Logo

Student Corner

रोएको छ मेरो देश 

Written by: Estella Shrestha - 2023013, Grade IX

Posted on: 29 September, 2020

सहिदको रगतले मेरो देशको माटोलाई धोएको छ । 

भएनन्, सपना पूरा मेरो देश  रोएको छ।। 

 

शान्तिका अग्रदुत गौतम बुद्ध, भृकुटी तारा । 

यही माटोमा  जन्मे, हुर्के उनीहरू सारा ।। 

 

कलकलाउँदा  नदीनाला ढल बन्छन् जब ।

उत्साही यो मेरो मन उजाड बन्छ तब ।। 

 

देश सिँगार्ने भावना यो मनमा लुक्दै गयो । 

 पवित्र मठमन्दिर र नदीको शोभा सुक्दै ।। 

 

हर्हराउँदो अत्तरले दुर्गन्ध के छेक्छ र  ? 

प्रकृतिदेवी रोएको यहाँ  कसले पो देख्छ र  ? 

 

रोएको यो मेरो देश दु:खका साथ भन्छ । 

मेरो चित्त नदुखाऊ , सहिदको आत्मा रुन्छ ।।