Logo

Student Corner

Articles

एकता
- Bishakha Upadhaya - 30010, Gr ... 25 February, 2022

नेपाल एकताको भूमि हो । यो जाति, संस्कृति, भाषा र भौगोलिक विशेषताहरूमा धेरै भिन्नताहरू भएको रमणीय देश हो। प्रमुख भौगोलिक विशेषताहरूले अन्तर्राष्ट्रिय सीमाहरू विभाजित गर्ने नेपालकाे उत्तरमा चीन अग्ला हिमालले र अन्य दिशामा भारतलाई पहाड र तराईले छुट्याएकाे छ । हामी विविधतामा बाँच्न सिकेका छौं। अनेक भाषाका एउटै भाव,अनेक भेषकाे एउटै मञ्च भएकाे देश नेपालमा एकता नै मूल मन्त्र हाे ।  हाम्रो भौगोलिक विशेषताहरूले यो बन्धनलाई अझ बलियो बनाउँछ। एकता समाजका साथै सिङ्गो देशको लागि अत्यन्त महत्त्वपूर्ण छ। "शक्ति सधैं एकतासँग हुन्छ" एक लोकप्रिय वाक्यांश हो ।  एकताले एकताको प्रतिनिधित्व गर्दछ। त्यसकारण, यो हरेक ठुलासाना कुराका लागि सानसँग खडा रहन्छ। एकता भनेको बन्धन र लगावको आपसी भावना हो। एकता विश्वास हो। एकताले देशभक्तिको भावनालाई प्रेरित गर्छ र हामीलाई राम्रो मानव बनाउँछ। जीवनको लगभग हरेक पक्षमा एकता देख्न सकिन्छ। हाम्रो काम छिटो र राम्रो गर्न पनि हामी सबैको एकता आवश्यक छ | 


Read More
फूल
- Narve Shahukhal - 30015, Grad ... 24 February, 2022

फूल हेर्दा सुन्दर र रङ्गीबिरङ्गी हुन्छन् । राता,सेता, पहेँला,गुलाफी,बैजनी आदि किसिमका फूलले बगैँचा सुन्दर बनाउँछ ।फूल घर भित्र फूल्ने र घरबाहिर फुल्ने किसिमका हुन्छन् । घरकाे सजावटका लागि गमलामा यस्ता फूलहरू फुलाइन्छ ।  फूल फुल्नलाई माटाे, हावा, पानी, मल सबैकाे आवश्यक पर्छ । उपयुक्त वातावरण र माैसममा फूल फुल्दछ । फूलमा माैरी आएर रस चुस्दछ अनि त्यसबाट मह बनाउँदछ । कतिपय फूलले जडीबुटीकाे पनि काम गर्दछ । फूलले विभिन्न किसिमका वासना पनि दिन्छ। कतिपय फूलहरू अत्तर बनाउन पनि प्रयाेग हुन्छन् । फूल ईश्वरलाई चढाउन, सजावटका लागि प्रयाेग गरिन्छ ।

मलाई लालीगुराँस फूल मन पर्छ । लालीगुराँस राताे रङकाे हुन्छ । याे पहाडी क्षेत्रमा फुल्छ । वसन्त ऋतुमा फुल्ने याे फूलले मनै लाेभ्याउँछ । याे फूललाई जडीबुटीका रूपमा पनि प्रयाेग हुन्छ । याे नेपालकाे राष्ट्रिय फूल पनि हाे । त्यसैले मलाई धेरै मन पर्छ । 

नर्भी साहुखल

 


 


Read More
जिब्रोको प्रयोग
- Hardik Sharma - 29047, Grade ... 24 February, 2022

हामीले आफ्नो र अरूको भलाईका लागि मात्र जिब्राको प्रयोग गर्नुपर्छ किनकि जिब्रो हाम्रो जीवनको महत्वपूर्ण अङ्ग  हो  । हामीले यसको सदुपयोग सही ठाउँमा मात्र गर्नुपर्छ नत्र  हामी खतरामा पर्न सक्छौं  । जस्तैः जिब्राले मिठाे मान्याे भन्दैमा बजारमा पाइने स्वस्थ्यलाई नराम्राे असर गर्ने खानेकुराहरू खानुहुँदैन अनि नमिठाे भयाे भनेर स्वस्थयवर्द्धक खानेकुराहरू नखाने गर्नु पनि हुँदैन । याे नै जिब्राकाे सही प्रयाेग हाे । 

 खानुबाहेक जिब्राकाे अर्काे प्रयाेग भनेकाे बाेल्नु हाे । हामीले बाेल्दा जहिले पनि हाेस पुर्याएर अरूलाई नराम्राे नलाग्ने गरी बाेल्नुपर्छ ।  हामीले आफू साथीहरूको अगाडि तँ - तँ म - म भन्न थाल्याैँ वा हामीले आफ्नो आमा बाबा र  आफन्तको  अगाडि  खराब शब्द बोल्न थाल्याैँ भने उहाँहरुले हामीलाई राम्रो मान्नुहुन्न । त्यसैले हामीले सधैं राम्रो बोली बोल्नु पर्छ । मान्छेहरुले नरामो शब्द बोल्न रुचाएका हुन्छन् अनि फेसनका रूपमा बाेलेकाे सम्झन्छन् तर तिनीहरूका त्यस्ता बाेली सुन्ने मानिसले कदाप् राम्राे मान्दैनन् । कस्ता बाबुआमाले पालेका,कस्ताे स्कुलमा पढेका हाेलान् यस्ताे नराम्राे बाेल्नेहरू भन्छन् । जसले गर्दा उनीहरूकाे मात्र नभइ बाबाआमा र विद्यालयकाे पनि इज्जत जान्छ ।  मिठो बोली हाम्रो पहिचान हो मिठो बोली नबोल्नेलाई मान्छेहरुले मन पराउदैनन् त्यसैले हामीले लोकप्रिय हुन सबैले मन पराएको हुनलाई मिठो बोली बोल्नु पर्छ

 

 

 

                


 


Read More
हाम्राे देश नेपाल
- Dibrani Thapa - 30011, Grade ... 23 February, 2022

हाम्राे देश नेपाल एक पहाड,हिमाल र तराइ समावेश भएकाे देश हाे । यस देशकाे कुनै सीमानामा पनि समुद्री सतहले छाेएकाे छैन । त्यसैले यसलाई भूपरिवेष्ठित राष्ट्र पनि भनिन्छ । यस देशमा धेरै जातजातिका मानिसहरू बसाेबास गर्दछन् र तिनीहरूले फरकफरक भाषा पनि बाेल्दछन् । नेवारले नेवारी भाषा बाेल्दछन्, गुरुङ जातिले गुरुङ भाषा बाेल्दछन् । यसैगरी तामाङ,भाेजपुरी,मगर इत्यादि भाषाहरू बाेलिन्छ । यहाँका मानिसहरू दसैँ,तिहार,तीज,ल्हाेसार, माघी,क्रिस्मस पर्व आदि मिलेर मनाउँछन् । 
नेपालकाे राष्ट्रिय झन्डा अरू देशकाे भन्दा फरक तिनकुने छ । यहाँकाे सगरमाथाले हामीलाई विश्वमा चिनाएकाे छ । हाम्राे देशमा एसियाका ज्याेति मानिने बुद्धकाे जन्म भएकाे हाे । नेपाललाई एक स्वतन्त्र राष्ट्र र वीर गाेर्खालीहरूकाे मुलुक भनेर पनि चिनिन्छ । 


Read More