिन्छ I इन्टरनेटको प्रयोग कसरी हुन्छ भन्ने कुरा चलाउने मानिसमा निर्भर गर्दछ तर यो निर्णय बालबालिकाहरूले लिन सक्दैनन् I त्यसैले इन्टरनेट प्रयोग गर्दा तिनीहरूका अभिभावकहरू अगाडि हुनु आवश्यक छ I त्यसपछि मात्र बालबालिकाहरूले इन्टरनेटलाई सकारात्मक कार्यका लागि प्रयोग गर्न सिक्छन् I


Read More
कलेजमा‌ ‌मेरो‌ ‌पहिलो‌ ‌अनुभव‌
- Ishu Shiwakoti - 22009, Grade ... 21 February, 2021

कलेज‌ ‌जाने‌ ‌र‌ ‌पढ्ने‌ ‌मेरो‌ ‌बच्चै‌‌देखिको‌ ‌सपना‌ ‌थियो ‌तर‌ ‌यो‌ ‌साल‌ ‌कोरोनको‌ ‌महामारीले‌ ‌यो‌ ‌सम्भव‌ ‌हुन‌ ‌सकेको‌ ‌थिएन ।‌ ‌अन्त्यमा‌ ‌६/७‌ ‌महिनापछि‌ ‌हाम्रो‌ ‌कलेज‌ ‌खुलेको‌ ‌थियो ।‌ ‌म‌ ‌पहिलो‌ ‌पटक‌ ‌कलेज‌ ‌जानको‌ ‌लागि‌ ‌धेरै‌ ‌उत्साहित‌ ‌थिएँ ।‌ ‌उही ‌समयमा ‌म‌ ‌थोरै‌ ‌घबराएँ‌ ‌किनभने‌ ‌हाम्रो‌ ‌पहिलो‌ ‌दिनमा‌ ‌परीक्षा‌ ‌थियो ।‌ ‌परीक्षा‌ ‌पनि‌ ‌भौतिक‌ ‌विज्ञानको ।‌ ‌कलेज‌ ‌जाने‌ ‌उत्साहमा‌ ‌मैले‌ ‌राम्रो‌‌सँग‌ ‌केही ‌पढेकी ‌पनि‌ ‌थिइनँ ।‌ ‌त्यो‌ ‌दिन‌ ‌बिहान‌ ‌९‌ ‌कहिले‌ ‌बज्छ‌ ‌र‌ ‌म‌ ‌घरबाट‌ ‌निस्किऊँ ‌जस्तो‌ ‌भइसकेको‌ ‌थियो ।‌ ‌म ‌गाडीबाट‌ ‌उत्रेँ ।‌ ‌उत्रिने‌बित्तिकै‌ ‌मैले‌ ‌मेरो‌ ‌साथी‌‌लाई‌ ‌भेटेँ ।‌ ‌हामी‌ ‌भित्र‌ ‌पस्याैँ ।‌ ‌कुन‌ ‌क्लास,‌ ‌कुन‌ ‌तला,‌ ‌कहाँ‌ ‌जाने‌ ‌केही ‌पनि‌ ‌थाहा‌ ‌थिएन ।‌ ‌बल्ल‌तल्ल‌ ‌हामी‌ले ‌हाम्रो‌ ‌कक्षा‌ ‌पत्ता‌ ‌लगायौँ ।‌ ‌ ‌

