Logo

Student Corner

मेरा सोचहरू

Written by: Deelisha Maharjan - 2022006, Grade X

Posted on: 17 January, 2021

मनमा धेरै कुरा खेल्छन्, 

कहिले सोच्छु, म किन स्त्रीको रूप लिएर  जन्मेँ,

कहिले आफू  किन यस्ती भएँ ?

यस्तै यस्तै अनेकाैँ कुरा खेल्छन् ।

 

मेरा सोचहरू  पनि गजबका छन्,

जुन कुरा अब नसोचूँ भन्छु,

त्यही कुराले मेराे मस्तिष्कमा  अड्डा जमाउँछ।

आफ्ना मनका भावना काेसँग साटूँ ?

 

 कहिले त आफैँले आफैलाई महान् ठान्छु ,

 आफैँले आफैलाई  विश्वास गर्छु,

आफैँले आफैलाई असल ठान्छु,

आफैँले आफैलाई केही नभए जस्तै मान्छु। 

 

 मेरा सोच पनि कस्ता कस्ता,

जुन कुरा हुँदैन त्यही सोच्छु ।

 जुन कुरा पाउँदिन त्यही चाहन्छु ?


 

कहिले आफूमा,

पुरुषत्काे भाव आए जस्तै लाग्छ,

कैले धर्तीबाट गायब भए जस्तै लाग्छ,

कैले आकाशमा हराए जस्तै लाग्छ

कहिले कस्ताे कहिले कस्ताे 

यस्तै यस्तै  मेरा साेचहरू