Logo

Student Corner

Articles

कम्प्युटर भाइरस
- Sashwat paudel - 2022019, Gra ... 19 January, 2021

कम्प्युटर भाइरस भनेको एक प्रोग्राम हो। जसले आफूलाई प्रतिलिपि गरेर कम्प्युटरको प्रणाली अथवा कम्प्युटरमा भएको जानकारीलाई नष्ट गर्छ। कम्प्युटर भाइरस एक कम्प्युटरबाट अर्को कम्प्युटरमा सजिलै सर्न सक्छ। कम्प्युटर भाइरसका धेरै प्रकार छन्। सबै भाइरसमा हुने समानता भनेको यिनीहरू प्रतिलिपि गर्ने क्षमता राख्छन् र कम्प्युटरलाई हानी  पुर्याउने काम गर्छन्।  

सूचना प्रविधिको बढ्दो विकास र विस्तारसँगै कम्प्युटरको प्रयोग यत्र तत्र सजिलै देख्न सकिन्छ। घरदेखि कार्यालयसम्म यसको प्रयोग हुँदै आएको छ। हामीले आफूलाई आवश्यक परेका कागजातहरू सफ्टकपी कम्प्युटरमा राखेका हुन्छौँ। आजको युगमा कम्प्युटर भाइरसबाट बच्न सकेनौँ भने हामीलाई ठुलो क्षति हुन सक्छ।

वर्तमान समयमा वित्तीय क्षेत्रका सम्पूर्ण काम कम्प्युटरबाट सम्पन्न गरिन्छ। अनलाइन शुल्क भर्ने बेलामा भाइरसले बैँक खाताका प्रमाणहरू प्राप्त गरेर खातामा भएको पैसा प्रयोग गर्न सक्छ। यसै कारणले हामी कम्प्युटर प्रयोग गर्दा सजग हुनुपर्छ । 

यदि कुनै कम्प्युटरमा भाइरस छ, भने यसमा सजिलै लक्षण देख्न सकिन्छ । कम्प्युटर बेला बेलामा एक्कासी आफैँ  रोकिने, रिस्टाट हुने, कम्प्युटर खुल्न धेरै समय लाग्ने,कम्प्युटरमा भएका डाटा हेर्न नमिल्ने आदि कम्प्युटर भाइरसका लक्षण हुन्। भाइरसको  लक्षण भाइरसका प्रकामा र यो निर्माण गर्ने व्यक्तिमा निर्भर हुन्छ। यदि भाइरस निर्मातालाई बैँकका प्रमाणपत्रहरू प्राप्त गर्ने भाइरस  चाहिएको छ भने त्यसका  लक्षण सजिलै देखिन गाह्रो हुन्छ।

कम्प्युटर भाइरसबाट बच्नका लागि हामी अनलाइन हुँदा सचेत रहनुपर्छ। विभिन्न    वेभसाइट चलाउँदा ख्याल गर्नुपर्छ। जुन पायो त्यही वेभसाइट चलाउनु हुँदैन।   केही समय पहिले कम्प्युटरमा भाइरस सर्ने मुख्य कारण इमेल थियो। सुरुवाती चरणमा एक पटक १/ ५ मेलमा कुनै प्रकारको भाइरस थियो। आजभोलि  भने यो कम भएको छ। त्यसैले हामीले कुनै इमेल शङ्कास्पद छ भने त्यसलाई खोलेर  हेर्नु हुँदैन।  

हामी कम्प्युटरको प्रयोग गर्दा सजग हुनुपर्छ। यदि सजग भएनौँ भने हाम्रो कम्प्युटरमा भएको डाटा जोखिममा हुन्छ। कम्प्युटर भाइरसबाट बच्चनका लागि इन्टरनेट चलाउँदा सतर्क हुनुपर्छ । कम्प्युटरमा एन्टीभाइरस सफ्टवेयर राख्नुपर्छ। एन्टीभाइरस सफ्टवेयर राखेमा पनि हामी कम्प्युटर भाइरसबाट टाढा रहन सक्छौँ। 