म‌ ‌मेरा‌ ‌नयाँ‌ ‌साथीहरूलाई‌ ‌भेट्न‌ ‌एकदम‌ ‌उत्साहित‌ ‌थिएँ ।‌ ‌कक्षामा‌ ‌पुग्दा‌ ‌लगभग‌ ‌सबै‌जना‌ ‌आइसकेका‌ ‌थिए ।‌ ‌पहिलो‌ ‌पल्ट‌ ‌कक्षामा‌ ‌जान‌ ‌त‌ ‌कस्तो‌ ‌लाज‌ ‌लागेको‌ ‌थियो ।‌ ‌हामी‌ ‌एक‌ अर्काको‌ ‌मुख‌ ‌हेर्दै‌ ‌भित्र‌ ‌गयौँ ।‌ ‌त्यत्रो‌ ‌६/७‌ ‌महिनादेखि ‌देखेका ‌साथीहरूलाई ‌चिन्नै‌ ‌गार्हो‌ ‌भयो ।‌ ‌अनलाइन‌ ‌कक्षामा‌ ‌भिडियो‌ ‌खोल्दा‌ ‌मात्र‌ ‌देखेकी ‌थिएँ ।‌ ‌त्यसमाथि‌ पनि ‌सबैले‌ ‌मास्क‌ ‌लगाका‌ ‌थिए ।‌ साथीहरूलाई‌ ‌भेटेर‌ ‌अलि‌ ‌अलि‌ ‌पढेको‌ ‌पनि‌ ‌परीक्षा‌ ‌दिने‌ ‌बेला‌सम्म‌ ‌सबै‌ ‌बिर्सिसकेछु ।‌ ‌बल्ल‌ ‌तल्ल‌ ‌पास‌ ‌हुने‌ ‌गरी ‌चाहिँ ‌लेखेँ ।‌ ‌त्यसपछि‌ ‌हामी‌ ‌एकछिन‌ ‌गफ‌गाफ‌ ‌गरेर‌ ‌घर‌ ‌फर्कियौँ ।‌ ‌मेरो‌ ‌कलेज‌ ‌जाने‌ ‌सपना‌ ‌पनि‌ ‌पुरा‌ ‌भएकोमा‌ ‌म‌ ‌धेरै‌ ‌खुसी‌ ‌थिएँ ।‌ ‌२‌ ‌हप्ता‌‌पछि‌ ‌हाम्रो‌ ‌परीक्षा‌ ‌सकियो ।‌ ‌३‌ ‌दिन‌ ‌खेलकुद‌ ‌भयो‌ ‌अनि‌ ‌हामी‌ ‌कलेजमै‌ ‌गएर‌ ‌पढ्न‌ ‌थाल्याैँ ।‌ ‌ ‌

मेरो‌ ‌कलेजका ‌शिक्षक‌ ‌र‌ ‌शिक्षिकाहरू ‌पनि‌ ‌निकै‌ ‌मिल्ने‌ ‌हुनुहुन्छ ।‌ ‌एकदम‌ ‌राम्ररी‌ ‌बुझाएर‌ ‌पढाउनु‌‌हुन्छ ।‌ ‌हँसीमजाक‌ ‌पनि‌ ‌गराउनु‌हुन्छ ।‌ ‌यस्ताे वातावरण ‌पाएपछि‌ म ‌राम्ररी‌ ‌कलेज‌ ‌गएर‌ ‌पढ्न‌ ‌थालेकी छु ।‌ बिहान‌ ‌९‌ ‌बजे‌देखि‌ ‌बेलुका‌ ‌४‌ ‌बजे‌सम्म‌ ‌कलेजमै‌ ‌हुँदा‌ ‌घर‌ ‌आएपछि‌ ‌सारै‌ ‌थाक्छु ‌तर‌ ‌के ‌गर्नु, गृहकार्य‌ ‌पनि‌ ‌गर्नै‌पर्यो ।‌ ‌गृहकार्य‌ ‌सक्दा‌ ‌९‌ ‌बज्छ ।‌ ‌एकछिन‌ ‌किताब‌ ‌हेरेर‌ ‌सुत्दा‌ ‌ठिक्क‌ ‌हुन्छ ।‌ ‌यसरी‌ ‌७‌ ‌महिनासम्मको‌ ‌अनलाइन‌ ‌क्लास‌पछि ‌आफ्ना‌ ‌साथी‌भाइहरूलाई‌ ‌भेट्दा ‌निकै‌ ‌रमाइलो‌ ‌महसुस‌ ‌भयो ।‌ ‌ ‌


Read More
Importance of Reading Books
- Ishu Shiwakoti - 22009, Grade ... 21 February, 2021

Reading enhances our language skills and allows us to express our feelings and thoughts in a better way. It also helps to speak fluently without any disturbance. Reading a book and writing a book review also help to improve our writing skills. My college also gives one English and one Nepali book every month which we are supposed to read. And at the end of the month, we should submit the book review and give a test. This was very hard for me in the beginning, but it helped me a lot in getting an analytical mind.

Reading books is a very good practice. I got to know many English words which I hadn’t heard before. I developed positive thinking within myself. It developed my mind and gave me excessive knowledge which is very important in life. It also improved my communication skills and vocabulary. It boosted my imagination and creativity level. Reading books enhances your knowledge. A good book reduces your stress and gives you courage. A whole world is inside a book. If you read books daily, I am sure you will improve yourself.

Reading books also helps you in your higher studies. If you wanna go abroad for studies or any other purpose, you will have to write a CV and a personal essay. It also helps you to keep patience and develop analytical skills. This will also help them to improve their academic performances and they can learn more in very little time. Books are the real best friend of any student who wants to learn new things around the world.


