Logo

Student Corner

तिहार

Written by: Estella Shrestha - 2023013, Grade IX

Posted on: 12 January, 2021

तिहार हिन्दु  धर्मावलम्बीहरूको दसैँपछिको दोस्रो महान् चाड हो। तिहारलाई दीपावली पनि भनिन्छ। यो पाँच दिनसम्म  मनाइन्छ। यो पर्व कार्त्तिक कृष्ण पक्ष त्रयोदशीका दिन काग तिहारको नामले सुरु भएर कार्त्तिक शुक्ल  पक्षको द्वितीया तिथिको भाइटिकासम्म (पाँच दिन) मनाइन्छ । पाँच दिनसम्म मनाइने भएकाले यसलाई यमपञ्चक पनि भनिन्छ । यो पाँच दिवसीय पर्व विशेष गरी नेपालमा मनाइन्छ । हिन्दू धर्मावलम्वीले दीपावली (दिवाली)को रूपमा यस पर्वलाई धुमधामसाथ मनाउँछन् । पाैराणिक मान्यताअनुसार यमराजले आफ्नी बहिनी यमुनाका घरमा आतिथ्य ग्रहण गरेको हुनाले यी पाँच दिनलाई यमपञ्चक भनिएको हाे । यही दिन भगवान् धन्वन्तरीकाे जन्म भएको हुनाले यसलाई धन्वन्तरी जयन्ती पनि भनिन्छ । यसै दिन साँझमा घरको मूलद्वारको सामु यमराजलाई दीपदान गर्नाले मृत्युदेव प्रसन्न भई आरोग्यता तथा दीर्घजीवन प्रदान गर्छन् भन्ने विश्वास छ । त्यो घरमा कहिल्यै पनि अपमृत्यु वा अल्पमृत्यु हुँदैन भन्ने मान्यता छ । यमपञ्चकमा क्रमशः काग, कुकुर, गाई , लक्ष्मी, गाेवर्धन र  भाइ पूजा गरिन्छ । पिङ खेल्ने, दीपावली गर्ने र देउसीभैलो खेल्दै सेलरोटी आदि मिष्ठान्न खाई रमाइलो गरी तिहार मनाउने गरिन्छ ।