Written by: Arunesh Manandhar - 2022002, Grade X
Posted on: 11 January, 2021
जिन्दगीले कहिले के गरिदिन्छ: कहिले के थाहा नै हुँदैन। छिनमै माथि पु-याइदिन्छ; छिनमै छिनमै तल । २०७७ साल पनि केही यस्तै भयो । आरामले बितिरहेको जीवन काेभिड १९ ले तहस-नहस बनाइदियाे । हामी अनलाइन कक्षामा रमाइरहेका थियाैँ ।
विद्यालय बन्द भएकाे नाै महिना भइसकेको थियो । सबैजना घरबाटै अनलाइन कक्षा लिँदै थियौँ । म पनि यसमै रमाइरहेकाे थिएँ । यो साल यसरी नै बित्छ भन्ने लागेकाे थियाे । अनलाइन परीक्षा दिन सजिलो नै थियो । २०७६ सालको जस्तै एस.इ.इ. हुन्छ भन्ने हाम्रो सोच थियो । मैले जिन्दगीलाई धन्यवाद दिएकै थिएँ। गृहकार्यकाे अलिकति समस्या भए पनि अरू ठिकै थियाे । भाेकाे पेटले मिठाे खाना खाएकाे बेला थालमा पानी खन्याएकाे जस्तै भयाे । त्याे के भने विद्यालय खुल्ने र परीक्षा दिनुपर्ने कुराले। विद्यालय खुलेकाे पहिलो दिनदेखि नै परीक्षा थियो । हामी सबलाई चिन्ता बढ्न थाल्यो । कसरी दिने परीक्षा ? मलाई त पब्जी खेलाडीलाई असल युद्धको निम्तो दिए जस्तै भयो । खेल्न बोलाएको जस्तै भइरहेको थियो । तर के गर्नु पछि हट्न मिल्दैनथ्यो तयारी त गर्नु नै थियो । एक हप्ता जति त कसरी पढ्ने सोच्दासोच्दै बित्यो । अब त पढ्नुप-याे भनेर मैले प्रश्नपत्रकाे सँगालाे निकाले र अभ्यास गर्न थालेँ । तर मलाई केही गर्नै आएन । अलिकति चिन्ता बढ्न थाल्याे । मलाई धेरै चिन्ता त तब भयो जब मैले थाहा पाएँ कि म कक्षा ९ को किताबबाट अभ्यास गर्दै छु। मैले सोचे कक्षा ९ को त अभ्यास गर्न सकेको छैन भने १० कक्षाको कसरी गर्न सक्छु। तर जसरी पनि परीक्षाको लागि तयारी भने गर्नु नै थियो। परीक्षा भनेर मैले अहिलेसम्म चिन्ता लिएको छैन भने अब किन लिनु जस्तो लाग्यो ।
पौष ६ गते सोमबार बिहान चाँडै उठ्नु थियो । विद्यालयको पहिलो दिन र गणित विषयको परीक्षा थियो । बिहान ढिलो उठ्ने बानी भइसकेको थियो। अब बिहान चाँडै उठ्नु पक्कै पनि गाह्रै थियो। त्यो पनि पौष महिनाको जाडोको त के कुरा गर्नु र ? र पनि बिहान उत्साहका साथ बिहान चाँडै उठेँ । विद्यालय जान र परीक्षा दिन तयार भएँ । विद्यालयकाे बस चढेर विद्यालय पुगेँ । विद्यालय पुगेपछि साथीहरूसँग केही समय कुरा गरेपछि कक्षा कता रहेछ भनेर खोज्न थालेँ । खोज्दाखोज्दै धिरज र आर्यन पनि आए। बिस्तारै सबै जना साथीहरू आइपुगे। धेरै समयपछि विद्यालय आउँदा नौलो लागेको थियो । कक्षाका साथीहरू प्रत्यक्षरूपमा भेट नभए पनि अनलाइनमा भने भेट भइरहेको थियो । त्यसैले हामीलाई ९ महिनापछि भेट भए जस्तो कसैलाई पनि लागेन । परीक्षा समय सुरु भएपछि परीक्षा दियौँ। सोचेभन्दा राम्रै भयो परीक्षा पनि। अब त आत्मबल पनि बढ्यो। अरू परीक्षा पनि राम्रै गर्न सकिन्छ जस्तो लग्यो। परीक्षाको दोस्रो दिन युवराज सरले आर्टिकल लेख्न सम्झाउनुभयो। सरले आफैँ शीर्षक पनि दिनुभयो। “नौ महिना पछिको मेरो विद्यालय अनुभव” यसरी नै सबै परीक्षा सकिए। जाडो बिदा पनि भयो।
सुरुमा विद्यालय खुल्ने र परीक्षा दिनुपर्ने कुरामा चिन्ता लागेको थियो। अहिले सामान्य नै लाग्न थालेको छ। सबै विद्यालय बिस्तारै खुल्ने क्रममा छन्। अहिले सब सामान्य नै भएको छ। अब कोभिडको अन्त्य होस्, सबै विद्यालय खुलून। यस्तो महामारी कहिल्यै देख्न र भोग्न नपरोस् ।