Logo

Student Corner

Articles

म सानी  छँदा 
- Deelisha Maharjan - 2022006, ... 06 October, 2020

म सानी छँदा मलाई धेरै कुरा थाहा थिएन । मेरी आमा र परिवारका अन्य सदस्यहरूले मलाई धेरै कुरा सिकाउनुभयो । पहिले उहाँहरूले मलाई प्रेम गर्न, सम्मान गर्न, र खाँचोमा परेका मानिसहरूलाई सहयोग गर्न सिकाउनुभयो । उहाँहरूले मलाई विनम्रताका साथ बोल्न सिकाउनुभयो । मलाई इमानदार हुन सिकाउनुभयो । जब म ठुली हुँदै गएँ ; मैले आफूभन्दा ठुला र आफूभन्दा सानासँग कुराकानी गर्न सिकेँ । म सानी छँदा  धेरै लजालु  स्वभावकी  थिएँ । म सानी छँदा नयाँ नयाँ चिजहरू गर्न , खेल्न र घुम्न रमाउँथे । 

म सानी छँदा मसँग धेरै सपनाहरू पनि थिए ।  भनिन्छ;  सपना देख्ने मानिस नै जीवनमा सफल हुन्छ। सपना सपना मात्रै नभएर ; जीवन जिउने आधार पनि हुन् । सपनादेख्ने  मानिस नै महान् बन्न सक्छ । जब म सानी थिएँ तब म अरू जस्तै डाक्टर, इन्जिनियर, नर्स जस्ता  ठुला सपनाहरू देख्न चाहन्नथेँ ।  सपना साना हुन् या ठुला सबै महत्त्वपूर्ण हुन्छन् ।  अरूले जस्तै मैले पनि सपना  देखेकी थिएँ । मेरा सपनाले मलाई कति साथ दिने हुन् थाह छैन।  म सानी छँदा मेरो परिवारले मलाई राम्रो  नृत्य गर्न सहयोग  गर्नुभयो । मेरी आमा र ठुली दिदीले मेरो नृत्यको भिडियो सुट गर्नुहुन्थ्यो । कान्छी दिदीले गीत गाउनुहुन्थ्यो ।

म सानी हुँदा मसँग साथीहरू थिएनन् किनकि म मेरा हजुरबा र  हजुरआमासँग हुर्के।  हजुरबा र हजुरआमा नै  मेरा साथीहरू हुनुहुन्थ्यो । सानैदेखि  घरमा पालेको  कुकुर पनि  मेरो साथी नै थियो । उसले मेरा कुरा बुझ्न त के गर्थ्यो; तर म उसका कुरा बुझ्थेँ । ऊ र म खेल्थ्यौँ । म सानैदेखि नै मानिस हुन् या जनावर सबैलाई सहयोग गर्न पाउँदा रमाउथेँ ।  बाटोमा हिँड्दा होस् या गाडीमा यात्रा गर्दा आफूले सकेको सहयोग सबैलाई गर्न मन लाग्थ्यो र लाग्छ पनि । अहिले म ठुली भए पनि मलाई सानी हुँदाका हरेक क्षणले सताइ रहन्छन्  ।


Read More
COVID-19 And Its Effects On The Film Industry
- Dhiraj Chapagain - 2022007, G ... 05 October, 2020

CoronaVirus, shutting down more than 200 cinema halls along with successfully performing movies has created a devastating scenario for all the sections of the economy including the film industry as a whole. All the shootings, premieres, festivals, and other entertainment events have been canceled or postponed due to the pandemic. The film industry is bearing a huge loss in terms of box office collection while magnificent growth can be seen in the audience rate and engagement on the streaming platforms. Many blockbusters such as “Aama” were postponed as the cinema halls closed.

Not only the box office, but this has also hugely impacted the actors as well as everyone included in making the film. Especially the crew members working on daily wages, it becomes a lot harder to sustain a life without any job or source of income. These were the impacts of COVID-19 on the industry, but looking at the bright side, It too has given opportunities to the industry and a breath of fresh air to the audience as it has helped young and aspiring filmmakers to step onto the field and work. In recent days, short films by young filmmakers are being directed and produced in huge numbers. The world has changed and now the stories need to reflect the change in them. While producers are skeptical about investing in huge budget films, young/newcomer filmmakers can capitalize on producing low-budget movies that are capable of reflecting our society. While these filmmakers capitalize on this situation, streaming platforms are increasing their production rate and actually producing content that is better than most of the big star cast movies. Streaming platforms are contributing to audiences, making them realize that a movie has a lot to offer than just star casts. In my opinion, the film industry is heading in the right direction. Although the situation is pretty bad for the financial status of the people working in the industry, with the increasing rate of short films with this quality and content, I think the industry is heading on the right path.


