Logo

Student Corner

देवता छैनन्

Written by: Sairash Sharma Gautam - 21118, Grade XII

Posted on: 16 February, 2021

भन्छन्, “देवता छैनन्,

कलियुगमा के देवता ?”

 

विज्ञानले साबित गरेको छ रे !

के विज्ञानले सब ब्रह्माण्ड पत्ता लगायो ?

 

हरे ! अधुरो प्रमाणले अरूको आस्थालाई नमार,

तिम्रो विश्वास तिमीसँग राख, तर अहम् नगर ।

 

“तँ गलत होस् मुर्ख” भन्छन् अहम्‌का साथ

त्यसो भए अब मठमन्दिर भत्काऊँ ?

 

“देवता भए साबित गर् न” भने,

साबित गर्न सकिनँ भने पापतिर लाग्नु ?