Logo

Student Corner

Articles

नदी हाम्री आमा (कथा समीक्षा)
- Siddhartha Chaulagain - 30033 ... 17 February, 2022

परिचय
नदी हाम्री आमा कथा बालकथासङ्ग्रहमा रहेकाे एउटा उत्कृष्ट कथा हाे ।यसमा अलिसा,मनिसा र उषा प्रमुख पात्र रहेका छन् । उनीहरू सहपाठी हुन् । यस कथामा नदीले गर्दा मानिसहरूलाई भएकाे फाइदाकाे बारेमा लेखिएकाे छ । 
पात्रहरू
यस कथामा  खराब पात्रहरू काेही पनि छैनन्  अलिसा,मनिषा र उषा यस कथाका प्रमुख पात्रहरू हुन भने उनीहरूका अभिभवक र विद्यालयका शिक्षकशिक्षिकाहरू सहायक पात्रहरू हुन् । 
कथावस्तु
नदी हाम्री आमा कथामा तिनजना साथीहरू अलिसा,मनिषा र उषा विद्यालय छुट्टीका दिन आफ्ना वरिपरि रहेका प्राकृतिक दृश्यहरू अवलाेकन गर्न निस्कन्छन् । उनीहरूले गहुँबारीमा गाेलाे ढुङ्गालाई देखेर छक्क पर्छन् । उनीहरूले नदी वरिपरि पनि ससान गाेलाकार ढुङ्गा देख्छन् । उनीहरूले ढुङ्गालाई नजिकबाट हेर्न नदी पारिपट्टि जान लाग्दा नदीकाे पिँधमा बालुवा र ससाना ढुङ्गाहरी नदीले गुड्क्याउँदै गरेकाे देख्छन् । उनीहरूलाई ज्ञान हुन्छ कि नदीले गुड्क्याउँदा ढुङ्गा गाेलाकार बन्दा रहेछन् । उनीहरूकी हजुरआमाले धेरै वर्ष अगाडि बाढी आएकाे कुरा गरेकाे सम्झेर गहुँबारीकाे गाेलाे ढुङ्गाे पनि नदीले नै गाेलाकार बनाएकाे कुरा गर्छन् । नदीकाे पानी पहिला धेरै भएकाे र पानी घट्दै गएर फाँट बनेकाे कुरा पनि उनीहरूले बुझ्दछन् । नदीकाे मुहानबाट खानेपानी सम्पूर्ण गाउँलेहरूलाई पुगेकाे कुरा उनीहरूले गरे । यसरी नदीले गर्दा गाउँलेहरूलाई कृषियाेग्य जमिन उपलब्ध गराएकाे, सिँचाइकाे लागि पानी दिएकाे र खानेपानी दिएकाले आमाजस्तै हाे भनिएकाे छ । 
परिवेश
यस कथाकाे परिवेश अलिसा,मनिषा र उषाकाे घर, विद्यालय,नदीकाे किनार, गहुँबारी हुन् । 
सिफारिस
याे कथामा नदीकाे महत्त्वका बारेमा कथाका माध्यमबाट बताइएकाे छ त्यसैले याे कथा पढ्न सिफारिस गर्दछु । 
 


Read More
मिठाे बाेली
- Aarjan Khadka - 29003, Grade ... 17 February, 2022

हामीले सधैँ नम्र भएर बोल्नुपर्छ । जिब्रो भन्दा खतरनाक र पीडादायी कुनै हतियार छैन । जीवनको चहलपहलमा हामी एकअर्काको लागि समय निकाल्न कमै सक्षम हुन्छौँ । हामीलाई थाहा छ शब्दमा ठुलाे शक्ति छ । जसरी मिठा शब्दले हामीलाईआनन्द दिन्छ, तितोपनले भरिएको संसारले हामीलाई चोट पुर्याउँछ । हामी मिठास र तितोपनलाई साथमा राख्छौँ र जानीजानी वा नजानी तितोपनलाई बढी प्रयोग गर्ने प्रवृत्ति हुन्छ । यदि हामीले यसलाई बानी बनायौँ भने यसले मानिसहरूलाई चोट पुर्याउँछ । कोही मानिसहरु बोल्दा शान्त अनुभुति दिन्छन् भने कोहीको बोली एक सेकेन्ड सहन पनि गाह्रो हुन्छ । मिठो बोलीले साथी बनाउन सकिन्छ तर तितो बोलीले शत्रु बन्ने गर्छन् । कसैको शत्रु बन्न सजिलो हुन्छ तर कसैको मित्र बन्न धेरै गाह्रो हुन्छ । माफी माग्न होस् वा कसैको गलत कामको लागि सच्याउन होस् हामीले सधैँ मिठो बोलीको प्रयोग गर्नुपर्छ।उदाहरणका लागि काग र काेइलीलाई लिन सकिन्छ । काेइली र काग देख्दा उस्तै देखिए पनि काेइलीकाे बाेली मिठाे हुने हुनाले सबैले मन पराउँछन् तर काग हाम्राे अगाडि आएर करायाे भने तुरून्तै धपाइन्छ । याे कागकाे नमिठाे बाेलीले गर्दा नै भएकाे हाे । हामी पनि सर्वप्रिय भएर बस्नलाई सधैँ मिठाे बाेली बाेल्नुपर्छ । 