Read More
मेरो बाल्यकाल
- Anushka Basnet - 2023002, Gra ... 05 October, 2020

मेरो बाल्यकाल 

 म नेपालको सोलुखुम्बु जिल्लाको चौलखर्क भन्ने ठाउँमा जन्मेकी  थिएँ  । म जन्मेको एक वर्षमा नै काठमाडौँ  आएकी थिएँ । म जन्मिँदा मेरी दिदी १९ महिनाकी थिइन् । म काठमाडौँ आएपछि हामी कालोपुलमा बस्न थाल्यौँ । हामी भर्खर मात्रै काठमाडौँ आएका  थियौँ । घरको आर्थिक अवस्था पनि त्यति राम्रो थिएन । २ वर्षपछि हामी नयाँबस्तीमा  डेरा गरेर बस्न थाल्यौँ । मेरी  दिदी नजिकैको विद्यालयमा पढ्न थालिन् । म भने विद्यालय गएकी थिइनँ। समय बित्दै गयो म पनि अलि ठूली भएँ । अलि ठूली भएपछि मेरो पनि विद्यालय जाने उमेर भयो । विद्यालय जाने उमेर भएपछि म र दिदी सिफलमा युनिक नामको विद्यालयमा पढ्न थाल्यौँ ।

 केही वर्ष त्यही विद्यालय पढ्यौं । केही समयपछि विद्यालयको नाम अपाल भयो । हामी बसबाट विद्यालय आउने जाने गर्थ्यौं । समय बिस्तारै बित्दै गयो । म कक्षा २ मा पुगिसकेकी थिएँ । यसै बीचमा हाम्रो परिवारमा खुसीयाली छायो । हामी तीन  जनाबाट  चार भयौँ । हामी दुई दिदी बहिनी मात्र थियौँ। भाइ जन्मिएपछि आमाबाबाका हामी तीन सन्तान भयौँ । भाइको आगमनले हाम्रो परिवार अझ पूर्ण भए जस्तो लाग्यो । भाइ जन्मेको १ हप्तामा नै हामी सिफलमा डेरा लिएर बस्न थाल्यौँ । परिवारमा सबै कुरा पुगी सरी जस्तै थियो । भनौँ सबै कुरा राम्रै चलिरहेको थियो ।

जीवन सधैँ  एकनासले कसैको पनि चल्दैन । सुख र दु:ख , हाँसो र रोदन जीवनका अभिन्न साथी हुन् । सायद हाम्रो खुसी  र हाँसो दैवलाई राम्रो लागेन । दैवको वज्रपात हाम्रो परिवारमाथि आइपर्यो । हामीबाट दैवले सदाका लागि बाबालाई खोसेर लग्यो ।  त्यतिबेला म ७ वर्षकी थिएँ भने भाइ एक महिनाको । सडक दुर्घटनामा हामीले बाबालाई गुमायौँ । प्रत्येक सन्तानको कर्तव्य भनेको बाबाआमाको आदर्श सपना पूरा गर्नु नै उहाँप्रतिको  सच्चा सम्मान हुने छ । यस्तो पीडादायी समयलाई  बिस्तारै पर धकेल्दै गयौँ । जीवनमा  जे जस्तो दु:ख, पीर, व्यथा भए पनि भुल्दै जानुपर्दो रहेछ ।  

समय आफ्नै गतिमा अगि बढ्दै गयो । हामी पनि ठूला हुँदै गयौँ  । तीन वर्षको  भएपछि भाइ पनि  विद्यालय जान थाल्यो । मा त्यतिबेला कक्षा ५ मा पढ्थें । हामीले पढ्दै गरेको विद्यालयको नाम डियरवाक  सिफल स्कुलमा परिवर्तन  भयो । अहिले म १४  वर्षकी भएँ। म नौ कक्षामा ,भाइ दुई र दिदी दश कक्षामा पढ्दै छौँ  । 


Read More
Global Warming And Earth
- Sonishma Basnet - 2022021, Gr ... 04 October, 2020

Global warming is the effect of humans misusing fossil fuels. It indicates the gradual increase in the temperature of the earth, due to the excessive use of fossil fuels. As when these fuels are used, they emit greenhouse gases such as carbon dioxide, methane, carbon monoxide, etc. which traps the heat from the sun inside the atmosphere of the earth, which will gradually increase the temperature of the earth.