Read More
Air Pollution and Ways to Reduce it
- Kriti Nepal - 2023016, Grade ... 18 January, 2021

Pollution refers to the presence of harmful substances that decrease the quality of the environment. Pollution is mainly of four kinds: Air pollution, water pollution, land pollution, and noise pollution.  Here my focus would be Air Pollution. Air pollution refers to the mixture of harmful pollutants in the air. Air pollution is mainly caused due to human activities. The air used to be fresh and pure in the past however due to industrialization and activities like burning fire, the concentration of gases, and deforestation the air pollution is increasing day by day.
There are many causes of air pollution like smoke from vehicles, burning fossil fuels, jungle fire, deforestation, smoking, etc. Air pollution is very harmful to the environment as well as to other living beings. Air pollution decreases the quality of the environment whereas it can breed many dangerous diseases like lung cancer, heart diseases, respiratory diseases, etc to human beings.
Several measures can be taken in order to stop or decrease air pollution. Some of them are: 

Afforestation: Trees help reduce air pollution as it takes the harmful gases like carbon dioxide in and gives fresh air and oxygen. It also absorbs all the pollutants. Planting more trees can help a lot to reduce air pollution.

Use of solar vehicles: Old vehicles that use petrol or diesel tend to produce more smoke and increase air pollution. If we start using solar vehicles that don’t produce smoke then we can minimize air pollution in a huge manner.

Walking or using a bicycle: Many vehicles run on the street that produces dust and smoke which causes air pollution. If we walk instead of the place or use a bicycle then we can contribute to reducing air pollution.

Not burning fossil fuels, plastic, and waste: Peoples usually burn woods, plastics, and waste which contributes to causing air pollution. If we stop doing this activity then we can reduce air pollution.

If we all follow these measures then we can certainly minimize air pollution and its harmful effects.


Read More
महिला हिंसा
- Pranjal Khatiwoda - 2022013, ... 18 January, 2021

महिलाहरूको अधिकारको उल्लङ्घन, उनीहरू महिला भएकै कारणले उनीहरूमाथि गरिने शारीरिक,मानसिक, सामाजिक तथा बाैद्धिक शोषण, दमन, यातना र दुर्व्यवहार नै महिला हिंसा हाे । महिला हिंसा आफैँमा एक जघन्य अपराध हो । महिला हिंसामा बलात्कार, घरेलु हिंसा, हत्या, कुटपिट, बोक्सी आरोपमा गाउँ निकाला, दाइजो प्रथा, बहुविवाह, बाल विवाह, जबरजस्तीकरण, र अन्य मानसिक तथा शारीरिक यातनादेखि महिलालाई अपहेलना महसुस हुने कुनै पनि धम्क्याउने देखि जिस्क्याउने सम्मका घटना पर्दछन् 

कतै दाइजो  नल्याएको, कतै छोरा नपाएकोमा , कतै श्रीमती हुने पुरुषको सम्बन्ध अन्य महिलासँग भएकाले, कतै श्रीमती श्रीमान्भन्दा माथिलो ओहोदामा पुग्नाले घर घरमा धेरै महिलामाथि हिंसा हुने गरेका छन् । नेपालकाे तराई क्षेत्रमा व्याप्त प्रचलित दाइजाे प्रथाका कारण पनि महिलामाथि हिंसा बढ्दै गइरहेका छन् । केही समय अघि त नेपालमा दाइजो प्रथाले यति विकराल रूप लिएको सुनिएको थिएन। नेपालकाे पहाडी भेगमा यस्तो चलन एकदमै न्युन थियाे । पहिले छोरीलाई राम्रो खानेकुरा र शिक्षादीक्षा दिने कुरामासमेत बन्देज थियो। छाेरासरह छाेरीलाई पनि शिक्षादीक्षा दिनुपर्छ भन्ने कुरामा अहिले सबैले बुझेका छन् र दिएका पनि छन् । पहाडी र हिमाली क्षेत्रमाभन्दा तराईमा छोरीप्रतिको व्यवहार अझै पनि फरक छ । छाेरा जन्मिँदा खुसियाली मनाउने तराईवासीछाेरी जन्मिँदा भने खुसी हुन सक्दैनन् । तराईवासी दाइजो प्रथाबाट बढी ग्रसित छन् । जुन कुरा महिलाहिंसासँग जाेडिएका छन् ।

