Logo

Student Corner

कम्प्युटर भाइरस

Written by: Sashwat paudel - 2022019, Grade X

Posted on: 19 January, 2021

कम्प्युटर भाइरस भनेको एक प्रोग्राम हो। जसले आफूलाई प्रतिलिपि गरेर कम्प्युटरको प्रणाली अथवा कम्प्युटरमा भएको जानकारीलाई नष्ट गर्छ। कम्प्युटर भाइरस एक कम्प्युटरबाट अर्को कम्प्युटरमा सजिलै सर्न सक्छ। कम्प्युटर भाइरसका धेरै प्रकार छन्। सबै भाइरसमा हुने समानता भनेको यिनीहरू प्रतिलिपि गर्ने क्षमता राख्छन् र कम्प्युटरलाई हानी  पुर्याउने काम गर्छन्।  

सूचना प्रविधिको बढ्दो विकास र विस्तारसँगै कम्प्युटरको प्रयोग यत्र तत्र सजिलै देख्न सकिन्छ। घरदेखि कार्यालयसम्म यसको प्रयोग हुँदै आएको छ। हामीले आफूलाई आवश्यक परेका कागजातहरू सफ्टकपी कम्प्युटरमा राखेका हुन्छौँ। आजको युगमा कम्प्युटर भाइरसबाट बच्न सकेनौँ भने हामीलाई ठुलो क्षति हुन सक्छ।

वर्तमान समयमा वित्तीय क्षेत्रका सम्पूर्ण काम कम्प्युटरबाट सम्पन्न गरिन्छ। अनलाइन शुल्क भर्ने बेलामा भाइरसले बैँक खाताका प्रमाणहरू प्राप्त गरेर खातामा भएको पैसा प्रयोग गर्न सक्छ। यसै कारणले हामी कम्प्युटर प्रयोग गर्दा सजग हुनुपर्छ । 

यदि कुनै कम्प्युटरमा भाइरस छ, भने यसमा सजिलै लक्षण देख्न सकिन्छ । कम्प्युटर बेला बेलामा एक्कासी आफैँ  रोकिने, रिस्टाट हुने, कम्प्युटर खुल्न धेरै समय लाग्ने,कम्प्युटरमा भएका डाटा हेर्न नमिल्ने आदि कम्प्युटर भाइरसका लक्षण हुन्। भाइरसको  लक्षण भाइरसका प्रकामा र यो निर्माण गर्ने व्यक्तिमा निर्भर हुन्छ। यदि भाइरस निर्मातालाई बैँकका प्रमाणपत्रहरू प्राप्त गर्ने भाइरस  चाहिएको छ भने त्यसका  लक्षण सजिलै देखिन गाह्रो हुन्छ।

कम्प्युटर भाइरसबाट बच्नका लागि हामी अनलाइन हुँदा सचेत रहनुपर्छ। विभिन्न    वेभसाइट चलाउँदा ख्याल गर्नुपर्छ। जुन पायो त्यही वेभसाइट चलाउनु हुँदैन।   केही समय पहिले कम्प्युटरमा भाइरस सर्ने मुख्य कारण इमेल थियो। सुरुवाती चरणमा एक पटक १/ ५ मेलमा कुनै प्रकारको भाइरस थियो। आजभोलि  भने यो कम भएको छ। त्यसैले हामीले कुनै इमेल शङ्कास्पद छ भने त्यसलाई खोलेर  हेर्नु हुँदैन।  

हामी कम्प्युटरको प्रयोग गर्दा सजग हुनुपर्छ। यदि सजग भएनौँ भने हाम्रो कम्प्युटरमा भएको डाटा जोखिममा हुन्छ। कम्प्युटर भाइरसबाट बच्चनका लागि इन्टरनेट चलाउँदा सतर्क हुनुपर्छ । कम्प्युटरमा एन्टीभाइरस सफ्टवेयर राख्नुपर्छ। एन्टीभाइरस सफ्टवेयर राखेमा पनि हामी कम्प्युटर भाइरसबाट टाढा रहन सक्छौँ।