The earth has a balanced system and external factors like global warming really affect the earth. If not managed in time, it can even put a threat to human existence. Global warming has been melting snow at the poles and mountains, causing many island countries to be submerged into water and many in days to come, and also bring up many disasters like floods, glacier lake bursting, landslides, etc. These activities may greatly cause a disturbance in various lives. Problems like climate change, wildfire, acid rains, etc. are occurring due to global warming and these bring risk to the lives of various plants and animals.

Recently on September 17th, on Manhattan unique square began its countdown with seven years, 103 days, 15 hours, 40 minutes, and seven seconds. It counts Down the Time Remaining to Avert Climate Disaster. If greenhouse gas emissions continue at their current rate, then when the clock runs out, the average global temperature will be irreversibly on its way to 2.7 degrees Fahrenheit above pre-industrial levels. The calculations came from the Mercator Research Institute on Global Commons and Climate Change in Berlin, per the Times. So to say, if the average temperature of all of Earth passes that threshold, then people may face severe heat waves, droughts, and increasingly extreme storms. The United Nations has warned of global changes like the loss of coral reefs and collapsing sea ice, Matthew Lavietes reports for Reuters.

(Theresa Machemer, smithsonianmag.com, September 22, 2020,
www.smithsonianmag.com/smart-news/clock-new-york-counts-down-time-remaining-avert-climate-disaster-180975881/ )
 


Read More
फूलबारी 
- Estella Shrestha - 2023013, G ... 04 October, 2020

फूलहरूको बगैँचालाई फूलबारी  भनिन्छ। फूलबारी लाई उद्यान पनि भनिन्छ। फूलबारी एउटा घर जग्गाको योजनाबद्ध विकास हो जुन नयाँ बोटबिरुवा, फलफूल र अन्य प्रकृतिको खेतीको लागि प्रयोग गरिन्छ।  फूलबारी प्राकृतिक र मानव निर्मित हुन्छन् । फूलबारी  भनेको मन र आत्मालाई विश्राम दिने ठाउँ हो । साथै यसले व्यक्तिलाई धीरता, कडा परिश्रम अनि  प्रेम र स्नेहको महत्त्व सिकाउँछ। यसले व्यक्तिलाई  शान्ति पनि दिन्छ। 

 फूलबारी  मानिसको अभिन्न साथी पनि हो । प्रकृतिविना मानिसको अस्तित्त्व  खल्लो हुन्छ। मानिसले आफ्नो जीवनलाई रसमय बनाउन र आनन्द लिन फूलबारीमा टहल्लछ ,रमाउँछ अनि सुस्ताउँछ। प्रकृतिमा उसले केही न केही आराम पाउँछ। फूलबारीमा मानिस हिँडडुल गर्दै अनेक फूलको आनन्द लिइरहेका हुन्छन् । फूलबारी ज्ञानको खानी पनि हो। हाम्रा महाकवि लक्ष्मीप्रसाद देवकोटाले - “उद्यानमा बस गई सब तत्त्व खुल्छन्” भनेर त्यसै भनेका होइनन्। फूलबारीमा अनेक किसिमका फूलहरू हुन्छन्। सयपत्री ,मखमली ,चमेली, गुहेंली ,गुलाब जस्ता फूलहरूले फूलबारीलाई शोभायमान बनाएर सुगन्धी बास्ना छर्ने काम गरेका हुन्छन् । फूलबारीको सुगन्धी हावाले मानिसको मस्तिष्कलाई पनि फूल जस्तै सुन्दर बनाउँछ। उसको सोच्ने शक्ति र मनका भावना पनि फूल जस्तै सुन्दर हुन्छन् । प्रकृतिसँगै हुर्के बढेको मानिसले लाखौँ  खर्च गरेर पनि नपाउने आनन्द फूलबारीमा पाउन सक्छ। आजकाल  बढ्दो सहरीकरणसँगै मानिसका लागि फूलबारी घर भित्रको एउटा गमलामा सीमित हुन पुगेको छ। मानिसले प्रकृतिको  वास्तै नगरी दुई कोठे घर भए  त्यो नै उसका लागि सबै थोक बन्दै गइरहेको  छ । फूलबारीमा रमाउने, प्रकृतिसँगै खेल्ने मानिस आजभोलि ल्यापटपमा र मोबाइलमा भुलेको छ। त्यसमै रमेको छ। ल्यापटपमा र मोबाइलमा लामो समयसम्म बस्दा हुने बेफाइदाबारे जानकार भए पनि त्यसको लत उसले छोड्न सकेको छैन । 