महिला हिंसा बढ्नुको प्रमुख कारण जनचेतनाको कमी हो। दाइजो नल्याएको निहुँमा जिउँदै जलाउने, कुटपिट गर्ने, घरनिकाला, मानसिक र शारीरिक तनाव दिने र बहुविवाह गर्ने जस्ता विकृति समाजमा बढ्दो क्रममा छन् । यिनी पनि महिलाहिंसाका स्वरूप हुन् । 

नेपालमा मात्र हैन विश्वमा एक तिहाइ महिला जीवनमा कुनै न कुनै समयमा हिंसाबाट पीडित छन्। त्यसैले महिला हिंसा विरुद्धको अभियान अन्य मुलकमा पनि निरन्तर रूपमा चलिरहेकाे छ। महिला हिंसाविरुद्ध अन्तर्राष्ट्रिय दिवस सन् १९८१ देखि नोभेम्बर २५ मा मनाइँदै आइएको छ। डेनमार्कबाट सुरु भएको यो दिवस सन् १९९१ मा क्यानडाका युवाहरूले सेतो रिवन बाँधेर   मनाउने प्रतिबद्धता जनाएका थिए। 

नेपालले सन् १९९९ देखि महिला हिंसाविरुद्ध दिवस मनाउँदै आएको छ। त्यस अवसरमा महिला हिंसा विरुद्ध जनचेतना जगाउने विभिन्न कार्यक्रमहरू  गरिँदै आएको छ । जनचेतना र शिक्षाको कमीका कारण कानुनका बारेमा जानकार नहुँदा महिलाहिंसासम्बन्धी थुप्रै विषयहरू अदालतसम्म पुग्न नसकेकाे अवस्था छ । कतिपय अवस्थामा महिलाहरू  विभिन्न करकाप वा डरमा परेर आफैँ पनि हिंसाकाे शिकार हुन पुगेका छन् । कानुनी व्यवस्थामा भएका कुरा पनि कार्यन्वयन नहुँदा महिला हिंसाका घटना बढ्दै गएका छन् ।

महिलाहिंसा विरूद्ध हुने हिंसालाई अन्त्य गर्न बनेका कानुनहरू कार्यान्वयन हुनुपर्छ । स्थानीय स्तरमा रहेका महिलाहरूलाई जानकारी र सचेतना जगाउनुका साथै व्यवहारमा प्रभावकारी कार्यान्वयन गरिनुपर्छ। साथै महिला र पुरुषमा भएको असमान सामाजिक शक्ति संरचनामा परिवर्तन गर्दै पितृसत्तात्मक सोचको परिवर्तन गरिए मात्र महिलाहरू अधिकार सम्पन्न हुनसक्छन् । तर अहिले सामाजिक परिवर्तनको लागि अब पुरुषहरू पनि तयार नै रहेका छन् ।  पुरुष र महिला एकै रथका दुई पाङ्ग्रा हुन्। महिला र पुरुष दुवैकाे प्रयत्नबाट समसत्ता गर्ने कुरामा केन्द्रित हुनुपर्छ। आर्थिक किसिमले महिलालाई पुरुषलाई जत्तिकै आधिकार र सम्पन्न बनाउनुपर्छ। 

स्रोत: विभिन्न वेबसाइटहरू 


Read More
मेरा सोचहरू
- Deelisha Maharjan - 2022006, ... 17 January, 2021

मनमा धेरै कुरा खेल्छन्, 

कहिले सोच्छु, म किन स्त्रीको रूप लिएर  जन्मेँ,

कहिले आफू  किन यस्ती भएँ ?

