Logo

Student Corner

महिला हिंसा

Written by: Pranjal Khatiwoda - 2022013, Grade X

Posted on: 18 January, 2021

महिलाहरूको अधिकारको उल्लङ्घन, उनीहरू महिला भएकै कारणले उनीहरूमाथि गरिने शारीरिक,मानसिक, सामाजिक तथा बाैद्धिक शोषण, दमन, यातना र दुर्व्यवहार नै महिला हिंसा हाे । महिला हिंसा आफैँमा एक जघन्य अपराध हो । महिला हिंसामा बलात्कार, घरेलु हिंसा, हत्या, कुटपिट, बोक्सी आरोपमा गाउँ निकाला, दाइजो प्रथा, बहुविवाह, बाल विवाह, जबरजस्तीकरण, र अन्य मानसिक तथा शारीरिक यातनादेखि महिलालाई अपहेलना महसुस हुने कुनै पनि धम्क्याउने देखि जिस्क्याउने सम्मका घटना पर्दछन् 

कतै दाइजो  नल्याएको, कतै छोरा नपाएकोमा , कतै श्रीमती हुने पुरुषको सम्बन्ध अन्य महिलासँग भएकाले, कतै श्रीमती श्रीमान्भन्दा माथिलो ओहोदामा पुग्नाले घर घरमा धेरै महिलामाथि हिंसा हुने गरेका छन् । नेपालकाे तराई क्षेत्रमा व्याप्त प्रचलित दाइजाे प्रथाका कारण पनि महिलामाथि हिंसा बढ्दै गइरहेका छन् । केही समय अघि त नेपालमा दाइजो प्रथाले यति विकराल रूप लिएको सुनिएको थिएन। नेपालकाे पहाडी भेगमा यस्तो चलन एकदमै न्युन थियाे । पहिले छोरीलाई राम्रो खानेकुरा र शिक्षादीक्षा दिने कुरामासमेत बन्देज थियो। छाेरासरह छाेरीलाई पनि शिक्षादीक्षा दिनुपर्छ भन्ने कुरामा अहिले सबैले बुझेका छन् र दिएका पनि छन् । पहाडी र हिमाली क्षेत्रमाभन्दा तराईमा छोरीप्रतिको व्यवहार अझै पनि फरक छ । छाेरा जन्मिँदा खुसियाली मनाउने तराईवासीछाेरी जन्मिँदा भने खुसी हुन सक्दैनन् । तराईवासी दाइजो प्रथाबाट बढी ग्रसित छन् । जुन कुरा महिलाहिंसासँग जाेडिएका छन् ।

महिला हिंसा बढ्नुको प्रमुख कारण जनचेतनाको कमी हो। दाइजो नल्याएको निहुँमा जिउँदै जलाउने, कुटपिट गर्ने, घरनिकाला, मानसिक र शारीरिक तनाव दिने र बहुविवाह गर्ने जस्ता विकृति समाजमा बढ्दो क्रममा छन् । यिनी पनि महिलाहिंसाका स्वरूप हुन् । 

नेपालमा मात्र हैन विश्वमा एक तिहाइ महिला जीवनमा कुनै न कुनै समयमा हिंसाबाट पीडित छन्। त्यसैले महिला हिंसा विरुद्धको अभियान अन्य मुलकमा पनि निरन्तर रूपमा चलिरहेकाे छ। महिला हिंसाविरुद्ध अन्तर्राष्ट्रिय दिवस सन् १९८१ देखि नोभेम्बर २५ मा मनाइँदै आइएको छ। डेनमार्कबाट सुरु भएको यो दिवस सन् १९९१ मा क्यानडाका युवाहरूले सेतो रिवन बाँधेर   मनाउने प्रतिबद्धता जनाएका थिए। 

नेपालले सन् १९९९ देखि महिला हिंसाविरुद्ध दिवस मनाउँदै आएको छ। त्यस अवसरमा महिला हिंसा विरुद्ध जनचेतना जगाउने विभिन्न कार्यक्रमहरू  गरिँदै आएको छ । जनचेतना र शिक्षाको कमीका कारण कानुनका बारेमा जानकार नहुँदा महिलाहिंसासम्बन्धी थुप्रै विषयहरू अदालतसम्म पुग्न नसकेकाे अवस्था छ । कतिपय अवस्थामा महिलाहरू  विभिन्न करकाप वा डरमा परेर आफैँ पनि हिंसाकाे शिकार हुन पुगेका छन् । कानुनी व्यवस्थामा भएका कुरा पनि कार्यन्वयन नहुँदा महिला हिंसाका घटना बढ्दै गएका छन् ।

महिलाहिंसा विरूद्ध हुने हिंसालाई अन्त्य गर्न बनेका कानुनहरू कार्यान्वयन हुनुपर्छ । स्थानीय स्तरमा रहेका महिलाहरूलाई जानकारी र सचेतना जगाउनुका साथै व्यवहारमा प्रभावकारी कार्यान्वयन गरिनुपर्छ। साथै महिला र पुरुषमा भएको असमान सामाजिक शक्ति संरचनामा परिवर्तन गर्दै पितृसत्तात्मक सोचको परिवर्तन गरिए मात्र महिलाहरू अधिकार सम्पन्न हुनसक्छन् । तर अहिले सामाजिक परिवर्तनको लागि अब पुरुषहरू पनि तयार नै रहेका छन् ।  पुरुष र महिला एकै रथका दुई पाङ्ग्रा हुन्। महिला र पुरुष दुवैकाे प्रयत्नबाट समसत्ता गर्ने कुरामा केन्द्रित हुनुपर्छ। आर्थिक किसिमले महिलालाई पुरुषलाई जत्तिकै आधिकार र सम्पन्न बनाउनुपर्छ। 

स्रोत: विभिन्न वेबसाइटहरू