फूलबारी फूलबारी मात्र नभएर हृदयको खुला बगैँचा पनि हो। यसको सम्बन्ध मानिससँग हुने हुनाले मानिस नै फूलबारीको जन्मदाता र कर्मदाता हो। फूलबारीबाट नै  कर्मी मौरीले अमृतरूपी मह बनाउँछन् । मानिसले मौरीबाट पनि परिश्रमको ज्ञान पाउन सक्छ। फूलबारीले हामी सबैलाई शान्ति,नरम र कोमलताको भाव भरिदिन्छ। 


Read More
अनलाइन कक्षा :  मेरो अनुभव 
- Kriti Nepal - 2023016, Grade ... 01 October, 2020

अनलाइन कक्षा  शिक्षण सिकाइको वैकल्पिक  माध्यम हो । वर्तमान समय सङ्कट र महामारीको समय हो । अहिले हामी सबैलाई थाहा नै छ कि कोभिड -१९ ले विश्वमा  आतङ्क फैलाएको  छ भने १० लाख जति मानिसले यही रोगका कारण ज्यान पनि गुमाइ सकेका छन् ।  कोरोना महामारीकै कारण अहिले विद्यालय बन्द छन् । व्यापार व्यवसाय बिस्तारै  पुरानै गतिमा फर्कँदै छन् । यस्तो अवस्थामा  हामी  घरमै बसेर अनलाइन कक्षा लिइरहेका छौँ । हाम्रो विद्यालयले  पनि अनलाइन  कक्षाको सुरूवात वैशाख महिनादेखि नै गरेको थियो र अहिलेसम्म पनि चलिरहेको छ ।   

वैशाख १५ गतेबाट सुरू भएको अनलाइन कक्षा निकै व्यवस्थित छ । अनलाइन कक्षा व्यवस्थित  भएकाले हामीलाई कक्षा लिन गाह्रो भएन । अनलाइन कक्षामा पढ्दा मैले निकै  राम्रा अनुभव र यसका  फाइदाहरू  पनि सिकें । नियमित विद्यालय जान जस्तो हतार पनि नहुने, धुलो धुँवाबाट पनि बचिने र घर नै विद्यालय हुने । हुनत पहिलो विद्यालय भनेको घर नै हो । घरबाट नै धेरै कुरा सिकेका हुन्छौँ ।  तर सधैँभरि घरबाट सिकेका कुराले नपुग्दो रहेछ । विद्यालय जान  नपाए पनि अहिले घर नै विद्यालय भएको छ ।  विद्यालय, शिक्षक र परिवारले घरलाई नै विद्यालय बनाइदिनु भएको छ ।  यो म जस्ता सबै विद्यार्थीका   लागि खुसीको कुरा हो ।  अनलाइन कक्षा पढ्दा मैले कहिले नचलाएका  र पढ्नको लागि सजिला विभिन्न  वेबसाइटहरूबारे थाह  पाएँ । यिनीहरूको प्रयोगले मेरो ज्ञानको  क्षेत्रलाई अझ फराकिलो बनाएका छन् । अहिले त घरमै बसेर पढ्ने  बानी परिसकेकको छ । अनलाइन कक्षामा रमाएर पढेका छौँ। तर विद्यालयका साथीहरूसँग प्रत्यक्ष रूपमा  भेट हुने अवसर  भने  पाइएको छैन । एकछिन पनि घरबाट  बाहिर निस्कन नपाउँदा  पनि चित्त बुझाउनु  पर्ने भएको छ । 