यस्तै यस्तै अनेकाैँ कुरा खेल्छन् ।

 

मेरा सोचहरू  पनि गजबका छन्,

जुन कुरा अब नसोचूँ भन्छु,

त्यही कुराले मेराे मस्तिष्कमा  अड्डा जमाउँछ।

आफ्ना मनका भावना काेसँग साटूँ ?

 

 कहिले त आफैँले आफैलाई महान् ठान्छु ,

 आफैँले आफैलाई  विश्वास गर्छु,

आफैँले आफैलाई असल ठान्छु,

आफैँले आफैलाई केही नभए जस्तै मान्छु। 

 

 मेरा सोच पनि कस्ता कस्ता,

जुन कुरा हुँदैन त्यही सोच्छु ।

 जुन कुरा पाउँदिन त्यही चाहन्छु ?


 

कहिले आफूमा,

पुरुषत्काे भाव आए जस्तै लाग्छ,

कैले धर्तीबाट गायब भए जस्तै लाग्छ,

कैले आकाशमा हराए जस्तै लाग्छ

कहिले कस्ताे कहिले कस्ताे 

यस्तै यस्तै  मेरा साेचहरू


Read More
Metronome
- Sashwat Paudel - 2022019, Gra ... 14 January, 2021

Metronome is a device used by musicians to help them stay on beat. If you have bothered learning an instrument, chances are that you have encountered a metronome. Metronome is used with any instrument. Some of the instruments that you can use a metronome are piano, guitar, violin, drums, and many more. The metronome helps with the sense of rhythm and timing.

Metronome works by creating a steady beat according to the configuration of the metronome. If the metronome is tuned to 60 BPM(Beats per minute), it creates a clicking sound. The clicking is consistent, which means that the clicking is always the same unless the BPM is turned up. This clicking sound helps to maintain a steady rhythm as many musicians have a hard time sinking the beats. The metronome helps establish the basics of timing and the importance of staying on the beat for musicians. Metronomes also give musicians an idea of how fast or slow they should be going.
Metronomes are tools that you use to practice. You can get metronomes of two types. They are electric ones and pendulum ones. Electronic metronomes use batteries to charge up and some also have a tuning mechanism built in them. This can come in handy, but I am sure a musician would have a tuning app on their phones. The pendulum ones are the classic ones, they are the typical type of metronomes. We can see the pendulum move from left to right, making the clicking sound in the process. This lets the musicians have a visual recognition of when the beat is going to come. Electronic metronomes use a program that plays the sounds, at regular and accurate intervals. To be real, the type of metronome you use doesn't matter at all, because its function is to just create a steady beat. Furthermore, we can also find metronomes on the internet, which cost no money and do the job just as well.  

Therefore, metronomes are tools used by musicians to establish the concept of rhythm and practice with it to test their accuracy with the instrument. Metronomes are important tools to stay on beat and maintain steady playing. Metronomes come in two types, electric and typical metronomes.


Read More
मेराे सपना
- Dhiraj Chapagain - 2022007, ... 14 January, 2021

भनिन्छ;जीवन सङ्घर्ष र चाहनाले भरिएको हुन्छ । भर्खर कक्षा १० मा पढ्दै गरेको म जीवनमा धेरै कुरा हासिल गर्ने चाहना अनि आकाङ्क्षा बोकेर बसेको छु । व्यक्ति पिच्छे फरक फरक र असिमित चाहना हुन्छन्। मेरो पनि त्यस्तै एउटा चाहना छ । 