Read More
मेराे देश नेपाल
- Bibechana Dangol - 30009, Gra ... 16 February, 2022

मेराे देशकाे नाम नेपाल हाे । याे देश उत्तरमा चीन र दक्षिणमा भारतका बिचमा भएकाे भूपरिवेष्टित राष्ट्र हाे । याे देश भाैगाेलिक रूपमा तिन प्रदेशमा बाँडिएकाे छ। उत्तरमा हिमालकाे हिउँले शितलता दिन्छ । पहाडकाे वनले हरियाली छाउँछ।तराइका सम्म परेकाे फाँटले देशलाई अन्न पुर्याउँछ । हिमाल,पहाड र तराइ तिनैवटा प्रदेशमा विभिन्न जात र धर्म मान्ने मानिसहरू एकआपसमा मिलेर बसेका छन् । एकअर्कालाई आवश्यक परेका बेलामा सहयाेग गर्ने मानिसहरूले गर्दा यस देशलाई सय थरी फूलहरूकाे साझा फुलबारीका रूपमा विश्वमा चिनिन्छ । यस देशमा रहेका हिमाल,झरना,ताल, नदीनाला, मठमन्दिर र फरकफरक संस्कृतिले गर्दा यहाँ पर्यटकहरू आकर्षित हुन्छन् । यहाँकाे मुख्य पेशा कृषि भए तापनि विभिन्न व्यवसाय , कार्यालय इत्यादिमा समेत काम गरेर जीवन चलाएका नेपालीहरू आफ्नाे देशलाई धेरै माया गर्छन् । यहाँ विश्वमा दुर्लभ मानिएकाे काँडेभ्याकुर चराे र एकसिँगे गैँडासमेत पाइन्छ । मलाई मेराे देशकाे धेरै माया लाग्छ । 


Read More
जिब्राकाे सही प्रयाेग
- Aarjan Khadka - 29003, Grade ... 16 February, 2022

अरु सबै अङ्गहरुको एउटा काम हुन्छ तर जिब्राको काम दुइटा हुन्छ । जिब्राको पहिलो काम भने गुलियो, अमिलो, नुनिलो वा तितो स्वाद थाहा पाउनु हो भने अर्को काम बोल्नु पनि हो । हामीले जिब्राले माग्दैमा धेरै मिठो कुरा खानु हुँदैन । हामीले मिठो कुरा मात्र पनि खानु हुँदैन किनभने सधैँ मिठो कुरा खाँदा हाम्रो स्वास्थ्यलाई असर गर्न सक्छ । त्यसैले नमिठो कुराहरु पन्छाउनु हुँदैन किनभने कहिलेकाहीँ औषधी जस्तो नमिठो कुराले पनि हाम्रो स्वास्थ्यलाई फाइदा गर्छ । हामीले आफ्नो विचारहरु व्यक्त गर्न बोल्छौँ । हामीले सधैँ मिठो र नरम वचन बोल्नुपर्छ । हामीले अनावश्यक कुरा बोलेर आफ्नो शक्तिए खेर फाल्नु हुँदैन । हामीले रिसाउनेसँग पनि मिठो वचन बोल्नुपर्छ र आफ्ना वचनका लागिउ दु:खित हुन्छन् । हामीलाई जिब्राले धेरै कुरा सिकाउँछ । जिब्रो आफ्नो ठाउँमा मात्र बसे जस्तै हामीले पनि आफ्नो सीमामा नै बस्नु पर्छ । हामीले आफू वरिपरिको वातावरण राम्रोसँग चिन्नु पर्छ र खतराबाट जोगिनु पर्छ । हामीले नचाहिने कुरा बोल्नु हुँदैन, कसैसँग ठुलो स्वर गरेर पनि बोल्नु हुँदैन । जिब्राकाे गरिमा मिठाे बाेलीमा भन्ने भनाइबाट पनि हामीले मिठाे खानका लागि नभइ मिठाे बाेल्नका लागि जिब्राे प्रयाेग गरेमा सही प्रयाेग हुन्छ भन्ने बुझ्नुपर्छ । 