अनलाइन कक्षा विद्यालयमा जस्तो प्रत्यक्ष रूपमा विद्यार्थीहरू सार्वजनिक रूपमा कुराकानी गर्न  सहज छैन । यसका साथसाथै मैले यो अनलाइन कक्षामा भोगेको बेफाइदा भनेको कक्षा समयमा बत्ती जानु र इन्टरनेटले समय समयमा काम नगर्दा चाहेर पनि कक्षामा उपस्थित हुन नसक्नु हो । कति कति बेला विभिन्न  प्राविधिक समस्याले गर्दा पनि कक्षामा सहभागी हुन सकिँदैन। इन्टरनेट राम्ररी चलेको छैन भने शिक्षकले बोलेको आवाज पनि राम्ररी सुन्न सकिँदैन । अनलाइन कक्षामा भन्दा विद्यालयमा नै गएर पढ्न पाए अझै राम्रो र सजिलो अनि फाइदाजनक  हुन्थ्यो होला ।


Read More
Sleep Paralysis
- Sonishma Basnet - 2022021, Gr ... 01 October, 2020

Sleep paralysis is a state while asleep where a person is unable to move or use certain body parts. Sleep paralysis is a feeling of being conscious but unable to move. It occurs when a person passes between stages of wakefulness and sleep. During these transitions, one may be unable to move or speak for a few seconds up to a few minutes. Some people may also feel pressure or a sense of choking. Also, some may have various hallucinations of non-existence creatures trying to harm them. Sleep researchers conclude that, in most cases, sleep paralysis is simply a sign that your body is not moving smoothly through the stages of sleep.

Sleep paralysis is a common problem. Every four out of ten people have sleep paralysis. Sleep paralysis may cause different other sleeping problems like narcolepsy, insomnia, etc. The causes of sleep paralysis may be, Lack of sleep, Sleep schedule that changes, mental conditions, Substance abuse, and drug addiction. Sleep paralysis is not a big problem and can be easily resolved. However, if left untreated it may cause other mental problems. To overcome this disorder, one should try to live a stress-free life, improving sleep habits, using antidepressant medication if it is prescribed to help regulate sleep cycles, treating any mental health problems that may contribute to sleep paralysis, treating any other sleep disorders: such as narcolepsy or leg cramps, etc.

(Sabrina Felson, MD, October 26, 2018, WebMD Medical Reference, https://www.webmd.com/sleep-disorders/sleep-paralysis)
 


Read More
Online Classes: Pros and Cons
- Kriti Nepal - 2023016, Grade ... 30 September, 2020

Online classes are the virtual learning process through the medium of the internet by various electronic devices like computers, laptops, mobile phones, etc. Online classes can be run through various websites like zoom, google meet by seeing the face of the teacher and student, and by assigning homework by creating a virtual classroom via google classroom or any other websites.

Due to the Covid-19 pandemic, people are forced to stay at home and it has affected our normal lives that includes going to school. This is the time where online classes have become popular. In this situation, conducting online classes is the only way to get knowledge overcoming the bad situation COVID-19 has put us into. Online classes have been very useful and helpful and have many merits in this type of situation however it also has some demerits.

Online classes have helped the students connect to their teachers via the internet sitting in front of their devices by staying at home. However, for some students, it might be difficult as their parents might not be in good financial condition to buy a device for online learning or for the internet and it further puts pressure on both the parents and the child. Also, online classes are being conducted through the medium of the internet, in our country Nepal where the powercut is prevalent the student might miss an important class or even an exam which they might not have missed if it was held in school. During the online classes the teacher and student both are teaching and learning from their home and while speaking they must turn their microphone on, there might be some kind of background noises coming from their home which might disturb the whole class. The students join their virtual classes through their electronic devices, there might be a possibility of technical default or the device might suddenly stop working. This will hamper the child’s learning process and develop confusion regarding the classes. And as this is a virtual class the students might not be as attentive as they were normally and get distracted by different things or by their family members as every one might not have a separate room or enough space to attend the class where no one is present. They can also be using different apps on their electronic devices rather than concentrating on their studies. This will badly affect their studies and the teacher might not even be aware of it. Also, this might make the students anti-social as they will not be interacting like they used to do before. Due to the classes being virtual, the students need to be on their electronic devices 24 /7 as they need to learn, do their assignments, and research on different topics through their devices. It might reduce the eyesight of the student and they might need to put on spectacles due to it.