मलाई नेपाली चलचित्र  क्षेत्रमा आफ्नाे बेग्लै छाप बनाउने ठुलो इच्छा छ । मलाई नेपाली चलचित्रको  एउटा कुशल निर्देशक बन्नु छ। अब एस. इ. इ. नजिकिदै गर्दा म एस. इ. इ. पछि के पढ्ने, कता पढ्ने भन्ने कुरामा अलिक सोच्न थालेको छु। नेपालमा चलचित्र  पढाउने धेरै पाठशालाहरू  छैनन्। मैले अहिलेसम्म थाहा पाएअनुसार एकदुई वटा मात्र कलेज छन्। तिनमा पनि के कस्ता छन् भन्नेबारे खासै जानकारी छैन। अझ भनौँ भने मलाई खासै नेपालमा पढ्ने इच्छा जागेको पनि छैन। मेरो सम्पर्कमा भएका र मैले चिनेका जति सबै अग्रज विदेश पलायन भएको देख्दा मलाई नेपालमै केही गरेर देखाउँछु,भन्ने लागेको थियो। तर समय र परिस्थिति मभन्दा फरक भए जस्तो लाग्न थालेको छ। नेपालमा धेरै कलेज अनि विश्वविद्यालय नदेख्दा आफू पनि त्यही हुलमा पर्ने हुँ  कि भन्ने डर पनि लाग्न थालेको छ। मैले देखेका र हेरेका नेपाली चलचित्रहरू प्राय: सबै उस्तै किसिमका नै छन्। अधिकांश पुरानै  कलाकार,उस्तै कथावस्तु र परिवेश पनि। यसको अर्थ मैले  ती  अनुभवी कलाकारहरूलाई नराम्रो भन्न खोजेको पनि होइन तर नयाँ कलाकारहरू नेपाली चलचित्र क्षेत्रमा देखा पर्दा कता कता नौलोपन देखिन थालेको भने पाइन्छ। अझै पनि पूर्णरूपमा फरक स्वादका नेपाली चलचित्र आएको जस्तो भने मलाई लाग्दैन । 

नेपालमा चलचित्र  तथा अभिनय सम्बन्धी राम्रा कलेज नभएकाले मेरो विदेश गएर पढ्ने चाहना दिनप्रतिदिन बढ्दै जान थालेको छ। अध्ययन र अभिनयका लागि विदेश गएर पढे पनि नेपाल फर्किएर नेपाली चलचित्र बनाउने मैले सपना देखेको छु । नेपाली चलचित्र क्षेत्रलाई नयाँ उचाइ र नयाँ दिशामा लैजाने मेरो सपनाले पूर्णता पाउला कि नपाउला त्यो  भविष्यको गर्भमा नै छ।


Read More
Morgellons
- Pranil Prasai - 2022012, Grad ... 12 January, 2021

    

Morgellons is the informal name of a self-diagnosed, scientifically unsubstantiated skin condition in which individuals have sores that they believe contain fibrous material. Morgellons disease is an uncommon, poorly understood condition characterized by small fibers or other particles emerging from skin sores. People with this condition often report feeling as if something were crawling on or stinging their skin. The sores are typically the result of compulsive scratching, and the fibers, when analyzed, are consistently found to have originated from clothing and other textiles. The condition was named in 2002 by Mary Leitao. She chose the name from a letter written by a mid-17th-century physician. Morgellons is poorly understood but the general medical consensus is that it is a form of delusional parasitosis in which individuals have some form of skin condition with sores that they believe contain fibers. Its presentation is very similar to delusional parasitosis, with the addition that people with the condition believe there are inanimate objects in their skin lesions. In 2001, according to Leitao, her then two-year-old son developed sores under his lip and began to complain of bugs. Leitao says she examined the sores with her son's toy microscope and discovered red, blue, black, and white fibers. She states that she took her son to see at least eight different doctors who were unable to find any disease, allergy, or anything unusual about her son's described symptoms. Leitao says that her son developed more sores, and more fibers continued to poke out of them. Some people who suspect they have Morgellons disease claim they've been ignored or dismissed as fakers. In contrast, some doctors say that people who report signs and symptoms of Morgellons disease typically resist other explanations for their condition. The signs and symptoms linked to Morgellons disease can be distressing.

