Logo

Student Corner

महिला

Written by: Sinja Ghimire - 21125, Grade XII

Posted on: 18 February, 2021

भन्छन् महिलाहरूको कनुनी अधिकार छ 

तर विदेश जान के चालिस नै कट्नुपर्छ ?

के विदेश जान महिलाले नानाथरी गर्नुपर्छ ?

तिमीले त्यो महिला बचाउन गरेका हाै र ?

 

ती खुलेआम बेचिएका एसिड रोक्न सक्दैनौ ?

सरकार ! तिमी किन महिलालाई कैदी बनाउन खोज्दै छाै ? 

त्यो खुलेआम बेचिएको एसिड किन रोक्दैनौ ?

त्यो बलात्कार गर्ने बलात्कारीलाई किन समाउँदैनाै ?

 

तिमीले गर्दा महिलाहरू छोटो लुगा लगाउन पनि डराउँछन्,

के तिमी अब उनीहरूलाई घरबाट निस्किन पनि रोक लगाउँछौ ?

महिला र पुरुष बराबर भनेर नारा लगाउँछौ,

तर के वास्तविक अधिकार पाउने कुरामा दुवै बराबर छन् र ?