The online classes have been very helpful during this pandemic however there are a lot of cons of it. We might have to tackle all these obstacles in order to learn like the way before via online classes. The teachers are doing their best from their side, as students, it’s our responsibility to give it out best as well.


Read More
माधवप्रसाद घिमिरे
- Anushka Basnet - 2023002, Gra ... 30 September, 2020

माधवप्रसाद घिमिरे नेपाली साहित्यका शास्त्रीय  कवि हुन् । उनलाई राष्ट्रकवि भनेर पनि चिनिन्छ । घिमिरेको जन्म वि.सं . १९७६ सालमा लमजुङ जिल्लाको पुस्तुनमा भएको थियो । उनले नेपाली साहित्यमा थुप्रै कविताकाव्य, गीत, निबन्ध र नाटकसमेत रचना गरेका छन् । उनका थुप्रै कृति नेपाली लोकलय, नेपाली जनजीवन र नेपाली प्रकृतिसँग सम्बन्धित छन् । उनका प्रमुख कृतिहरूमा गौरी, नव मञ्जरी, मालतीमङ्गले ,राजेश्वरी,राष्ट्रनिर्माता, किन्नर किन्नरी, चारु चर्चा आदि हुन्। 

 माधवप्रसाद घिमिरे तीन वर्षका हुँदा  आमाको निधन भएको थियो । आमाको निधनपछि  उनको हेरचाह र पालनपोषण पिता र हजुरआमाबाट भएको थियो । ११ वर्षको उमेरमा घर छाडेर दुराडाँडा (लमजुङ) गाउँको संस्कृत पाठशालामा पढ्न गए । त्यसपछि काठमाडौँको रानीपोखरीमा रहेको संस्कृत प्रधान पाठशाला र तीनधारा संस्कृत पाठशालासम्म आइपुग्दा उनले प्रथमा उत्तीर्ण गरे । त्यसपछिको अध्ययनका लागि उनी बनारस पुगे र घिमिरेले बनारसबाट सर्वदर्शनमा शास्त्री गरे । १९९० मा वर्षको उमेरमा हिन्दू साँस्कृतिक एवं धार्मिक परम्परा अनुसार लमजुङ खुदीवेनीको पोखरेल परिवारकी छोरी गौरीसँग उनको  विवाह भएको थियो । वि.सं. २००४ मा उनकी धर्मपत्नी गौरीको निधन भएको थियो । वि.सं. २००४ सालमा धर्मपत्नी गौरीको निधन र त्यसबाट उत्पन्न शोकपीडा माधव घिमिरेको  जीवनको सबभन्दा ठूलो दुर्घटना हो । त्यसै दुर्घटनाको सेरोफेरोमा रचित गौरी (२०१५) खण्डकाव्य उनको एक विशिष्ट कृति बनेको छ ।  पहिलो पत्नी को निधनको पत्नी वियोगको कठोर पीडाका बीचमै वि.सं. २००५ सालमा दुराडाँडाका अधिकारी थरकी महाकालीसित घिमिरेको दोस्रो विवाह भयो । जागीर र सेवाका सिलसिलामा पछिल्लो समयमा माधव घिमिरे शिक्षक शिक्षण केन्द्रमा शिक्षक, नेपाल भारत मैत्री संघका अध्यक्ष, कलेज अफ एजुकेशनका लेक्चर, काव्यप्रतिष्ठानको सदस्य, इन्द्रेणीका सम्पादक तत्कालीन नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानका सदस्य र उपकुलपति हुँदै कुलपति आदि समेत बनेका थिए ।  