Read More
My experience of the earthquake
- Kabin Rijal - 22010, Grade X ... 18 February, 2021

It was the morning of the day. I was very happy that I don’t need to go to school because of Saturday. So, me and my brothers made a plan to enjoy that day by visiting the Swayambhunath. I was very excited at that time because I got a chance to wear my new clothes which I had bought in the new year. According to the plan, we visited the Swayambhunath. The base of the temple was not captivating for me because I had already visited so many times, so we went to the top. At the top, we saw two monkeys playing and my brother started teasing those monkeys but after a few seconds, he got a slap from a monkey. After getting a slap from a monkey we thought that it was enough for us to stay there and moved ahead observing the scene.

At the stupa, I saw a transgender woman who was a photographer from Norway. She was very humble and she asked us for a photo. After taking a photo, we went to that telescope tower from where we could see the whole Kathmandu valley nearby. We enjoyed the full view of Kathmandu valley and we also saw 'dharahara' from it. After that, we went back to the stupa and we started shopping. As we were on our own, fun filling, suddenly I felt a massive tremble in the ground which I got to know was an earthquake. I could not easily decide that it was an earthquake because I had never experienced that kind of shake before. There were crackling sounds coming from around me. After that massive shake, we came back to the base of the temple. The road was already cracked, People were crying, desperately running to save their lives and their loved ones. Suddenly we got to find the main road to take a bus home. I was shocked by the devastation around me. There was only dust all over. Finally, we came back home. My house also had cracks in the basement but the only good thing was my parents were unharmed and safe. Now it was time to find a free space for us to stay temporarily at night. We managed to stay on a small ground nearby my house which was somehow safer than the house so we all packed up a few blankets, a pillow, and a light mattress for taking a night outside there. That was the day I will never forget.


Read More
आत्मविश्वास
- Niharika Shrestha - 22022, Gr ... 17 February, 2021

हामी मानिसको जीवनमा खानपिन, बस्नको लागि घर अनुशासनजस्ता कुराहरू त महत्त्वूर्ण छन् नै तर तीमध्ये आत्मविश्वास पनि एउटा महत्त्वूर्ण कुरा हो । आत्मविश्वास भनेको आफैँलाई चिन्ने साहस हो । तपाईं आफैँमा विश्वास गर्नुहोस् र आफ्ना विश्वासहरूमा कार्य गर्नुहोस् । आत्मविश्वासको परिभाषा भनेको आफू र संसारको बारेमा सकारात्मक भावना हो जसमा हिम्मतपूर्ण कार्यहरू हुन्छन् । धेरै मानिसहरू आफैँमा आत्मविश्वासको कमी हुन्छ। एक खुसी र सफल जीवनका लागि आत्मविश्वासले महत्त्वपूर्ण भूमिका खेल्छ । 

धेरै कारणहरूले आत्मविश्वास महत्त्वपूर्ण छ । सबैभन्दा पहिले, जब हामी आत्मविश्वासी हुन्छौँ, यसको मतलब यो हो कि हामी आफैँलाई विश्वास गर्दै छाैँ । हामीसँग आफ्नो क्षमता र निर्णय लिने कौशलमा पूर्ण विश्वास छ । अझ ठुलो कुरा त आत्मविश्वासले हामीलाई आत्मशङ्का र नकारात्मक विचारबाट स्वतन्त्रताको अनुभव गर्न मद्दत पुर्‍याउँछ । हामीमा आत्मविश्वास भएमा जीवनमा आफूलाई चाहिएका सबै कुरा प्राप्त गर्न सक्छौँ । आत्मविश्वासले हाम्रो जीवनमा सकारात्मक प्रभाव ल्याउँछ । आत्मविश्वासले हाम्रा लक्ष्यहरू प्राप्त गर्न मद्दत गर्दछ । आत्मविश्वास भएको व्यक्ति एक्लैले आफ्नो जीवनका सबैभन्दा ठुला समस्या वा चुनौतीहरूको सामना गर्न सक्दछ । आत्मविश्वास लक्ष्यहरू प्राप्त गर्न र तपाईंका चाहनाहरू पुरा गर्न धेरै उपयोगी र महत्त्वपूर्ण छ । आत्मविश्वासबिना जीवनमा व्यक्तिले उसको लक्ष्य प्राप्त गर्न सक्दैन किनभने आत्मविश्वस्तकै कारण व्यक्ति स्वतन्त्र, उत्सुक, आशावादी, मायालु र सकारात्मक स्वभावकाे हुन्छ । आत्मविश्वासको कमी भएको व्यक्ति बिल्कुल विपरीत हुन्छ । ऊ पृथक, निकृष्ट, उदास, भ्रमित र आलोचना र असफलताको लागि संवेदनशील हुन्छ । यसको मतलब यो होइन कि एक विश्वस्त व्यक्तिले जहिले पनि जीवनमा सफलता प्राप्त गर्दछ तर उसले जीवनका चुनौतीहरूलाई सकारात्मक रूपमा लिन्छ । 