Read More
आफ्नो र अरुको भलाइका लागि जिब्राको प्रयोग
- Eva Adhikari - 29012, Grade V ... 15 February, 2022

हाम्रो शरीरमा ५ ज्ञानेन्द्रियहरु छन् । त्यसमध्ये जिब्रो पनि एउटा ज्ञानेन्द्रिय हो । जिब्राले २ वटा काम गर्छ ।यसले खानेकुराकाे स्वाद  लिने र बोल्ने काममा सहयोग गर्छ । जिब्राकाे स्वाद लिने काम हाे तर सधैँ मिठाे स्वादका लागि मात्र प्रयाेग गरियाे भने स्वास्थ्यलाइ हानी गर्न सक्छ । नमिठाे स्वादका तिताे औषधीले पनि शरीरलाइ फाइदा पुर्याउँछ । त्यसैले आफ्नाे स्वस्थ शरीर र आफ्नै  भलाइका लागि जिब्राकाे प्रयाेग गर्नुपर्छ ।

जिब्राको प्रयोग गरेर हामीले राम्राे वा नराम्राे दुवै थरीका बाेली बाेल्न सक्छाैँ तर हामीले नराम्राे बाेली कहिल्यै बाेल्नुहुँदैन ।  जिब्रोलाई राम्रो कुरा बोल्न मात्र प्रयोग गर्नुपर्छ । बोलीबाट मान्छेको व्यवहार थाहा हुुन्छ । भद्र मान्छेले आफ्नो जिब्राको प्रयोग आफ्नो  र अरुको भलाइका लागि मात्र गर्छन् । कसैलाई दुःख पर्दा मिठा वचन बोलेर सम्झाइयो भने उसको दुःख अलिकति भएपनि कम हुन्छ । जो मान्छे झर्केर वा ठुुलो ठुलो श्वरमा बोल्छ , त्यस्ता मान्छेलाई कसैले पनि मन पराउँदैनन्। अनावश्यक रूपमा ठुलाे श्वरमा कराउँदैमा मानिस ठुलाे हुने हाेइन वास्तवमा ठुलाे नै हुनु छ भने बुद्धि र विवेकले हुनुपर्दछ।  त्यसैले हामीले हाम्रो जिब्राको प्रयोग आफ्नो र अरुको भलाइका लागि मात्र प्रयोग गर्ने कोसिस गर्नुपर्छ ।
 


Read More
जाडाे महिना
- Sambid Dhakal - 30028, Grade ... 15 February, 2022

माैसमकाे परिवर्तनका आधारमा ऋतुहरू छुट्याइएकाे हुन्छ । कुनै ऋतु गर्मी, कुनै जाडाे र कुनै वर्षा साथै कुनै माैसम ठिक्ककाे हुन्छ । खास गरी ऋषि पञ्चमीबाट जाडाे सुरू भएकाे मानिन्छ भने श्रीपञ्चमीमा जाडाे सकिएकाे मानिन्छ । अरू वर्षकाे भन्दा यस वर्षकाे जाडाे अलि बढी भएकाे जस्ताे भान प्रत्येक वर्ष भइरहन्छ । मलाई पनि यसपालिकाे जाडाे अरू वर्षकाे भन्दा अत्याधिक नै भएकाे जस्ताे लाग्याे । समाचारमा पनि अत्याधिक हिमपातका कारण पहाडी र हिमाली क्षेत्रकाे जनजीवन प्रभावित भएकाे भनेर सुनिन्छ भने तराइ क्षेत्रमा सितलहरका कारण नराम्राे प्रभाव परेकाे सुनिन्छ । कतिपय विद्यालयले जाडाेका लागि भनेर विद्यार्थीहरूलाई बिदा दिए तर विद्यार्थीहरू हिउँ खेल्न गए  । हिँउ  खेल्दा पनि आफ्नाे ज्यानकाे सुरक्षा गरेर खेल्नुपर्छ । न्यानाे लुगा नलगाएमा निमाेनिया,दम ,रुघाखाेकी, जाेर्नी दुख्ने समस्या हुन सक्छ । जाडाे महिनामा खाएकाे खाना राम्ररी पच्ने ,सरूवा राेग कम सर्ने हुन्छ जुन यसकाे राम्राे पक्ष हाे । 


Read More