नेपाली साहित्य लेखनमा माधवप्रसाद घिमिरेको योगदान उल्लेखनीय छ । सामाजिक एवं बौद्धिक व्यक्तिका रूपमा पनि उनको विशिष्ट सम्मान भएको देखिन्छ । एउटा कुशल साहित्यिक पत्रकार एवं सम्पादकको रूपमा उनले निर्वाह गरेको भूमिका पछिल्लो पुस्ताका लागि समेत प्रेरणादयी बनेको छ । त्यस्तै गरी नेपाली बालसाहित्यको समुन्नतिमा पनि उनले अग्रपङ्तिकै योगदान दिएका छन् । अत्यन्त स्तरीय र मर्मस्पर्शी राष्ट्रिय गीतका रचनाकारका रूपमा पनि उनको नाम अगाडि आउँछ । गीतिनाटक र निबन्धकारितामा पनि उनको योगदान अविस्मरणीय छ । यी सब तथ्यबाट के कुरो प्रष्ट हुन्छ भने माधव घिमिरे नेपाल साहित्यका बहुमुखी प्रतिभा हुन् । उनको लेखनको मूल केन्द्रविन्दु भने छन्दोबद्ध कविताकाव्य नै हो । 

माधवप्रसाद घिमिरेले आफ्नो जीवनकालमा थुप्रै मान सम्मान तथा पुरस्कार प्राप्त गरेका छन् । वि.सं. २०६० साल आश्विन ७ गतेका दिन प्रज्ञाहल काठमाडौँमा तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापाबाट अभिनन्दित भएका थिए । सोही सामारोहमा उनी छन्द शिरोमणि घोषित भएका हुन् । त्यसको तेस्रो दिन अर्थात् आश्विन ९ गते उनी 'राष्ट्रकवि’ घोषित भएका थिए । त्यसका अतिरिक्त पोखरा चितवन, धनगढी लगायतका सहरहरूमा पनि उनी हजारौँ  जनसमूहका बीच अभिनन्दित र रथारोहित भए । नेपाली साहित्यमा निजीस्तरबाट स्थापित सबैभन्दा ठूलो राशि (हरेक ५ वर्षमा प्रदान गरिने ५ लाख रुपैँयाको) को भूपालमान सिंह कार्की प्रज्ञा पुरस्कारबाट सर्वप्रथम पुरस्कृत हुने स्रष्टा माधव घिमिरे नै हुन् । उनले सीताराम साहित्य पुरस्कार, साझा पुरस्कार, आदिकवि, भानुभक्त पुरस्कार, त्रिभुवन प्रज्ञा पुरस्कार लगायत करीब २ दर्जन पुरस्कार तथा सम्मान पाएका छन् । उनले पाएका प्रमाणपत्र, सम्मान पत्र, कदरपत्र, अभिनन्दन पत्र प्रशंसापत्र आदिको सङ्ख्या  ३०० भन्दा बढी भएको देखिन्छ । सुरूका दिनमा जीवनयापनका सिलसिलामा थुप्रै कठोर सङ्घर्ष  गरे पनि पछिल्लो चरणमा माधव घिमिरे अत्यन्त सुखप्रद, प्रशंसनीयर र व्यवस्थित जीवन बाँचको पाइन्छ । सामाजिक एवं बौद्धिक व्यक्तिका रूपमा पनि उनको विशिष्ट सम्मान भएको देखिन्छ । 

यस्ता नेपाली  साहित्यका अथक साधकको ऋतम्मभरा महाकाव्य लेखनकै क्रममा वि.सं. २०७७ भदौ २ मा १०१ वर्षको उमेरमा निधन भयो । उनको भौतिक शरीर आज हाम्रो सामु  नभए पनि उनका कालजयी रचनाले उनी नेपाली साहित्य आकाशका एक चम्किला नक्षत्र  बनी सदैव चम्की रहने छन् ।

 सन्दर्भ सामग्री: 

१.नेपाली विकिपिडिया

२.माधव वियोगी : माधव घिमिरेको जीवनीगत व्यक्तित्व


Read More
Be Grateful
- Deelisha Maharjan - 2022006, ... 29 September, 2020

Each human being is different; be it based on education, caste, class, etc. Not everyone has the courage, to tell the truth, has the determination to do something, the willingness to face the truth, the ability to face the consequences, the mindset of facing failure to reach success, and so on. Not everyone like me is getting a quality education, has a good, loving and caring family, good health condition, a proper home, loving friends and siblings, and a safe and playful environment.