Source:

https://en.m.wikipedia.org/wiki/Morgellons and https://www.mayoclinic.org/morgellons-disease/art

                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                               &


Read More
तिहार
- Estella Shrestha - 2023013, ... 12 January, 2021

तिहार हिन्दु  धर्मावलम्बीहरूको दसैँपछिको दोस्रो महान् चाड हो। तिहारलाई दीपावली पनि भनिन्छ। यो पाँच दिनसम्म  मनाइन्छ। यो पर्व कार्त्तिक कृष्ण पक्ष त्रयोदशीका दिन काग तिहारको नामले सुरु भएर कार्त्तिक शुक्ल  पक्षको द्वितीया तिथिको भाइटिकासम्म (पाँच दिन) मनाइन्छ । पाँच दिनसम्म मनाइने भएकाले यसलाई यमपञ्चक पनि भनिन्छ । यो पाँच दिवसीय पर्व विशेष गरी नेपालमा मनाइन्छ । हिन्दू धर्मावलम्वीले दीपावली (दिवाली)को रूपमा यस पर्वलाई धुमधामसाथ मनाउँछन् । पाैराणिक मान्यताअनुसार यमराजले आफ्नी बहिनी यमुनाका घरमा आतिथ्य ग्रहण गरेको हुनाले यी पाँच दिनलाई यमपञ्चक भनिएको हाे । यही दिन भगवान् धन्वन्तरीकाे जन्म भएको हुनाले यसलाई धन्वन्तरी जयन्ती पनि भनिन्छ । यसै दिन साँझमा घरको मूलद्वारको सामु यमराजलाई दीपदान गर्नाले मृत्युदेव प्रसन्न भई आरोग्यता तथा दीर्घजीवन प्रदान गर्छन् भन्ने विश्वास छ । त्यो घरमा कहिल्यै पनि अपमृत्यु वा अल्पमृत्यु हुँदैन भन्ने मान्यता छ । यमपञ्चकमा क्रमशः काग, कुकुर, गाई , लक्ष्मी, गाेवर्धन र  भाइ पूजा गरिन्छ । पिङ खेल्ने, दीपावली गर्ने र देउसीभैलो खेल्दै सेलरोटी आदि मिष्ठान्न खाई रमाइलो गरी तिहार मनाउने गरिन्छ ।


Read More
Why Samurai Champloo is a Masterpiece?
- Prasoon Man Shrestha - 202201 ... 11 January, 2021

Samurai Champloo is a 26 episode anime directed by Shinichiro Watanabe taking place in the Edo Era of Japan. Samurai Champloo is an anime that gives different vibes from any other anime. Many anime have neutral vibes where goofy soundtracks are added for no reason and the characters shout pointless catchphrases. But Samurai Champloo has a unique and aesthetic vibe where there are no pointless catchphrases and the music is very relaxing and to the point. The thing I have noticed is that many of the animes that I have watched give almost the same vibes. In an action anime when a fight scene breaks out and a character is getting beat up the fight scene stops and they start thinking for example,” That speed, that strength, where did he get these powers from?!” fully analyzing the moves of the opponent and thinking of a solution. Whereas Samurai Champloo highlights the real-life situation where there are continuous Taijutsu fight (hand to hand combat) scenes with no unrealistic dialogues.

There are three main characters in this anime who are polar opposites of each other. Fuu is one of the main characters. She is not like the other generic anime girl characters who cannot do anything and always cries out for help. She can get her things done by herself and is mostly an independent character. She travels with two of her bodyguards to find a mysterious samurai who smells like sunflowers. (A strong character like her is required so that young girls can look up to her). Mugen is an unorthodox, sarcastic, funny, and skillful samurai who just doesn’t care and is one of the bodyguards of Fuu and the main characters of the anime. Jinn is a reserved and chill character who has a super orthodox fighting style. He is also one of the bodyguards of Fuu and the main characters of the anime. The fight scenes in this anime are very well choreographed. Mugen breakdances when he is fighting his opponents whereas Jin is very fast and precise and all the fight scenes leave you in awe.