आत्मविश्वास सुधार गर्ने पहिलो र मुख्य तरिका सकारात्मक सोच्नु हो । सकारात्मक सोच्ने व्यक्ति खुसी, आशावादी, स्वस्थ र शक्तिशाली हुन्छ । हामीले सकेसम्म सधैँ सकारात्मक सोच्नुपर्छ । सकारात्मक सोच भएका मानिसहरूले जीवनमा आफूले चाहेका लक्ष्यहरू प्राप्त गर्न सफल हुने सम्भावना धेरै हुन्छ । सकारात्मक सोच भएको मानिस सधैँ जीवनमा खुसी भएको हामी देख्छौँ । केही नराम्रो समय चलिरहेको छ भने पनि सकारात्मक सोचले त्यसलाई हटाउन सक्न खोज्नुपर्छ। सकारात्मक सोचले जीवनको परिप्रेक्ष्यलाई परिवर्तन गर्दछ । जीवनमा केही कुरामा हारिएको छ भने पनि त्यस हरबाट केही सिक्नुपर्छ । निरास भएर आशा गुमाउनु हुँदैन । आत्मविश्वास मानिसमा हुनु सोचेको जस्तो सजिलो हुँदैन । त्यसकारण हामीले बिस्तारै आत्मविश्वास बढाउने प्रयास गर्नुपर्छ । एक व्यक्ति जो विश्वस्त छ, जीवनका विभिन्न सुविधाहरूको आनन्द लिन सक्षम छ । ऊ कार्यस्थलको साथसाथै घरमा पनि कुनै प्रकारका चुनौतीहरूको सामना गर्न सक्षम छ । ऊ असफलतासँग डराउँदैन, ऊ असफल भए पनि उसलाई साहस मिल्ने छ र आफूले चाहेको कुरा हासिल गर्न कडा मेहनत गर्ने छ । यहाँ धेरै व्यक्तिहरू आत्मविश्वास भएका छन् र यसै गुणका कारण सफलता प्राप्त गर्दै छन्, यद्यपि आत्मविश्वास नभएका व्यक्ति चिनिनका लागि जहिले पनि कठिन सङ्घर्ष गरिरहन्छन् । 

हाम्रो जीवनको हरेक मार्गमा आत्मविश्वास आवश्यक छ । आत्मविश्वास सफलताको कुञ्जी हो र यसले एक व्यक्तिको जीवनमा महत्त्वपूर्ण भूमिका खेल्छ । आजकल समाजमा त्यस्ता व्यक्तिहरूका लागि कुनै ठाउँ छैन जो आफैँलाई अभिव्यक्त गर्नमा पर्याप्त विश्वास गर्दैनन् । आफूमाथि विश्वास भएमा केही पनि कुरा असम्भव छैन । मेहेनतका साथसाथै आफूमाथि विश्वास भए जे कुरा पनि हासिल गर्न सकिन्छ । साना बालबालिकादेखि बुढापाकासम्म सबैमा आत्मविश्वास हुनुपर्दछ । त्यसकारण खुसी रहन र जीवनमा सफलता प्राप्त गर्न आत्मविश्वास आवश्यक छ । 


Read More
Pokemon
- Subham Regmi - 2022014, Grade ... 16 February, 2021

Pokemon is one of every of the most important and hottest media franchises within the world. Pokemon started as an RPG(Role Playing Game). The primary games within the Pokemon series were Pokemon Red and Pokemon green. They were released in Japan on February 27, 1996. The games within the Pokemon franchise are developed by Game Freak and published by Nintendo on their handheld consoles.

Pokemon could be a game where you've got to battle against monsters using similar monsters. Each monster gets to maneuver in turns where you'll attack or apply buffs and debuffs. At the beginning of the sport, you get to decide on three different pokemon referred to as starter pokemon. Pokemon can attack one another using differing types. The pokemon themselves are of various types. Attacks from some types are super effective (deal double damage) against other types while some types resist (damage is halved) the attacks of other types. The sorting system makes up a fancy battle mechanic that's fun moreover. You get to possess a celebration consisting of 6 pokemon which you'll absorb in battle. Items referred to as pokeballs are wont to capture wild pokemon that may be encountered once you move into the tall grass. You get challenged by various trainers along the way. You can not progress unless you beat those trainers. The main goal of this game is to gather badges from the gyms located within the map. Collecting those badges qualifies you to challenge the ¨Elite 4¨ who are the 4 best trainers within the game.

Since the discharge of Pokemon Red and Green, many other main series games have been released. Each generation introduces a new pokemon making a complete of 896 pokemon. The pokemon franchise also includes a card game and an anime. All of which are extremely popular around the globe.


Read More