Not everything we have is the same as the others. In our community, a person is judged by their financial status whether they are rich or poor which is a very cruel judgement for the people. Not everyone has access to the same facilities. People are forgetting about gratitude and their attitude towards others. If you’re poor, people will have something to say about you and even if you’re rich people will have something to say either way. No one has the right to judge anyone and criticize just because they are poor and aren’t up to the status”. We still feel unsatisfied even when we have a lot of things. If you concentrate on what you don’t have, you never feel enough. If you are thankful for what you have and be grateful you end up getting more. We should be satisfied and be grateful for the things we have till now, shouldn’t we? Being grateful for everything you have is also a virtue of human life. Be grateful for what you have because somewhere out there, someone is working and praying for the life you are living right now and the things you have. Don’t criticize someone based on their status. There is a saying that ‘Don’t lose your love in order to get other’s love, those who love you are always right there and love you’. Likewise, in this context, don’t go for the things you can’t afford but be grateful for the things you have. Someone out there is starving to get the things that you have. So, treasure your things because you never know the feeling of starvation. You would also never know the feeling of being criticized, discriminated, hated, and unequally treated. You never know the feelings of others till you ask them, right? Likewise, you will never know the feelings and thoughts of the people who are starving and working for the life you have.

We should treat everyone equally.We live our lives differently. There is no permission given to us to criticize anyone and unequally treat anyone. Everybody should be kind to each other. You never know the value and the importance of working and starving and praying until you get in the situation of poverty. So, not everything we have is the same with others. Be grateful,blessed and keep a positive attitude towards everyone and the things you have because someone is there hoping and praying to God to live a life like ours.

None is more impoverished than the one who has no gratitude. Gratitude is a currency that we can mint for ourselves, and spend without fear of bankruptcy.” —Fred De Witt Van Amburgh 


Read More
The Legend of MS-Dhoni
- Pranjal Khatiwada - 2022013, ... 28 September, 2020

From a boy-wonder to one of the greatest who made winning a habit. The name and the chants speak for the man himself “Dhoni”, “Dhoni”, popularly known as Captain Cool and Finisher, Dhoni is an Indian former international cricketer who captained India across formats. A guy born in a middle-class family in Ranchi, Bihar dreamt of playing cricket for his country and achieved lots of heights in his illustrious international career. He is known as one of the best in the international arena, with his batting, keeping, and captaincy records speaking for himself. The game wasn't won until you got Dhoni out.

The legacy of his man is undefinable. He defined and explained Wicket-Keeping. The calm head of MS Dhoni and his all-round finishing skills has won 47 out of 49 matches when he remained not-out in a run chase, that is a record in itself. Under his captaincy, India won the T20 World cup in 2007, and the last ball finish of the 2011 ODI World cup, and finally the 2013 Champions Trophy win against England being the only captain in the history of Cricket to win all ICC trophies. He would be known as the greatest Indian Captain to ever captain. He is regarded as the greatest captain to ever play the game. He has played 538 matches with 17,266 runs in overall formats, 16 hundred and 108 fifties across formats, 359 sixes, 829 dismissals, and his Captaincy record in IPL being phenomenal leading CSK for 13 years, bagging 3 titles to the franchise, he is also regarded as the best captain in IPL(Indian Premier League). He has also got a stature of GOD in Chennai, India, and a loved one in the country. The Indian Army conferred the honorary rank of Lieutenant colonel to Dhoni on 1 November 2011. He had inspired a lot around the globe being a role model for those who want to play the game form a small state being a Ticket Collector and earning his name in cricket. Arguably, the best of the lots. Every record of him defines him. The caliber that he had set would never be broken. Whether it may be All-time ODI, T20, or Test XI, he is the captain in each one of them.

On 15th August 2020, MS-Dhoni retired from international cricket sharing a post on Instagram. MS Dhoni in his retirement video even included some of the toughest moments of his career. He's treating low points of his career the same way he's celebrating his highs. Soon after his retirement post, His best friend Suresh Raina, the former Indian International Cricketer also announced his retirement from International Cricket. The World cup winning duo known as “Thala” and ”Chinna Thala” shared their retirement within a span of half an hour. Talking about MSD, he was a unique cricketer, calm head, never celebrated too much in his success, also didn’t let down in his lows. In his first-ever match, he got run-out and so happened the last. Seen many careers from Century-Century, Duck-Duck, but one of Dhoni’s was between runout-runout. One runout in the hurdle of being settled in the team and one as the last hope of winning the match for his team. He ended over a year of suspense and also an era with his unorthodox captaincy skills and the finishing skills comparing him to the legends of the game. 


Read More