The soundtracks in the anime are one of the most important elements of the anime. The chilling lofi hip-hop soundtracks playing in the background when Mugen and Jin are beating up opponents is just amazing. The combination of hip-hop and samurai is something that I have never thought of, but it has worked out really well in the anime. The dub version of the anime is also really good as it has a natural flow to it comparing to other animes. But the anime is not in high definition 1080p as it was made in 2005. Samurai Champloo gives off a really unique vibe, style, music, etc that is so memorable. I would recommend this anime to everyone as it is a really unique and fun watch.


Read More
नाै महिनापछि मेरो विद्यालय अनुभव
- Arunesh Manandhar - 2022002, ... 11 January, 2021

जिन्दगीले कहिले के गरिदिन्छ: कहिले के थाहा नै हुँदैन। छिनमै माथि पु-याइदिन्छ; छिनमै छिनमै तल । २०७७ साल पनि केही यस्तै भयो । आरामले बितिरहेको जीवन काेभिड १९ ले तहस-नहस बनाइदियाे । हामी अनलाइन कक्षामा रमाइरहेका थियाैँ ।

 विद्यालय बन्द भएकाे नाै महिना भइसकेको थियो । सबैजना घरबाटै अनलाइन कक्षा लिँदै थियौँ । म पनि यसमै रमाइरहेकाे थिएँ । यो साल यसरी नै बित्छ भन्ने लागेकाे थियाे । अनलाइन परीक्षा दिन सजिलो नै थियो । २०७६ सालको जस्तै एस.इ.इ. हुन्छ भन्ने हाम्रो सोच थियो । मैले जिन्दगीलाई धन्यवाद दिएकै थिएँ। गृहकार्यकाे अलिकति समस्या भए पनि अरू ठिकै थियाे । भाेकाे पेटले  मिठाे खाना खाएकाे बेला थालमा पानी खन्याएकाे जस्तै भयाे । त्याे के भने विद्यालय खुल्ने र परीक्षा दिनुपर्ने कुराले। विद्यालय खुलेकाे पहिलो दिनदेखि नै परीक्षा थियो । हामी सबलाई चिन्ता बढ्न थाल्यो । कसरी दिने परीक्षा ? मलाई त पब्जी खेलाडीलाई असल युद्धको निम्तो दिए जस्तै भयो ।  खेल्न बोलाएको जस्तै भइरहेको थियो । तर के गर्नु पछि हट्न मिल्दैनथ्यो तयारी त गर्नु नै थियो । एक हप्ता जति त कसरी पढ्ने सोच्दासोच्दै बित्यो । अब त पढ्नुप-याे भनेर मैले प्रश्नपत्रकाे सँगालाे  निकाले र अभ्यास गर्न थालेँ । तर मलाई केही गर्नै आएन । अलिकति चिन्ता बढ्न थाल्याे । मलाई धेरै चिन्ता त तब भयो जब मैले थाहा पाएँ कि म कक्षा ९ को किताबबाट अभ्यास गर्दै छु।  मैले सोचे कक्षा ९ को त अभ्यास गर्न सकेको छैन भने १० कक्षाको कसरी गर्न सक्छु। तर जसरी पनि परीक्षाको लागि तयारी भने गर्नु नै थियो।  परीक्षा भनेर मैले अहिलेसम्म चिन्ता   लिएको छैन भने अब किन लिनु जस्तो लाग्यो ।  

