Logo

Student Corner

बालबालिकाहरूमा इन्टरनेटकाे प्रभाव

Written by: Jubin Maharjan - 22026, Grade XI

Posted on: 22 February, 2021

इन्टरनेट कम्प्युटरको सबैभन्दा ठुलो विश्वव्यापी सञ्चार नेटवर्क हो । आजकल धेरै मानिसहरू इन्टरनेटमा निर्भर छन् । इन्टरनेट सर्फिङ्ग अब धेरै सजिलो छ । लगभग सबै देशहरू, गाउँहरू, सहरहरूमा इन्टरनेट उपलब्ध छ । इन्टरनेट एक धेरै उपयोगी उपकरण साबित भएको छ I यसले हामीलाई संसारको कुनै पनि कुनामा रहेका मानिससँग कुराकानी गर्न सम्भव बनाएकाे छ । यसले हामीलाई नयाँ व्यक्तिहरू भेट्न र नयाँ ठाउँहरू पत्ता लगाउनको लागि अनुमति दिँदै छ जसका बारेमा हामी अझ सचेत थिएनौँ । इन्टरनेट सजिलैसँग सबैका लागि पहुँचयोग्य छ किनकि यो सस्तो उपकरण हो I

आजकल मानिसहरू सजिलैसँग इन्टरनेटको प्रयोगबाट सिक्न सक्छन् I इन्टरनेटमा धेरै उपयोगी जानकारी छ जसले बच्चाहरूलाई आज सजिलोसँग सिक्न मद्दत गर्दछ I इन्टरनेटले बच्चाहरूमा राम्रोका साथसाथै नराम्रो प्रभाव पनि पार्छ । इन्टरनेट र कम्प्युटरहरूको अव्यवस्थित प्रयोग धेरै हानिकारक हुन सक्छ । बच्चाहरू कम्प्युटर स्क्रिनहरूको अगाडि घण्टाैँसम्म साइटहरू र कार्यक्रमहरू हेर्दै, भिडियो गेमहरू खेल्दै बस्दा उनीहरूको दिमागमा प्रतिकूल प्रभाव पर्न सक्छ । कम्प्युटरको अगाडि लामो समय बसिरहँदा बढ्दो उमेरका बच्चाहरूलाई यसले शारीरिक रूपले कमजोर बनाउँछ । इन्टरनेटले बच्चाहरूलाई मानसिक प्रभाव पनि पार्न सक्छ । इन्टरनेटले बच्चाहरूलाई राम्रा र नराम्रा दुवै किसिमका जानकारीहरू देखाउँदछ । यदि बच्चाहरूले इन्टरनेटमा के ठिक र के गलत भन्ने कुरा छुट्याउन सकेनन् भने यसले उनीहरूमा नकारात्मक प्रभाव पार्न सक्छ ।  

इन्टरनेटका राम्रा र नराम्रा दुवै पक्षकाे प्रभाव मानिसमा देख्न सकिन्छ I इन्टरनेटको प्रयोग कसरी हुन्छ भन्ने कुरा चलाउने मानिसमा निर्भर गर्दछ तर यो निर्णय बालबालिकाहरूले लिन सक्दैनन् I त्यसैले इन्टरनेट प्रयोग गर्दा तिनीहरूका अभिभावकहरू अगाडि हुनु आवश्यक छ I त्यसपछि मात्र बालबालिकाहरूले इन्टरनेटलाई सकारात्मक कार्यका लागि प्रयोग गर्न सिक्छन् I