पौष ६ गते सोमबार बिहान चाँडै उठ्नु थियो ।  विद्यालयको पहिलो दिन र गणित विषयको  परीक्षा थियो । बिहान ढिलो उठ्ने बानी भइसकेको थियो। अब बिहान चाँडै उठ्नु पक्कै पनि गाह्रै थियो।  त्यो पनि पौष महिनाको जाडोको त के कुरा गर्नु र ? र पनि बिहान उत्साहका साथ बिहान चाँडै उठेँ ।  विद्यालय जान र परीक्षा दिन तयार भएँ । विद्यालयकाे  बस चढेर विद्यालय पुगेँ । विद्यालय पुगेपछि साथीहरूसँग केही समय कुरा गरेपछि कक्षा कता रहेछ भनेर खोज्न थालेँ । खोज्दाखोज्दै धिरज र आर्यन पनि आए। बिस्तारै सबै जना साथीहरू आइपुगे। धेरै समयपछि विद्यालय आउँदा नौलो लागेको थियो । कक्षाका साथीहरू प्रत्यक्षरूपमा भेट नभए पनि अनलाइनमा भने भेट भइरहेको थियो । त्यसैले  हामीलाई ९ महिनापछि भेट भए जस्तो कसैलाई पनि लागेन । परीक्षा समय सुरु भएपछि  परीक्षा दियौँ।  सोचेभन्दा राम्रै भयो परीक्षा पनि। अब त आत्मबल  पनि बढ्यो।  अरू परीक्षा पनि राम्रै गर्न सकिन्छ जस्तो लग्यो। परीक्षाको दोस्रो दिन युवराज सरले आर्टिकल लेख्न सम्झाउनुभयो। सरले आफैँ शीर्षक पनि दिनुभयो। “नौ महिना पछिको मेरो विद्यालय अनुभव” यसरी नै सबै परीक्षा सकिए। जाडो बिदा पनि भयो।  

सुरुमा विद्यालय खुल्ने र परीक्षा दिनुपर्ने कुरामा  चिन्ता लागेको थियो। अहिले सामान्य नै लाग्न थालेको छ। सबै विद्यालय बिस्तारै खुल्ने क्रममा छन्।  अहिले सब सामान्य नै भएको छ।  अब कोभिडको अन्त्य होस्, सबै विद्यालय खुलून। यस्तो महामारी कहिल्यै देख्न र भोग्न नपरोस् ।


Read More
Shakya Dynasty; Its formation and Importance
- Pranjal Khatiwoda - 2022013, ... 10 January, 2021

The Shakya dynasty is part of the Hindu religion and is one of the many ruling Kshatriya dynasties of ancient times. There was a king called Okaka who ruled over the Saket of northern India. He married five queens at first, and from the eldest one, they got four princes and five princesses, king Okaka fell in love with a woman and brought her in as his sixth queen, the sixth one gave birth to a prince called Jantu and from being trapped in the youngest queen’s love and conspiracy, the king planned to transfer the throne to the youngest prince by sending other princes and princesses into exile. Both of them, the prince and princesses went to a jungle and they arrived at a hut of a sage called Kapil. The sage counseled them to set up a town and live there to continue their royal generation. The princes cleared the Saal/Shak trees to make the place fit to live in and they called the place “Kapilvastu''.

King Okaka sent his ministers to check on his children and they carried the information that they had started living in Kapilvastu. Two of the ministers preferred to live in that place and now to retain their identity and clan of the royal dynasty, the princes and princesses decided to give the eldest princess the status of the queen-mother, and the rest of the princesses married the princes for continuing the lineage of the dynasty. Mainly from Buddhist religious books and beliefs, it states that the formation of Kapilvastu is regarded to be the origin of the Shakya dynasty. They got their Shakya surname from “Saknu” in Nepali and eldest prince Okkakamukh became the king of Kapilvastu. That is how the Shakya dynasty originated and then the Shakyas started ruling over Kapilvastu before the birth and the enlightenment of Buddha. 

Shakya dynasty is a very important part of history. The most important contributions are through Gautam Buddha. His principles are followed by people living in the Northern part of India as well as all around the world. Nepal is geographically connected with many other important regions and this dynasty and its people lift an overall influence over the whole country as well as its neighboring regions. Also, the Shakyas were great warriors. It is because of their brave deeds that have also made Nepal very famous.


Read More